कोरोनाको तेस्रो लहरबाट बच्न हामी कति तयार ?
मिति २०७८ जेष्ठ ३ गते“विद्रोही”
विद्रोही
अहिले नोभल कोरोना भाइरसको दोस्रो वेभबाट नै हामीहरुको धेरै नै हानी नोक्सानी भई सकेको छ यसबीच कोरोनाको तेस्रो वेभ पनि आउने वैज्ञानिकहरुको अनुमान रहेकोले हामीमा थप डर त्रास बढेको छ । कोरोनाको पहिलो वेभ २०७६ मा आउँदा चैत्र ११ गते देखि सरकारले लकडाउन लगाएको थियो । यो लकडाउन कार्तिक सम्म रह्यो । मंसिर महिनातर्फ यहाँको जनजीवन साम्य बन्यो ३ महिनासम्म केही सन्तोषको स्थितिमा जीवन गुजार्ने मौका मिले पनि फेरी चैत्रदेखि नयाँ भेरियन्टको कोरोनाको दोस्रो वेभ आयो यसमा हामीले आफ्नो थुप्रै साथीभाई इष्टमित्र परिवार सदस्यलाई गुमाएका छौं ।एउटा कुरा वास्तविक रुपमा भनियो भने पाइन्छ कि मंसिर महिनादेखि फागुनसम्म यति हामी निश्चिन्त भई बसेका थियौं कि अब कोरोना फेरी आउँदैन हामी निश्चिन्त भएर आ–आफ्नो कार्यमा लाग्यौं फेरी चैत्र लाग्दैनै नयाँ भेरियन्टको कोरोनाको दोस्रो वेभ आ...









