Wednesday, September 30सत्यम खबर
Shadow

खेल

मन्त्री अथकद्धारा भलिबल टिमलाई बिदाई

मन्त्री अथकद्धारा भलिबल टिमलाई बिदाई

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
काठमाण्डौं, ४ पौष - बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली भलिबल टिमलाई बिदाई गरीएको छ । आईतबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमलाई बिदाई गर्नुभएको हो । डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई बिदाई गर्दै मन्त्री अथकले उद्धेश्य प्राप्तीका लागि शुभकामना समेत दिनुभएको छ । नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिवलको संस्थागत विकासमा उल्लेख्य काम हुन नसकेता पनि खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा निकाल्न सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरु जितेर फर्कनुहोस, म बिमानस्थलमा स्वागतकालागि आफै उपस्थित हुनेछु ।” नेपाली टिम सोमबार मध्यान्न ...
खेलकुद प्रतिभा सम्मान एवं पत्रकारीता पुरस्कार वितरण

खेलकुद प्रतिभा सम्मान एवं पत्रकारीता पुरस्कार वितरण

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, ४ पौष - युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मान तथा पत्रकारीता पुरस्कार वितरण गरेको छ । आईतबार मन्त्रालय मै आयोजित विशेष कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ९ खेलाडी तथा १० जना पत्रकारलाई पुरस्कृत गर्नु भएको हो । जसमध्ये उसु खेलाडी दिपक हमाल, जुनी राई र सुस्मिता तामाङसहित कराँतेका एलेन श्रेष्ठ र एथलेटिक्सकी पुष्पा भण्डारीलाई प्रतिभा सम्मान प्रदान गरिएको छ । त्यसैगरी, पारा खेलकुदतर्फका केशव थापाले पनि प्रतिभा सम्मान प्राप्त गर्नुभएको छ । मन्त्रालयले ६ जना खेलाडीहरुलाई सम्मानपत्रसहित जनही १ लाख नगद पुरस्कार समेत उपलब्ध गराएको छ । त्यसैगरी रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्का नगद १ लाखसहित प्रतिभा सम्मानबाट पुरस्कृत हुनुभएको छ । तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि उक्त सम्मान प्रदान गरिएको छ । दुबैजनाले सम्मानपत्रसहित जन...
आजदेखि जानकी २ मा क्रिकेट प्रतियोगिता हुने

आजदेखि जानकी २ मा क्रिकेट प्रतियोगिता हुने

अवधी, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ पाैष – एकता शिक्षा समाज कल्याण संस्था बाँकेको आयोजना गरेको वडा स्तरीय क्रिकेट प्रतियोगिता तयारी पूरा भएकाे जानकारी गराउँदै आज पाैष ४ गते आईबार बिहान ९ बजेदेखि शुभारम्भ हुने भएको छ । प्रतियोगिता जानकी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बसबहादुर रानाले उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक सकिल अहमद राईले जनाएका छन् । आयोजकका अनुसार प्रतियोगितमा जानकी २ नं. वडाबाट खेलाडीहरूकाे सहभागिता हुनुका साथै खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ । जानकी २ बनकटवामा हुने प्रतियोगिता वडा भित्र खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकास हुने उद्देश्य रहेको जनाईएकाे छ । प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र दिइने आयोजक संघले जनाएको छ ।...
क्यानद्वारा खेलाडीलाई गरिएको कारबाहीमा पुनर्बिचार गर्न खेलकुद मन्त्री अथकको आग्रह

क्यानद्वारा खेलाडीलाई गरिएको कारबाहीमा पुनर्बिचार गर्न खेलकुद मन्त्री अथकको आग्रह

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ पौष – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीमाथी पुनः बिचार गर्न आग्रह गर्नुभएको छ ।शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथी पुनर्बिचार गर्न आग्रह गर्नुभएको हो । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताउनुभयो । क्यान र खेलाडी बिच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनु पर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्र मै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरीएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत ब्यक्त गर्नुभयो । मन्त्री अथकले अगामी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समे...
सबै तयारी पूरा, भाेलिदेखि प्रतियाेगिताकाे शुभारम्भ हुने- संघ

सबै तयारी पूरा, भाेलिदेखि प्रतियाेगिताकाे शुभारम्भ हुने- संघ

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ पाैष - नेपाल आई.टि.एफ तेक्वान्दो संघ बाँकेले आयोजना गरेको नगर स्तरीय तेक्वान्दो प्रतियोगिता तयारी पूरा भएकाे जानकारी गराउँदै भाेलि पाैष २ गते शुक्रबार बिहान ११ बजेदेखि शुभारम्भ हुने भएको छ । आयाेजक संघद्वारा बिहिबार पत्रकार सम्मेलनमा पौष २ र ३ गते हुने भनिएको जिल्ला स्तरीय प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताएको छ । यस अघि मंसिर २४ र २५ गतेका लागि तय गरिएको प्रतियोगित समय अभावका कारण पौष २ र ३ गतेका लागि तय गरिएको थियो । प्राविधिक समस्याका कारण पुर्वानिर्धारित योजनामा परिवर्तन गरिएको संयोजक रन्जित गिरिले जानकारी गराएका छन् । प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुबेदीले उद्घाटन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जनाईएको छ । आयोजकका अनुसार प्रतियोगितमा नगरका २३ वटै वडाबाट खेलाडीहरूकाे सहभागिता हुनुका साथै जिल्लाभरका २ ...

जाेखिम न्यूनीकरणका लागि माैसम पूर्वानुमानमा आधारित, पूर्वसुचना तालीम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.६ मा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्व सूचना बिषयक दुई दिने तालीम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (CSDR) को आयोजनामा भएको उक्त तालीममा नरैनापुर गाऊँ पालिका वडा नं.६ का वडा अध्यक्ष बिरेन्द्र पाल सिंह ठाकुरको अध्यक्षता तथा नरैनापुर गाऊँ पालिका प्रमुख इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा शुरु भएको तालिमलाई प्रमुख अतिथी शाहले ब्यानर खोली उदघाटन गर्नु भएको हो । यसै गरी अतिथीहरुमा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रतिनिधी, नरैनापुर गाऊँ पालिकाको बिपद फोकल परसन लक्ष्मीकान्त मिश्र, जय किसान माध्यमिक बिद्यालय नरैनापुरको शिक्षक अरुन यादव, कार्यक्रम संयोजक विनय राज त्रिपाठी, CSDR क...
नेपाल स्काउटको संयोजकमा दाहाल नियुक्त

नेपाल स्काउटको संयोजकमा दाहाल नियुक्त

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० मंसिर – नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गर्नुभएको हो ।२०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त हुनुभएका दाहाललाई प्रमुख आयुक्तको जिम्मेवारी समेत दिईएको छ । त्यसैगरी सहसंयोजकमा राजीव खत्री नियुक्त हुनुभएको छ । उहाँलाई स्काउटको तालिम आयुक्तको जिम्मेवारी समेत दिईएको छ । त्यसैगरी स्काउटको सदस्यहरुमा बबिता कटुवाल, बिजय किशोर झा, हरिबहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोषकुमार थापा, शिबप्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दिपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनार नियुक्त हुनुभएको छ । जसमध्ये कटुवालले संगठन आयुक्तको जिम्मेवारी पाउनु भएको छ ।नवनियुक्त पदाधिकारीहरुल...
कामना सेवा फुटसल कप हुने

कामना सेवा फुटसल कप हुने

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० मंसिर – कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ । बैंक, विमा तथा विभिन्न वित्तिय संस्थालाई समावेश गर्दै पुसको ९ र १० गते प्रतियोगिता आयोजना हुने भएको हो ।सोमबार एक कार्यक्रमका बीच कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईयो) प्रविन बस्नेतले प्रतियोगिताको औपचारिक रुपमा घोषणा गर्नुभयो । सञ्चालक सुवेदीले बैंक तथा वित्तिय संस्थाका कर्मचारीको स्वास्थ्यको प्रबद्र्धन गर्न र खेलमैत्री वातावरण निर्माणका लागि फुटसल आयोजना गर्न लागिएको बताउनुभयो । सिईयो बस्नेतले कर्पोरेट क्षेत्रभित्रका प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले मदत गर्ने बताउनुभयो । उहाँले बैंक तथा वित्तिय संस्थाबीच आपसी सम्बन्ध र सहकार्य स्थापित गर्न यस्ता प्रतियोगिताले योगदान गर्ने उल्लेख गर्नुभयो ।प्रतियोगितामा बैंक त...
पाैष २ र ३ गते नगर स्तरीय तेक्वान्डाे प्रतियाेगिता हुने

पाैष २ र ३ गते नगर स्तरीय तेक्वान्डाे प्रतियाेगिता हुने

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ११ मंसिर – नेपाल आई.टि.एफ तेक्वान्दाे संघ बाँकेले नेपालगन्जमा नगर स्तरीय तेक्वान्दो प्रतियोगिता मंसिर २४ र २५ गते नगरी पाैष २ र ३ गते आयोजना गर्ने जनाएकाे छ । आज शुक्रवार नेपालगन्ज रंगशालामा पत्रकार सम्मेलनकाे आयाेजना गरी नेपालगन्ज रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएका छन् । यही पाैष २ र ३ गते नगर स्तरीय तथा बाँके जिल्लाका आई.टि.एफ खेलाडीहरुका लागि प्रतियोगिता हुन लागेको खेलका संयोजक रंजित गिरिले जानकारी बताउनुभयाे । गिरिका अनुसार प्रतियोगितमा नगरका २३ वडा र जिल्लाका गरि २ सय ५० जना खेलाडीहरुले सहभागिता जनाउने छन् । साथै अफिसियलहरु पनि प्रतियोगितामा सहभागी हुने छन् । जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको बताउँदै प्रतियोगितालाई भव्य बनाउनका लागि नगरका सबै वडालाई सहयोग गर्न आग्रह गर्ने जानकारी गराउनु भय...
आईटिएफले मंसिर २४ र २५ गते तेक्वान्दाे प्रतियाेगिता गर्ने

आईटिएफले मंसिर २४ र २५ गते तेक्वान्दाे प्रतियाेगिता गर्ने

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ११ मंसिर - नेपाल आई.टि.एफ तेक्वान्दाे संघ बाँकेले नेपालगन्जमा नगर स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने जनाएकाे छ ।शनिवार नेपालगन्ज रंगशालामा पत्रकार सम्मेलनकाे आयाेजना गरी नेपालगन्ज रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएका छन् । यही मंसिर २४ र २५ गते नगर स्तरीय तथा बाँके जिल्लाका आई.टि.एफ खेलाडीहरुका लागि प्रतियोगिता हुन लागेको खेलका संयोजक रंजित गिरिले जानकारी बताउनुभयाे । गिरिका अनुसार प्रतियोगितमा नगरका २३ वडा र जिल्लाका गरि २ सय ५० जना खेलाडीहरुले सहभागिता जनाउने छन् । साथै अफिसियलहरु पनि प्रतियोगितामा सहभागी हुने छन् । जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको बताउँदै प्रतियोगितालाई भव्य बनाउनका लागि नगरका सबै वडालाई सहयोग गर्न आग्रह गर्ने जानकारी गराउनु भयो । प्रतियोगितामा महिला पुरुष तर्फ २० केजी त...