अब राजतन्त्रको विकल्प छैन
मिति : २०७८ जेष्ठ २६ गते– रिजवान मिर्जा (रोहन)अधिवक्ता, नेपालगन्ज
रिजवान मिर्जा (रोहन)
नेपालको इतिहासमा २३८ वर्षकोे लामो सुनौलो इतिहास बोकेको रातन्त्र बि.सं.२०६५ साल जेष्ठ १५ गते गणतन्त्रमा परिणत भयो । बि.सं.२०६३ सालको राजसंस्था र नेपालको राजनैतिक दलहरु रस्साक्सीको परिणाम स्वरुप नेपालको राजसंस्था शक्तिबाट हट्यो । नेपाली जनताको जनआन्दोलनको बलबाट पाएको गणतन्त्रको परिवर्तनको डिजाइन पहिले नै बनाइसकेको थियो । बिदेशी प्रमुख बिस्तार गर्न बाधा अड्चन पु¥याइरहेको राजसंस्थालाई समाप्त गरिएको डिजाइनमा जनताको कुनै म्याण्डेटथिएन । राजसंस्थाको स्वरुप फेरिएर संबैधानिक राजसंस्था हुनुपर्छ भन्ने अवधारणा जनताको थियो, तर पहिले देखि डिजाइन गरिएको नेपालमा राजसंस्था गद्दीच्युट गरी धर्म निरपेक्षता बनाइयो । गणतन्त्र जसरी ल्याएता पनि, जसरी आएता पनि त्यसले सबै भन्दा धेरै फाइदा यदि कसैलाई भएको छ भने त्यो हो नेपाल...









