
मिति २०७८ जेष्ठ ३ गते
– मनोज कुमार कौशल

वुहान भाइरस नोभल कोभिड–१९ को अगाडि धेरै सरकारले आफ्नो हात माथि खडा गरेका छन् । महामारीबाट नेपाली जनताको ज्यान जाँदैछ । अझै पनि तमाम जनताको मृत्यु भई रहेको छ जति जनताको अस्पतालमा मृत्यु भएको छ सो भन्दा बढी जनाको घरभित्र मृत्यु भई रहेको देखिन्छ ।
नेपाली जनताले समान हक अधिकार पाउनको लागि २०६२/०६३ को जनआन्दोलन भाग–२ बाट मुलुकको राजनीतिमा नयाँ परिर्वतन गरेका थिए तर यो परिवर्तन अहिले बेमानी साबित भएको छ । जनताले न त समान हक अधिकार पाएका छन् न त आफ्नो जिउ ज्यानको ग्यारेन्टी पाए यस्तै स्थिति अहिले दखिएको छ वैश्विक महामारी कोभिड–१९ छिमेकी देश चीनबाट पहिले फैलियो अहिले नयाँ भेरियन्टको दोस्रो चरणमा कोरोना भाइरस देशमा फैलिएपछि केन्द्र सरकारले यो महामारी नियन्त्रणको लागि कुनै प्रकारको भूमिका निर्वाह गरेन त्यो राजनीति खिचतानमा लागी रह्यो यस समय प्रदेश सरकारहरुले कोभिड–१९ नियन्त्रणमा आफ्नो प्रभावकारीभूमिका निर्वाह गर्नु पथ्र्याे तर यसको भूमिका राजनीतिक लडाई लड्ने मध्यस्थकर्ता सम्म सीमित रह्यो यस महामारीमा प्रदेश सरकारले स्थानीय सरकारलाई कोरोना महामारीको समय मजबूत बनाउनु पथ्र्याे तर यो कार्य भएन जसको कारण आज रोजिन्दा दर्जनौं व्यक्तिको कोरोनाबाट मृत्यु भइ रहेको छ । दोस्रो चरणमा कोरोना महामारीले भारतमा ताण्डव मच्चाई रहेको छ । यो कार्य हामीले टुलुटुलु भएर देख्यौं यस समय प्रदेश सरकारले नेपाल–भारत सीमा पूर्ण रुपले सिल गर्नु पथ्र्याे र सीमा नजीक क्वारेन्टाइनको स्थापना गर्नु पथ्र्याे त्यस्तो कार्य भने गरिएन । भारतमा विभिन्न रोजगारी गर्न गएका नेपाली त्यहाँ रोजगारी छाडी धमाधम स्वदेश फर्किँदै रहे यसमा हाम्रा नातेदार, रिस्तेदार पनि नेपालमा भित्रिँदै रहे जसको कारण नयाँ भेरियन्टको कारोना नेपालको तराई देखि पहाडसम्म फैलियो अहिले सगरमाथा चढ्ने केही पर्वतारोही पनि कोरोनाबाट संक्रमित बनेको अति भयावह समाचार प्राप्त भई रहेको छ । यस कारण सरकारको ठूलो कमी कमजोरीले गर्दा सिंगो मुलुक नै ठूलो जोखिममा परेको छ ।
यस समय जनतासँग कुनै विकल्प रहेको देखिँदैन केन्द्र सरकारको अहिले केही होस खुलेको देखिन्छ जसको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सहयोग गर्न विभिन्न विदेशी राष्ट्रलाई गुहारेका छन् तर अब धेरै ढिलो भई सकेको छ जबसम्म विदेशबाट सहयोग आउँछ तबसम्म यहाँ अनगिनतहरुको मृत्यु हुनेछ । यस कारण अब आफ्नो सुरक्षा सबैले आफै नै गर्नुपर्ने जरुरी भएको देखिन्छ । यसको लागि विभिन्न राजनीतिक दल आफ्नो राजनीतिक स्वार्थको त्याग गरी एउटै ठाउँमा खडा हुनु पर्छ किनकी अहिलेको समय राजनीति गर्नु होइन बरु जनताको ज्यान जोगाउनु हो जब सबै जनता नै मरी रहेका छन् भने राजनीति कसको माथि गर्ने ? अहिले नेपालमा कोभिडको संक्रमण फैलाएपछि रमिते गरी रहेको चीन वाह्य दया देखाउँदै थोरै भ्याक्सीन स्वास्थ्य सामाग्री पठाएको छ यति सहयोग अपुग छ । भारतले पहिलो चरणमा कोरोना फैलिँदा खोप पठाएको थियो तर अब भारतमा नै कोरोना नियन्त्रण भन्दा बाहिर गएको देखिन्छ । त्यहाँ पनि रोजिन्दा सैयौंको संख्यामा मृत्यु भई रहेको छ यस कारण भारतले अब भ्याक्सीन स्वास्थ्य सामाग्री नेपालमा पठाउने कुरै भएन । यस कारण कोरोनाबाट बच्न नेपाली जनताले आफै नै लाग्नुपर्ने जरुरी देखिन्छ । स्थिति आज धेरै विषम छ कोरोना संक्रमितहरुबाट अस्पताल भरिएको छ । बेरामीको लागि बेडको अभाव भएकोले उनीको भुईंमा सुताई उपचार भई रहेको छ । आईसीयु भेन्टिलेटरको पनि अभावै छ । महोत्तरी जस्तो स्थानमा रहेको अस्पतालमा भेन्टिलेटर छ तर त्यहाँ चिकित्सक छैनन् यो कुरा पनि थाह भई रहेको छ । नेपालगंजमा लिऊँ भने यहाँ बाँके जिल्लाको अतिरिक्त बर्दिया, दांग, सुर्खेत लगायतबाट बेरामी उपचार गराउन पुगेका छन् यसमा तमाम निको भई घर पनि फर्केका छन् तमामको मृत्यु भएको छ ।
अहिले पनि संक्रमितको संख्या थपिँदै गएको छ । पहिले कोरोना नेपालगञ्ज उमनपासम्म सीमित थियो तर अब यो विस्तारै विस्तारै ग्रामीण क्षेत्रसम्म फैलिन थालेको छ यो चाहिँ अहिले ठूलो चिन्तनीय विषय बनेको छ। नगरमा केही राम्रो स्वास्थ्योपचारको व्यवस्था छ तर ग्रामीण क्षेत्रमा कोरोना फैलिए त्यहाँ अस्पताल छैन राम्रो स्वास्थ्योपचारको व्यवस्था छैन ग्रामीण क्षेत्रमा पनि कोरोना फैलिए यसले सबैलाई त्राहिमाम पार्नेछ । यस कारण नेपाली जनताको लागि यो एउटा ठूलो चुनौतिको घडी हो । केन्द्र सरकार, प्रदेश सरकार जनताको स्वास्थ्य उपचारप्रति संवेदनशील हुन्थ्यो भने कोरोना यति ठूलो समस्या बन्ने थिएन । २०७६ चैत्र ११ बाट लकडाउन गरिएको थियो त्यस्तो कडाईले लकडाउन यसपालि गरिएन । त्यसपछि मंसिर महिनाबाट कोरोनाबाट केही राहतमिल्यो यस समय सरकारले कोभिडबाट बच्न जनतालाई बचाउन पर्याप्त तयारी गर्न सक्थ्यो तर गरेन । दोस्रो चरणमा कोरोना आयो यस समय सबै नेपालीको पीसीआर जाँच गर्नु पथ्र्याे तर गरिएन । सरकारले भारतबाट अनुदान पाएको खोप प्राप्त गरी लगायो पछि दोस्रो चरणमा खोप लगाउन भ्याक्सीन ल्याउन सकेन । १० प्रतिशत कमीशनको खेलको कारण भ्याक्सीन आउन नसकेको कुराको पर्दाफास भई सकेको छ तर सरकारले यो कमीशनखोरीको खेलमा को–को सहभागी थिए यसको दोषी आजसम्म पत्ता लगाउने कार्य नगरेकोले यस कमीशनखोरीमा सरकार पक्षको नै सहभागिता रहेको अनुमान लगाउन सकिन्छ यस कारण पहिले कोरोनामाथि नियन्त्रण पाउन पहिले कार्य गरौं यो कोरोनालाई सिध्याएपछि जनताले भ्रष्ट सिस्टम, भ्रष्ट राजनीतिज्ञ, भ्रष्ट सरकारलाई पाखा लगाउने तर्फ लाग्नु पर्छ यही नै भ्रष्ट सिस्टमले कार्य गर्दै रह्यो भने आज जनता बेरामी छन् भावी समयमा सम्पूर्ण देश नै बेरामी बन्नेछ जसको फाईदा उठाउन कोरोना फैलाउने भ्रष्ट देश चीन अझ सक्रिय हुनेछ ।
