पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप, स्थानियले भने – एलानी जग्गा हडप्न मिल्दैन, चौकीदारको भूमिका शंकास्पद
नेपालगन्ज ४, साउन — नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ आलानगरकी स्थायी बासिन्दा अमृता क्षेत्रीले आफ्नो भोगचलनको जग्गा अर्कैले जवरजस्ती जोतभोग गर्दै आएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ । विगत लामो समयदेखि आफ्नै भनिएको १७ कठ्ठा जग्गा जोत्दै आउनु भएकी अमृताले स्थानीय भरत गौतमसँग घरायसी कारण विदेश जानुअघि ३ वर्षका लागि एउटा प्लट २० हजार रुपैयाँमा भाडामा दिएकी थिइन् ।
अमृताको भनाइ अनुसार उक्त रकम आफूले फिर्ता दिइसकेकी थिइन् तर हाल सोही पुरानो सम्झौता देखाउँदै केही व्यक्तिहरूले धम्कीपूर्ण शैलीमा जग्गा कब्जा गर्न खोजिरहेका छन् । पैसा लेनदेनको भाकासंगै दिनुपर्ने रकम पनि फिर्ता दिईएको छ । जग्गाको कारोबार “तीन वर्ष बितिसकेको छ, रकम पनि फिर्ता दिइसकेकी छु । तर अहिले भोजराज शर्मा र अन्य केही व्यक्तिहरूले मलाई ब्ल्याकमेल गर्दै जग्गा अर्कैलाई जोत्न लगाईरहेका छन ।” अमृताको भनाई छ ।
जग्गाको व...









