
नेपालगन्ज, ३१ बैशाख – काेभिड-१९ काेराेना भाईरसकाे महामारीकाे हटस्पाेट बनेकाे नेपालगन्जका धेरै संक्रमितहरू भेरीमा रहेकाे तथा उनीहरूकाे सेवामा साँझ-बिहान खाने खानाकाे व्यवस्था गर्दै आईरहेकाे अञ्जनी माता रसाेईलाई थाेरै भएपनि आर्थिक गर्नेहरू सहयाेग गर्ने कार्य जारी राखेका छन् ।
आज शुक्रबार अक्षय तृतीया एवम् प्रशुराम जयन्तीकाे शुभ अवसरमा समाजसेवी सुर्यप्रसाद उपाध्यायले नगद पाँच हजार एक सय सहयाेग गरेकाे छन् ।
उपाध्यायद्वारा गरिएकाे सहयाेग रकम स्थानीय घनश्यामकुमार वैश्यमार्फत अञ्जनी माता रसाेई सञ्चालक जितेन्द्रसिंह ठाकुरलाई हस्तान्तरण गरिएकाे छ ।
