Tuesday, November 4सत्यम खबर
Shadow

कानुन विपरित गतिविधिमा संलग्न मनबहादुर सहकारीलाई सम्पूर्ण पदबाट निलम्बन

नेपालगन्ज, ३१ असार – कानुन विपरितका गतिविधिमा संलग्न अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव तथा जनगर्जन नेटवर्कका सञ्चालक मनबहादुर सहकारी नक्कटी नोट तथा लागुऔषधि अफिमसहित पक्राउ परेपछि अनलाईन टिभी पत्रकार संघ नेपालद्वारा विज्ञप्ती जारी गर्दै सम्पूर्ण पद तथा सदस्यताबाट निलम्बन गरिएको जानकारी गराईएको छ ।

अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका सचिव सावित्री गिरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव तथा जनगर्जन नेटवर्कका सञ्चालक मनबहादुर सहकारीलाई नक्कली नोट र लागुऔषध (अफिम) सहित प्रहरीले नियन्त्रणमा लिएको खबर बाहिरिएसंगै संगठनको मर्यादा, प्रतिष्ठा र आचारसंहिता प्रतिको सम्मान स्वरूप उहाँलाई आजकै मितिबाट लागू हुने गरी अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको सम्पूर्ण पद तथा सदस्यताबाट निलम्बन गरिएको जानकारी गराइन्छ’ भनी उल्लेख गरिएको छ ।

त्यसैगरी विज्ञप्तीमा ‘संगठनप्रति उत्तरदायी, मर्यादित, र आचारसंहिताको पालना गर्ने पत्रकार मात्र संघमा रहन सक्ने हामी स्पष्ट पार्न चाहन्छौं । कानुनविपरीत गतिविधिमा संलग्न हुने, पत्रकारिताको नैतिकता र अनुशासनको उल्लंघन गर्ने तथा समाजमा विकृति र भ्रम फैलाउने व्यक्तिको कुनै स्थान यो संघमा हुने छैन । हामी अनलाइन टिभी पत्रकार संघमा आबद्ध सबै पत्रकारहरुलाई मर्यादित, उत्तरदायी तथा आचारसंहितामा रहेर पेशागत जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दछौं । साथै, भविष्यमा यस्ता गतिविधि अन्य कसैबाट दोहोरिएमा पनि संघले कडा निर्णय गर्न पछि नपर्ने कुरा समेत स्पष्ट गरिन्छ’ भनी उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *