
जयपती ढकाल
मिति २०७८ ज्येष्ठ २ गते
नेपाल अहिले महाविपत्तिमा फसेको छ । यो अवस्थाबाट पार पाउनुको विकल्प छैन् । हामी अदृष्य सत्रु अर्थात भाइरससँग लडिरहेका छौं । यो अवस्थाबाट मुक्त पाउन अब के के गर्ने ? र पत्रकारहरुले कस्तो भुमिका निर्वाह गर्ने भन्ने विषयले पनि खड्काएको छ ।
सुन्नमा आएको अनुसार मानव सभ्यताको लागि महामारी नयाँ होइन । महामारी नदेखेको, नभोगेको पुस्तालाई अनौठो हामीलाई लागेको छ । तर यस्ता हजारौं महामारीलाई जितेर मानव समाज यहाँसम्म आइपुगेको हो भन्ने कुरा पनि पहिलाको बृद्धिजिविबाट सुनेका छौ ।
हरेक महामारीमा हजारौं, लाखौं, करोडौं मानिसले हारे होलान्, जीवन गुमाए होलान् तर मानव समुदायले हारेको छैन्, सभ्यताले हारेको छैन् भन्ने नि यसकारण पुष्टि भएको देख्दछु । आगामी दिनमा मानिसहरू यस्ता धैरै महामारी अवश्य भोग्नु पर्नेछ भएको देखिन्छ । त्यसैले अहिलेको महामारी पहिलो पनि होइन र अन्तिम पनि होइन ।
यो महामारीलाई पनि हामी निश्चित रुपमा जित्नेछौं । महामारीलाई जितिसक्दा मानव समुदायले भने ठूलो क्षति व्यहोर्नु पर्ने देखिएको छ । नेपालमा क्षतिको मात्रा र आकार बढेको बढ्यै छ । क्षति न्यूनीकरण गर्दै महामारी माथि विजय पाउनु असाधारण चुनौती बनेको छ नेपालका लागि धैर्य गर्न र नआतिन आग्रह गर्दछु ।
यसकारण कोरोना भाइरसले पत्रकारिता क्षेत्र लाई पनि चुनौती दिएको छ । मानिस एक्लो छैन पृथ्वीमा अर्बाैं अर्ब भाइरस र ब्याक्टेरियाहरु पनि छन् । मानिसका वरिपरि हजारौं लाखौं किसिमका रोग छन् । समाज सामान्य अवस्थामा रहेको बेला पनि विभिन्न रोग मानिसलाई लागिरहेको हुन्छ ।
झन्, नेपाल त सामान्य कालमा समेत पर्याप्त स्वास्थ्य सेवा दिन नसकिरहेको देश हो । यस्तो देशले कोभिड १९ को सुनामी सामना गर्नु चुनौतीपूर्ण छ र पत्रकारिता गर्न नि चुनौती आई परेको छ ।
कोरोना भाइरसले चरित्र नै यस्तो हुन्छ कि मानिसले सामान्यकालका लागि बनाएका मान्यता र संरचना सबैलाई भत्काइदिन्छ ।
विपत कै बीचमा उपाय खोजेर नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्नुको विकल्प छैन् । महामारीसँग आत्मसमर्पण गर्ने होइन, जुध्ने हो । भाग्ने होइन जित्ने हो । महामारीसँगको युद्धमा हाम्रो नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहनु भएको छ । नेपाली जनताले आजसम्म सबैभन्दा विश्वास गरेका नेता केपी ओलीको नेतृत्वमा महामारी विरुद्धको लडाईं हामीले अवश्य जित्नेछौं ।
महामारी माथि विजय पाउन सरकारले गर्नै पर्ने केही कामहरु पत्रकारले सधैं आवाज उठाउँदै आएका छन् । तत्काल स्वास्थ्य संकटकाल लगाउनु पर्छ । संकटकाललाई युद्धकाल ठान्नुपर्छ । युद्धमा सरह खटिएर, दत्तचित्त भएर लागेर महामारीमाथि विजय पाउनुपर्छ ।
पत्रकारहरूलाई पनि प्रोत्साहन भत्ताको व्यवस्था गर्नु पर्छ र पत्रकारहरुले पनि जस्तो सुकै परिस्थितिको सामना गरेर समाजमा सत्य तत्थ समाचार सम्प्रेषण गरोस् अन्य स्वास्थ्य सामाग्री र नेपाल पत्रकार महासघंका प्रत्येक शाखालाई कुन पत्रकारले कति काम गरेको छ, कसले आईडीकार्ड पाएर घर बस्ने र कहिले नि रिपोर्टिङ नगर्ने जस्ताको हेरविचार गर्नु पर्छ ।
महामारीको सामना गर्न हरेक देशसँग साधन स्रोतको अभाव छ, नेपालसँग पनि अभाव हुने नै भयो । साधनस्रोतको व्यवस्थापन, जनशक्ति परिचालन गर्न एक विशेष र केन्द्रीकृत निकाय बनाइनुपर्छ ।
चिकित्सा क्षेत्रमा महामारीकाल अवधीका लागि ‘हायर एण्ड फायर’ लागू गरिनु पर्छ । सरकारी निकायहरुले जनशक्ति सोझै भर्ना गर्नसक्ने र आवश्यकता पर्दा हटाउन सक्ने व्यवस्था गरिनु पर्छ ।
नेपालमा रहेका सबै राजदूत, दातृ संस्थाका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले आफ्नो देशले भोगिरहेको विपत बारे जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुपर्छ ।
‘ग्रीन लाइन’ यातायातको व्यवस्था गरिनुपर्छ । अर्थात्, उपचारसँग सम्बन्धित सामान ढुवानीलाई विशेष प्राथमिकता दिने गरी यातायात क्षेत्रमा विशेष व्यवस्था गरिनुपर्छ । यो व्यवस्था हवाई उडानमा समेत लागू गरिनु पर्छ । सामग्रीको छिटो छरितो ढुवानीका लागि वैकल्पिक व्यवस्थाहरु समेत गरिनुपर्छ ।
सामान आयातमा सरलीकरण गर्न सरकारका विभिन्न निकायहरुको केन्द्रीकृत ईकाई बनाउनुपर्छ । त्यस्तो इकाईले आयातको अनुमति ठाउँको ठाउँ, केही मिनेटमै दिनसक्ने व्यवस्था गरिनुपर्छ ।
चिकित्साका लागि प्रयोग हुने सामानलाई भन्सार मिनाहा गर्नुपर्छ । त्यस्ता सामान नेपाल प्रवेश हुँदा भन्सार विन्दुमा युद्धस्तरमा भन्सार क्लियरेन्स गरिदिने व्यवस्था गरिनुपर्छ । भन्सार विन्दुमा केही मिनेटमै क्लियरेन्सको व्यवस्था गरिनुपर्छ । यसका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्छ ।
व्यक्ति, व्यापारिक संघसंस्था, गैरसरकारी संस्थाहरुलाई विदेशबाट स्वास्थ्य सामग्री ल्याउन प्रोत्साहित गर्नुपर्छ । उनीहरुले ल्याउने सामान तथा सहयोग नेपाल भित्राउँदा हुने प्रशासनिक झन्झट निर्मुल गर्दै एकद्धार प्रणाली मार्फत केही मिनेटमै काम हुने व्यवस्था गरिनुपर्छ ।
स्वास्थ्य उपचार महंगो भएको गुनासोलाई ध्यानमा राखेर तत्कालै एउटा अनुगमनकारी निकाय व्यवस्था गरिनुपर्छ । महामारीका बेला अस्पतालहरुलाई कडा कारवाही गर्न सकिँदैन । तर, अस्पतालले विरामीसँग अहिले लिइरहेको शुल्क उपर महामारी पछि सुनुवाई र कारवाही गर्नेगरी एक विशेष निकाय बनाउनुपर्छ । त्यस्ता निकायले अहिलेबाटै उजुरी लिने काम थाल्नुपर्छ ।
अस्पतालहरुमा आगामी दिनमा विरामीको चाप झन् बढ्ने देखिन्छ । त्यो अवस्थाको सामना गर्न अन्य क्षेत्रका निजामती कर्मचारीलाई चिकित्सा क्षेत्रमा स्वयंसेवकका रुपमा परिचालन गर्न तत्काल कार्ययोजना बनाइनुपर्छ ।
देशले चाहेर मात्र केही हुन्छ आफुले ध्यानदिनु पर्ने कुरा हरु ः
महामारी यस्तो अवस्था हो जसको सामना सरकार एक्लैले गर्न सक्दैन । महामारीको सामना समाजले गर्ने हो र नेतृत्व सरकारले गर्ने हो ।
सबैथोक सरकारले गरिदिन्छ या गरिदिनुपर्छ भन्ने अवधारणा महामारीका बेला लागू हुँदैन । सरकारले सकेको गर्छ नै, समाज पनि अग्रसर हुनुपर्छ । हरेक व्यक्ति जिम्मेवार हुनुपर्छ । महामारी नियन्त्रण गर्ने, विपतमा परेकालाई मद्दत गर्ने काम मेरो पनि पनि हो भनेर हरेक मानिसले कर्तव्यवोध गर्नुपर्छ ।
विपतको बेला राज्य तथा सरकारलाई असफल पार्ने तत्वहरु सक्रिय हुन्छन् । महामारीको अवधीभरी सरकार या सरकारी कामको विरोध गर्दा हरेक नागरिकले विवेक प्रयोग गर्नुपर्छ । सामान्य अवस्थामा जसरी सरकारको विरोध गर्न हुँदैन ।
सक्नुहुन्छ भने महामारी नियन्त्रणका लागि आफ्नो ठाउँ तथा हैसियत अनुसार योगदान गरौं, सक्नुहुन्न भने अरुको काममा बाधा नदिउँ । महामारीको सामना गर्न सरकारी तथा गैरसरकारी क्षेत्रका सयौं निकाय तथा व्यक्तिहरु अहोरात्र लागिरहेका छन् । उनीहरुलाई हतोत्साहित गर्ने काम नगरौं, प्रोत्साहित गर्ने काम गरौं जो पत्रकारहरुले गरिरहेका छौँ ।
लापरवाही नगरौं । तपाईंको सानो लापरवाहीले तपाईं संक्रमित बनेर पीडित बन्नुहुन्छ । तपाईं संक्रमित बन्नु भनेको तपाईंको परिवार पनि संक्रमित बन्ने हो । तपाईंको परिवार संक्रमित बन्नु भनेको समुदायमा संक्रमण झन् फैलिनु हो । तपाईं आफू जोगिनु हुन्छ भने अरुलाई पनि जोगाउनुहुन्छ । आफू जोगिनु हुन्न भने अरुलाई पनि जोगाउन सक्नु हुन्न ।
निरास नहुनुस्, आशावादी बन्नुस् । राष्ट्रिय विपतको बेला सरकारलाई हरतरहले साथ दिनुस् । विभिन्न निकायहरुले जारी गर्ने सूचना तथा आदेश मनन गर्नुहोस्, पालना गर्नुहोस् ।
“विपतको बेला अधिकार होइन कर्तव्य प्रमुख हुन्छ भन्ने नभुल्नुहोस् जस स्तरमा पत्रकारहरुले पनि ज्यानको बाजि राखेर समचार लेखेको हुन्छ ।”