Tuesday, April 14सत्यम खबर
Shadow

नेपालगन्जको सबै वडामा स्वास्थ्य सेवा प्रभावकारी बनाइने

नेपालगन्ज, १ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले नेपाल चिकित्सक संघ भेरीको सहकार्यमा हरेक वडामा होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको अनुरोधका आधारमा संघले नगरका सबै २३ वटै वडाका लागि चिकित्सकलाई जिम्मेवारी दिएको छ । उपमहानगरपालिकाको वडामा रहेका स्वास्थ्य फोकलपर्सनहरुले सुरुमा होम आईसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनेछन् ।


आवश्यकता अनुसार उनीहरुको विरामीको बारेमा वडामा जिम्मेवारी पाएका चिकित्सकहरुसँग सम्पर्क गर्ने छन् । शनिबार चिकित्सक र स्वास्थ्य फोकलपर्सनहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ । कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणाले वडाका स्वास्थ्यकर्मीहरुलाई नियमित चिकित्सकसँग सहकार्य गर्न आग्रह गर्दै सहयोगका लागि चिकित्सक संघलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसबारे समुदायस्तरमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने बताउनुभयो । उपमहानगरपालिकाद्वारा सञ्चालित आईसोलेसन, हेल्थडेस्कलाई पनि प्रभावकारी बनाउन बैठकमा छलफल भयो ।


डा. राजन पाण्डेले जनस्वास्थ्यका प्रोटोकल अनुसार महामारी नियन्त्रणमा जुट्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो । सामाजिक सञ्जालका सबै सूचनालाई सत्य नमान्न भन्दै उहाँले संक्रमणदर घटाउन र मृत्युदर घटाउन लाग्नुपर्ने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले नगरमा महामारी रोकथाम र नियन्त्रणको अभियानलाई थप व्यवस्थित बनाउन चिकित्सक र स्वास्थ्यकर्मीबीचको समन्वव बैठक गरिएको बताउनुभयो । छलफलमा चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण, डा. रोमा बोहरा, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *