Tuesday, October 22सत्यम खबर
Shadow

समृद्वीका लागि शान्ति रोजौ

नेपालगन्ज, १४ बैशाख, बुधबार
चितवनको माडि स्थित अयोध्यापुरीमा विक्रम संम्वत् २०२६ सालमा सिंह बहादुर कार्की र हरिकला कार्कीकी छोरी शान्ति देवि ढकालको जन्म भयो । तत्कालीन समयमा छोरीहरुलाई विद्यालय पठाउने घटना नगन्य रुपमा थियो । तर शान्ति देविका बुबा बन विभागमा भएकै कारण उनको परिवारमा पढ्नुपर्छ भन्ने वातावरण थियो र उनले एसएलसी सम्म मात्रै भएपनि पढ्न पाईन् ।
उनी बाल्यावस्थामै भएका बेला परिवर्तनका निमित्त देशमा विभिन्न खालका आन्दोलनहरु भैरहेका थिए । यसले शान्ति देविलाई नछुने कुरै भएन । उनी ६ कक्षामा पढ्दा देखिनै उनमा राजनितिको चस्को पसिसकेको थियो । यद्यपी उनले साँस्कृतिक कार्यक्रमहरु मार्फत आफ्नो सांगठनिक जिवनको सुरुवात गरेकी थिईन् । उनी राष्ट्रिय पञ्चायतको निर्वाचमा जनपक्षिय उमेदवार जिताउन सांस्कृतिक टिममा रहेर प्रचार प्रसारमा खटेकी थिईन । उनले २०३६ सालको विद्यार्थी आन्दोलनबाट आफ्नो राजनितिक जिवन सुरु गरिन् ।

२०४४ सालमा चिरन्जिवि ढकालसंग विवाह गरेपछि भने उनि केहि समयको लागि भारत पसिन् । र करिव डेढ वर्ष भारतको हरियाणा राज्यमा एउटा पारा सिटामोल कम्पनीमा मजदुरको रुपमा काम गरिन् ।

२०४५ को अन्त्य तिर स्वदेश फर्की चितवनको माडीबाट २०४६ को जनआन्दोलनमा सक्रिय सहभागी जनाएकी शान्ति देविले २०४७ सालको परिवर्तन पश्चात नेपालगन्ज बसाई सरिन् । हाल उनि बाँकेको नेपालगन्ज–२० राँझा एयरपोर्ट मनिकापुरमा स्थायी रुपले बस्दै आएकी छन् ।
यहाँ आईसकेपछि एयरपोर्ट नजिकै सानो घुम्ती पसल बाट आफ्नो जिविकोपार्जन गर्दै आएकी उनले करिव दुई वर्ष मध्यपश्चिम ग्रामीण विकास वैंकमा फिल्ड सहायक पदमा रहेर काम गरिन् ।
यहिबेला २०५२ सालमा विधिवत रुपमा पार्टीको संगठित सदस्यता प्राप्ति सँगै ईलाका कमिटी को सदस्य बने लगत्तै भएको जिल्ला अधिवेशन बाट जिल्ला कमिटीको सदस्य बन्न सफल भई लगातार तीन कार्यकाल जिल्ला कमिटी सदस्य भएर ईलाका ईन्चार्जको भुमिकामा रहेर संगठन सुदृढीकरका लागि काम गरिन् ।
यसको केहि समयपछी नै भेरी अञ्चल समन्वय कमिटीमा छिर्न सफल नेतृ ढकाल संग सांगठनिक जिवनको लामो र निखारिएको अनुभव छ ।


उनले २०७१ मा सुकुम्वासी समस्या समाधान आयोग र २०७८ मा भुमि सम्बन्धि समस्या समाधान आयोगको बाँके जिल्लाको अध्यक्षको रुपमा समेत काम गरिसकिन् ।
यतीमात्र नभई उनी पार्टीको भातृसंगठन होटल व्यवसायी संघ बाँकेको संस्थापक सचिव हुनुका साथै अखिल नेपाल महिला संघको जिल्ला कमिटी हुदै हाल केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।
सासु ससुरा श्रीमान र ३ सन्तान भएको त्यति ठुलो परिवार सम्हाल्दै सक्रिय राजनितिमा लागेकी उनले यहाँसम्म पुग्नका लागि निक्कै ठुलो संर्घष गरेकी छन् ।

२०६२–६३ सालको जनआन्दोलनले ल्यायको परिवर्तन सँगै नेकपा एमालेको पाँच नम्बर प्रदेश कमिटीको सदस्य मा रहेर काम गर्दै आएकी शान्ति देवी ढकाल हालै चितवनमा सम्पन्न नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन बाट निर्वाचित भई केन्द्रीय सदस्य तथा बाँके जिल्ला कमिटीको सह इन्चार्ज को भुमिकामा रहेकीछन् ।

यो त भयो शान्ति देवि ढकालको राजनितिक जिवन । यस संगसंगै उनले सामाजिक क्षेत्रमा पनि निक्कै योगदान दिएकी छन् ।
ढकालले महिला उपकारमंच कोहलपुरमा करिब १५ वर्ष अध्यक्ष पदमा रहेर काम गरिन् । हाल उनी संस्थाको पहलमा संचालन भएको ‘घ’ वर्गको उपकार लघु वित्त वित्तीय संस्था को संचालक समितिको अध्यक्षको भुमिकामा पनि कार्यरत छन् ।
यिनै संस्थामा रहदा संस्थाका तर्फ बाट भारत, बंगलादेश, दुवई, थाइल्यान्ड र फिलिपिन्सको भ्रमण गर्ने अवसर समेत प्राप्त गरिन् । यसले उनलाई अन्य देशको विकासको अवस्था र विकासका पुर्वाधार बारे अंझ बढी जान्ने र बुझ्ने मौका मिल्यो । उनी नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य र लायन्स क्लव अफ नेपालगन्ज सिद्दिविनायकको सदस्य पनि छन् ।
यसरी उनले आर्थिक, प्रसासनिक र सामाजिक क्षेत्रमा राम्रो अनुभव पाएकी छन् ।

समग्रमा नेतृत्व क्षमता, महिला शसक्तिकरण, दुरगामि सोच, समतामुलक समाज निर्माण र दिगो विकासका लागि नेपालगञ्ज नगरका स्थानियले एकपटक गौर गर्नै पर्ने र स्वविवेकको प्रयोग गरि सक्षम नेतृत्व चुन्ने बेला आएको छ । त्यसका लागि शाही शासन र पञ्चायती शासन विरुद्वका निडर नेतृ तथा प्रजातन्त्र प्राप्तीका एक आधार नेपालगञ्ज नगरका उप–प्रमुखका उम्मेद्वार शान्ति देवि ढकाललाई आफ्नो भोट दिने बेला आएको छ । यसकारण समृद्वीका लागि शान्ति रोजौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *