Wednesday, June 17सत्यम खबर
Shadow

आस्था

उपमहानगरद्वारा सञ्चालित आईसोलेसन वार्डको प्रशंसा गर्दै संक्रमित

उपमहानगरद्वारा सञ्चालित आईसोलेसन वार्डको प्रशंसा गर्दै संक्रमित

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का युवराज शाह कोभिड संक्रमण भएपछि सुरुमा भेरी अस्पताल हुँदै उपमहानगरपालिकाले सञ्चालन गरेको रामलिला मैदानस्थित आईसोलेसनमा बस्नुभयो ।बिहिवार कोभिड निको भई घर फिर्ता हुने क्रममा शाहले कोभिड रोकथाम र नियन्त्रणका लागि नेपालगन्जले गरेको प्रयासको प्रशंसा गर्नुभयो । नेपालगन्जले निःशुल्क पिसिआर परीक्षण र एन्टिजिन परीक्षण, निशुल्क एम्बुलेन्स सेवा, आईसोलेसनमा बस्नेहरुको लागि खाना र नास्ताको व्यवस्था गर्दै आएको भन्दै उहाँले आईसोलेसन बसाई एकदमै राम्रो भएको बताउनुभयो । आईसोलेसनको सम्पूर्ण सेवा र अन्य व्यवस्थापन राम्रो भएको उहाँको भनाई छ । रामलिला मैदानस्थित आईसोलेसनमा चिकित्सकसँगै स्वास्थ्यकर्मीले नियमित रेखदेख गर्दै आउनुभएको छ ।आईसोलेसनमा गरिएको सम्पूर्ण व्यवस्थापन एकदमै राम्रो छ, डिस्चार्ज हुने क्रममा शाहले भन्नुभयो,– नगरबासीका लागि उपमहानगरले ग...
सहसम्पादक काफ्ले “अब्राहम कन्जरभेसन अवार्ड २०२१ बाट सम्मानित

सहसम्पादक काफ्ले “अब्राहम कन्जरभेसन अवार्ड २०२१ बाट सम्मानित

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ जेष्ठ - विश्व वन्यजन्तु कोष (WWF) नेपालद्धारा हरेक वर्ष वन्य जन्तु तथा बाताबरण संरक्षणमा उत्कृष्ट कार्य गरेवापत व्यक्ति विशेष वा समुहलाई प्रदान गरिने "अब्राहम कन्जरभेसन अवार्ड २०२१ पचास हजार नगद रासीसहित नेपालगन्ज १९का हरित अभियानता हेमन्तराज काफलेले पाएका छ्न् ।बातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने, आफ्नो हरित सोच साकार पार्न साथीभाईलाई निशुल्क रुपमा विरुवा उपहार दिने गर्छ्न हरित अभियन्ता काफ्ले ।उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे, कर्ण साक्य, बरिष्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम, जामुन, ...
मानवीय कार्यमा समर्पित पत्रकार संघ, रक्तदान गर्न सबैमा अपिल

मानवीय कार्यमा समर्पित पत्रकार संघ, रक्तदान गर्न सबैमा अपिल

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ जेष्ठ – सद्भावको शहर भनेर त्यतिकै कहाँ चिनिएको होला नेपालगन्ज । सद्भावपूर्ण कार्य गरेर मात्र देश मै चिनिएको हो नेपालगन्ज । हाल कोभिड–१९ कोरोना भाईरसको मारखेपी रहेको बाँके जिल्ला र खास गरी नेपालगन्जमा कोरोना संक्रमित बिरामीहरुको चाप अत्याधिक बढेसँगै यस सद्भावप्रेमी शहरका सहयोगी हातहरुले आ–आफ्नो स्तरबाट अगाडी आईरहेका छन् ।नेपालगन्जमा भएका पत्रकार पनि के कम सहयोगी हातहरुको हातमा हात मिलाउन सकारात्मक पहल कदमी गरिरहेको हाल देखिंदै आईरहेको छ । चाहे अनलाईन पत्रकार संघ होस् वा अवधी पत्रकार संघ नेपाल होस् आफ्नो स्तरबाट गर्ने कार्यहरुलाई निरन्तरता दिईरहेका छन् । आफ्नो सहकर्मी साथीहरुको लागि मास्क, सेनिटाईजर, अक्सिजन ग्यास, खाद्यान्न लगायतको व्यवस्थापन गर्दै आईरहेका पत्रकारहरुको संघबाट आज पुनः मानवीय सेवामा समर्पित भई अनलाईन पत्रकार संघले गरेको कार्य सराहनीय भएको भेरी अस्पताल कै क...
नगरकोट रेडक्रसद्वारा एम्बुलेन्स चालकलाई सम्मान

नगरकोट रेडक्रसद्वारा एम्बुलेन्स चालकलाई सम्मान

CoVid19, आर्थिक, आस्था, प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ४ जेष्ठ – नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले “नामलाई हैन कामलाई सम्मान” भन्ने बिचार पछ्याउँदै एम्बुलेन्स चालक रुपचन्द्र हुमागाईंलाई सम्मान गरेको छ ।बिगत आठ महिनादेखि नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको एम्बुलेन्स चालकको रुपमा कार्यरत हुमागाईंले यस्तो कोभिडको समयमा पनि दिनरात नभनी चौबीसैं घण्टा भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रेका जनतालाई सेवा प्रदान गरिरहनु भएको छ । नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाका कार्यबाहक सभापति कल्पदीप खड्का,सचिब श्रीराम लामिछाने, कोषाध्यक्ष हरिशरण लामिछाने, सहसचिब मनोज गिरी तथा बिपद व्यवस्थापनका संयोजक बिजय लामिछानेले संयुक्त रुपमा रु.५०००।– नगद सहित हुमागाईंलाई सम्मान गर्नु भएको थियो ।कार्यक्रममा नगरकोट उपशाखाका कार्यबाहक सभापति कल्पदीप खड्काले यस्तो महामारीको समयमा हुमागाईंले गर्नुभएको कामको सम्मान र उहाँलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको...
कसौधन वैश्य समाजद्वारा अञ्जनी माता रसोईलाई खाद्यान्न सहयोग

कसौधन वैश्य समाजद्वारा अञ्जनी माता रसोईलाई खाद्यान्न सहयोग

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको मार खेपिरहेको बाँके जिल्लामा हाल सहयोगी मनहरुले सहयोगलाई निरन्तरता दिईरहेका छन् ।भेरी अस्पताल प्राङ्गणमा सञ्चालित अञ्जनी माता रसोई घर जो कोरोना संक्रमित बिरामीहरुको सेवामा दिन रात खटिरहेको अवस्था छ । भेरी अस्पतालमा रहेका ३ सयको हराहारीमा कुरुवा र बिरामीहरुलाई साँझ र बिहानको खाना खाने व्यवस्था गरिरहेको छ । भेरी अस्पताल भित्र रहेका कोरोना संक्रमितहरु तथा कुरुवाहरुलाई भोकै बस्न नपरोस् तथा धेरै आर्थिक भार पनि नपरोस् भन्ने उद्देश्यका साथ हाल दैनिक रुपमा विभिन्न सहयोगी हातहरुले हात अगाडी बढाईरहेका छन् ।सोही क्रममा आज मंगलबार कसोधन वैश्य समाज मूल कार्य समिति, कसौधन वैश्य समाज युवा मञ्च र महिला मञ्च बाँके नेपालगन्जको संयुक्त सहयोगमा भेरी अस्पतालमा सञ्चालित अञ्जनी माता रसोईलाई खाद्यान्न सहयोग गरिएको छ । कसौधन वैश्य समाजका अध्यक्ष नन्द वैश्य...
आरम्भ चौतारी लघुबित्तद्वारा आइसोलेसनलाई सहयोग

आरम्भ चौतारी लघुबित्तद्वारा आइसोलेसनलाई सहयोग

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
दुख हरण यादवगढवा, ३ जेष्ठ – बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरले अहिले अधिराज्य भरीनै आक्रान्त छाइरहेको छ । बिरामीको लागि अस्पतालमा बेड छैन, सिलिन्डर पाइए त्यस भित्र अक्सिजन हुँदैन । कहि एउटै अक्सिजन दुई बिरामीमा प्रयोग गरेको पनि सुनिन्छ ।अस्पतालमा बिरामीको चाप बढ्दा राजनैतिक दलको सिफारीस पछि मात्र भर्ना पाएको गुनासो पत्रपत्रिका मिडियामा आउन लागेको हामी सुनेका छौ । मानौ यो धर्तीमा मानव सेवा र मानवता अब सकिएको छ । तर आरम्भ लघुबित्त गढवाका कर्मचारी मानवसेवामा अग्र भागमा रहेर गरेको सहयोगले सेवा भावको राम्रो उदाहरण दिएको छ । आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था गढवाका कर्मचारीहरुले मिलेर आफ्नो गाँस काटेर गढवा गाउपालिकाले सञ्चालन गरेको गढवा कोभिड आइसोलेसन सेन्टरका बिरामीलाई लक्षित गर्दै स्वास्थ्य सामाग्री तथा फलफुल सहयोग गरेको छ ।आरम्भ चौतारी लघुबित्त बित्तीय सं...
भृकुटीनगरमा मास्क बैंक सञ्चालन

भृकुटीनगरमा मास्क बैंक सञ्चालन

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ जेष्ठ – कोभिड प्रतिकार्यमा खटिएका ब्यक्ति तथा नागरिकहरुका लागि बासले नेपालगन्जमा मास्क बैंक सञ्चालनमा ल्याएको छ ।कोभिड प्रतिकार्यमा खटिरहेका महानुभाब र गाउँ–बस्तीमा रहेका नागरिकहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैंकको आज सोमबार एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उप प्रमुख उमा थापा मगरले उद्घाटन गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटिनगरमा सञ्चालन भएको मास्क बैंकको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. राणाले कोरोना संक्रमणबाट बचाउने सबैभन्दा भरपर्दौ उपाय मास्क हुने भन्दै बैंकले मास्कको अभाव पुरा गर्ने विश्वास ब्यक्त गरे । उनले कोभिड नियन्त्रणका लागि बाँके जिल्ला मै उत्कृष्ट कार्य गरिरहेको बासले मास्क बैंक सञ्चालन गरेकोमा धन्यबाद ज्ञापन गरे । उनले मास्क...
डाक्टरको टीमसहित वडाअध्यक्ष सिंह कोरोना संक्रमितहरुको घरदैलोमा

डाक्टरको टीमसहित वडाअध्यक्ष सिंह कोरोना संक्रमितहरुको घरदैलोमा

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ जेष्ठ – कोभिड–१९ को महामारीबाट बाँकेलगायत स्थान कोरोना संक्रमितहरुबाट ग्रसित रहेको बेला वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंह आफै स्वास्थ्यकर्मीहरुको टीम सहित वडामा भएका कोरोना संक्रमितहरुको घरदैलोमा पुगेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा करीब ३४ जना कोरोना संक्रमितहरु रहेको फोकलपर्सन गणेश के.सी.ले जानकारी गराउनु भएको छ । कोरोना संक्रमितहरुको अवस्था के कस्तो छ भनी दैनिक फोनमार्फत अपडेट रहँदै आईरहेको जानकारी गराउँदै फोकलपर्सन के.सी. कोरोना संक्रमितहरुको स्वास्थ्यमा जटिल समस्या भएको बेला डाक्टरसहितको टीम घरमा पुगेर हालसम्म सेवा दिंदै आईरहेको बताउनुभयो । डा. शंकर केसीको नेतृत्वमा ५ जना स्टाफ नर्ससहितको टीम आज सोमबार वडा नं. ६ का कोरोना संक्रमितहरुको घरदैलोमा पुगेको छ । उक्त टीमबाट कोरोना संक्रमितहरुको पाल्स चेकजाँद, हाल उनको अवस्था, अन्य समस्यालगायतको जानकारी ...
युवा मञ्चद्वारा खाद्यान्न वितरण

युवा मञ्चद्वारा खाद्यान्न वितरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ जेष्ठ – कसौधन वैश्य समाज युवा मञ्चद्वारा खाद्यान्न वितरण कार्यक्रम आजबाट शुरु गरिएको छ ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संकटको बेला सहयोगी मनहरुबाट गरिएको यस्तो खाले खाद्यान्न वितरण कार्यक्रममार्फत नेपालगन्जका मजदुर, गरीब वर्गहरुलाई सहयोग पुगेको बताउनुभयो । कोभिड–१९ कोरोना भाईरसको चैन ब्रेक गर्न स्थापना प्रशासनबाट पटक–पटक गरी गरिएको निषेधाज्ञालाई ध्यानमा राखी कोही गरिब मजदुर घरपरिवारहरुलाई भोकै रहन नपरोस भनी १ सय १ जनालाई १ हजारका दरले खाद्यान्न वितरण गर्न शुरु गरिएको युवा मञ्चका अध्यक्ष आदित्य गुप्ताले बताउनुभयो । कोभिड–१९ को पूर्ण पालना गर्दै स्थानीय सम्बन्धित निकायका जिल्ला प्रमुख शिवराम गेलाल, जिल्ला प्रहरी प्रमुख ओमबहादुर राना, कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष घनश्याम वैश्य तथा कसौधन वैश्य समाज युवा मञ्चका पदा...
इस्लाम धर्म र हिन्दु धर्मलाई अति नजीक ल्याउँदै क्राउन प्रिन्स मो. बिन सलमान

इस्लाम धर्म र हिन्दु धर्मलाई अति नजीक ल्याउँदै क्राउन प्रिन्स मो. बिन सलमान

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, समाज
मिति २०७८ जेष्ठ ३ गते– रमेश चन्द्र कुमाल साउदी अरेबिया भिजन २०३० बाट इस्लाम धर्म र हिन्दु धर्मलाई अति नजीक ल्याउने साउदी अरेबियाका प्रिन्स मो. बिन सलमान अजिजले गर्नु भएको छ ।साउदी अरेबिया भिजन २०३० को शुरुआत गर्दै क्राउन प्रिन्स मो. बिन सलमानले धार्मिक एकताको सन्देश पनि दिनु भएको छ । उहाँले अब साउदी अरेबियामा प्राइमरी तहबाट नै आफ्नो विद्यार्थीहरुलाई हिन्दु धर्मावलम्बीहरुको ग्रन्थ रामायण, महाभारत, बौद्धिज्म धर्म र कर्मबारे शिक्षा दिइने कार्य अघि बढाउने भन्नु भएको छ । यस कार्यलाई अघि बढाउँदै उहाँले भारतका धार्मिक विद्वान र शिक्षकहरुलाई आफ्नो यहाँ आउन आग्रह समेत गर्नु भएको छ । साउदी अरेबियाका क्राउन प्रिन्स मो. बिन सलमानले केही वर्षमा नै महत्वपूर्ण पाइलाहरु चालेका छन् । यसभन्दा अघि साउदीका महिलालाई एक्लै घरबाट निस्कने अनुमति थिएन उनीलाई जीप, कार लगायत चलाउने लाइसेन्स दिइएको थिएन तर...