
नरैनापुर, ३० बैशाख – बाँकेमा कोरोना भाईरसको संक्रमण बढेपछि कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि बी–ग्रुप, बाँके सक्रिय भएर बाँके जिल्लामा कार्य गरिरहेको छ ।
भेरी बाताबरणीय बिशिष्ठता समुह (बी–ग्रुप)ले केयर नेपालसंगको साझेदारीमा बाँके जिल्लामा सञ्चालन भएको कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत ४ लाख सत्ताईस हजार पाँच सय रुपैया बराबरको विभिन्न स्वास्थ्य सुरक्षा सामानहरु उपलब्ध गराएको छ ।
बी–ग्रुपले कोरोना भाईरसको संक्रमण बिरुद्धको अभियानमा प्रयोगमा आउने सर्जिकल माक्स, हेण्ड सेनिटाईजर, केएन नाइटी फाइभ माक्स, ग्लोब्स, पिपिई सेट, गन थर्मोमिटर, पल्स अक्सिमिटर, निबुलाईजर सेट, डिजिटल थर्मोमिटर र हेण्ड वासिङ्गलिक्वीड र सोडियम हाईडूोक्लोराइट गरी ४ लाख सत्ताईस हजार पाँच सय रुपैया बराबरको सामाग्री जिल्ला विपत ब्यवस्थापन समिति, बाँकेमार्फत स्थानीय विपत ब्यवस्थापन समिति, नरैनापुरगाउँपालिका, बाँकेलाई हस्तान्तरण गरेको बी–ग्रुपका कार्यक्रम अधिकृत कुबेर घर्ती मगरले जानकारी दिए ।
बी–ग्रुप बाँकेका कार्यक्रम संयोजक टेकबहादुर सुनारले नरैनापुर गाउँपालिकाका वडा नं.२ का वडा अध्यक्ष मक्सुद शाहलाई सो सामग्री हस्तानन्तरण गर्नु भएको हो ।
सो अवसरमा स्वास्थ्य सामग्री बुझनु हुँदै वडाअध्यक्ष शाहले कोभिड बिरुद्धको लडाईमा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा बी–ग्रुप र केयर नेपाललाई धन्यबाद ब्यक्त गर्नु भएको थियो । उहाँले विपत्तीको बेलामा सहयोगी सामाग्री उपलब्ध गराएर नरैनापुर गाउँपालिकालाई कोरोना मुक्त गराउन ठूलो सहयोग पुगेकोेले आगामी दिनहरुमा पनि सहकार्य र सहयोगको अपेक्षा ब्यक्त गर्नु भएको थियो ।

