राजकुमार रौनियारको संयोजकत्वमा खाद्यान्न बैंकको स्थापना
नेपालगन्ज, ३० बैशाख – विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट आक्रान्त रहेको बेला नेपाल पनि अछुतो नरहेको कुरा सबैमा जानकारी भएको छ । त्यसमाथि विपदको समयमा मानवताप्रेमी कार्यमा सहयोगी मनकारी मनहरुले खुलेर सहयोग आदान–प्रदान गर्ने गरेका हुन्छन् ।यस्तै सहयोगी मनकारीहरुको रुपमा छुट्टै पहिचान बनाई सकेको नेपाल शिवसेनाले आज खाद्यान्न बैंकको स्थापना गरी मानवताप्रेमी कार्यका अग्रणी स्थान हासिल गरेको छ ।नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको संयोजकत्वमा रहेको खाद्यान्न बैंकमार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका कम आयु भएको गरिब मजदुर वर्गका लागि खाद्यान्न सहयोग गरिने बताईएको छ ।
नेपाल शिवसेनाका केन्द्रिय कोषाध्यक्ष मदनराज शर्माका अनुसार यस कोभिड–१९ कोरोना भाईरसको महामारीमा महिनौ हुन लाग्दा मजदुरी गरी बसेकाहरुका लागि कोहीले कुनै पाईला नचाल्दा आफैबाट शुरुवात गरौं भनी आज केन्द...









