जाेखिम न्यूनीकरणका लागि माैसम पूर्वानुमानमा आधारित, पूर्वसुचना तालीम सम्पन्न !
CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.६ मा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्व सूचना बिषयक दुई दिने तालीम सम्पन्न भएको छ ।
बिश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (CSDR) को आयोजनामा भएको उक्त तालीममा नरैनापुर गाऊँ पालिका वडा नं.६ का वडा अध्यक्ष बिरेन्द्र पाल सिंह ठाकुरको अध्यक्षता तथा नरैनापुर गाऊँ पालिका प्रमुख इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा शुरु भएको तालिमलाई प्रमुख अतिथी शाहले ब्यानर खोली उदघाटन गर्नु भएको हो । यसै गरी अतिथीहरुमा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रतिनिधी, नरैनापुर गाऊँ पालिकाको बिपद फोकल परसन लक्ष्मीकान्त मिश्र, जय किसान माध्यमिक बिद्यालय नरैनापुरको शिक्षक अरुन यादव, कार्यक्रम संयोजक विनय राज त्रिपाठी, CSDR क...





