Wednesday, September 30सत्यम खबर
Shadow

खेल

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १४ पौष - सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्री परिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लैजानुभएको थियो । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टि...
“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”: खेलकुद मन्त्री अथक

“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”: खेलकुद मन्त्री अथक

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १३ पुष – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताउनु भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुप मै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताउनु भएको हो ।“हामी प्राकृतिक रुपमै उच्च मनोबलका धनि छौं” सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको आफ्नै भवनमा आयोजित १२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले भन्नुभयो, “हामीसँग संसारका सबै प्रकारका खेल खेल्न सक्ने भौगोलिक भू–वनावट छ । त्यसको अधिकतम प्रयोग गरेर खेल क्षेत्रको गुणात्मक विकास गर्न आवश्यक छ र त्यो हाम्रै पालामा सम्भव छ ।” एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रमा राजनिती गरीनु दुःखद भएको उल्लेख गर्नुभयो । बिगतदेखी नै खेलाडीहरुलाई सत्ता निकटका ब्यक्तिहरुल...
मन्त्री अथकद्वारा बिजेता टिमलाई बधाई

मन्त्री अथकद्वारा बिजेता टिमलाई बधाई

आस्था, खेल, प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १३ पौष – बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवातथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिनु भएको छ ।साविकको विजेता नेपालले उज्वेकिस्तान माथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई दिनु भएको हो । नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई बधाई दिनु भएको हो । उहाँले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै खुसी ब्यक्त गर्नु भएको हो ।बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।...
दोश्रो गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न

दोश्रो गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न

अवधी, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
माेहित मिश्राजानकी, १२ पाैष - बाँकेको जानकी गाउँपालिका वडा १ मा आज साेमबार दोस्रो जानकी गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएकाे छ । उक्त प्रतियाेगिताको उद्घाटन पूर्व सहरी विकास मन्त्री इस्तियाक राईले आईतबार गर्नु भएको थियो । उद्घाटन समारोह कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मो. रजा राई र संस्था अध्यक्ष सकिल अहमद राई तथा जसपा जानकी गाउँपालिकाका युवा नेता राजीव बर्माको सहभागिता रहेकाे थियो । कार्यक्रममा मन्त्री राईले- "अब जानकी १ नं. मा खेल मैदानमा मेरो पनि प्रतिबद्धता रहनुका साथै खेलका विकास एवम् स्थानिय युवा खेलाडीहरूकाे प्रतिभालाई चिनाउन जिल्ला स्तरीय क्रिकेट गराउन आवश्यक रहेकाे बताउनुभयाे ।" आयोजकका अनुसार क्रिकेट खेलमा जानकी गाउँपालिका बाट ५ टिम दर्ता भएको थियो । जसमा आज पहिलो मैच बुढीया गाउँ, पठन पल्टन टिम र एमएस स्पोर्ट क्लब रमुवापुर संग सम्पन्न ...
नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको गंगापुर, जयकिसान माध्यमिक बिद्यालय, नरैनापुर चौक र मटेहियामा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी सम्बन्धी सडक नाटक सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त सडक नाटकमा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा नाटक प्रदर्शन भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्ष...

नरैनापुरमा बिपद पूर्व अभ्यास कार्यक्रम सम्पन्न !

CoVid19, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.५ भगवानपुर र ६ सोनबर्षा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व अभ्यास कार्यक्रम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त अभ्यास कार्यक्रममा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा अभ्यास गराउनु भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्षति न्यूनगर्न अभ्यास गराईएको थ...
साफ उपबिजेता खेलाडीहरु पुरस्कृत, सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ: खेलकुद मन्त्री अथक

साफ उपबिजेता खेलाडीहरु पुरस्कृत, सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ: खेलकुद मन्त्री अथक

आर्थिक, आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, ६ पौष – नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथाप्रशिक्षक पुरस्कृत भएका छन् । १३ औं संस्करणको साफ च्याम्पीयन सिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवातथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपबिजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गर्नु भएको हो । सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो । सम्मानित हुने खेलाडीहरुमा राष्ट्रिय टिमका कप्तान किरण ...
एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई

एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, ५ पौष - युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरीएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गर्नु भएको हो । यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाई गर्दै युवा तथा खेलकुद मन्त्री अथकले नेपालमा क्रिकेटको भविष्य राम्रो भएको उल्लेख गर्नुभयो । सधैं झैं यस पटक पनि नेपाली खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्नेमा आफु ढुक्क रहेको बताउँदै मन्त्री अथकले उच्च मनोबलका साथ खेल्दै उपाधि हासिल गर्न शुभकामना समेत दिनुभयो । एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने नेपाली टि...
वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न

वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
माेहित शुक्लाजानकी, ४ पाैष - एकता शिक्षा समाज कल्याण संस्था जानकी गाउँपालिका बाँकेको आयोजना तथा जानकी गाउँपालिका वडा २ वडा कार्यालयको आर्थिक सहयोगमा वडा स्तरीय क्रिकेट प्रतियाेगिता भब्य रुपमा सम्पन्न भएको छ । प्रतियोगिता जानकी २ नं को वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता र एकता शिक्षा समाज कल्याण संस्थाको अध्यक्षले संयुक्त रूपमा पैट, बल तथा खेलाडीहरूलाई टिसर्ट वितरण गर्दै शुभारम्भ गरिएकाे थियाे । वडा स्तरीय क्रिकेट प्रतियोगिता विजेता टीम बेलभार टाइगर्स टिम तथा उप विजेता बनेकाे सुर्या क्रिकेट टिम रहेका थिए । विजेता टीमलाई नगद पुरस्कार २० हजार तथा ट्रफीसहित मेडल र प्रमाण-पत्र प्रदान गरिएकाे थियाे । त्यसैगरी उप विजेतालाई नगद १० हजार ट्रफीसहित मेडल र प्रमाण-पत्र वितरण गरेको आयोजक संस्थाका अध्यक्ष सकिल अहमद राईले जानकारी गराउनु भएकाे छ । कार्यक्रममा उपस्थित प्रमुख अथिति जानकी गाउँपालिका ...
क्यान र केल्मी बिच २ वर्षे सम्झौता

क्यान र केल्मी बिच २ वर्षे सम्झौता

आस्था, खेल, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौं, ४ पौष - नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबिच दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मी बिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितीमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । दुई वर्षिय सम्झौता अनुसार केल्मीले आगामी दुई वर्षसम्म नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जाने पुरुष र महिला सिनियरसँगै यू–१९ र यू–१६ टिमलाई जर्सी, ब्याग, ट्रयाकसुट, टोपी तथा जुत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केल्मीले उक्त सामाग्री प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरीएको छ । उक्त समारोहमा बोल्दै कार्यक्रमक...