काठमाण्डौ, ४ कार्तिक – ८८ जनाको मृत्यु हुने गरी तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ ।
आजदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
‘भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब तत्कालै ठूलो वर्षाको सम्भावना छैन तथापि केही स्थानमा छिटफुट वर्षा भने भइरहन्छ,’ पौडेलले भने । आजदेखि अधिकांश स्थानमा घाम लाग्ने पूर्वानुमान गरिएको उनले जानकारी दिए ।
यद्यपि आगामी २४ घण्टा प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
हेर्नुहोस् तीन दिनको पूर्वानुमान
२०७८ कार्तिक ०४ गते बिहीबार
दिउँसो ः देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति ः देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
२०७८ कार्तिक ०५ गते शुक्रबार
दिउँसो ः प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक दुई मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति ः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
२०७८ कार्तिक ०६ गते शनिबार
दिउँसो ः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम हल्का वर्षाको सम्भावना छ ।
राति ः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।