Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

भारत र अमेरिका विरुद्ध प्रयोग, कान्तिपुरमा चीनको अरवौं लगानी

भारत र अमेरिका विरुद्ध प्रयोग, कान्तिपुरमा चीनको अरवौं लगानी

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १२ असोज – १९ भदौ ०७८ मा कान्तिपुर डटकमले ‘सीमामा सधैं भारतीय ज्यादती’ शिर्षकमा एउटा समाचार लेख्यो। नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ एसएसबीका सुरक्षाकर्मीले नेपालीमाथि गरेका ज्यादतीका घटनाहरुलाई उल्लेख गर्दै ज्यादतीजन्य घटनामा कमी नआएको विषयलाई समाचारमा उठाईएको छ। भारतीय एसएसबीका सुरक्षाकर्मीले गत साउन १५ मा महाकालीमा तुइनको लट्ठा खुस्काइदिएपछि खसेका दार्चुलाको व्यास–२ का ३३ वर्षीय जयसिंह धामीको अज्ञात अवस्था र नेपाली आकाशमा अनधिकृत रूपमा भारतीय हेलिकोप्टर उडाइएको विषय पनि उक्त समाचारमा समेटिएको छ । यसैगरी, ०७३ फागुन २६ मा कञ्चनपुरको पुनर्बास–८ आनन्दनगरका ३६ वर्षीय गोविन्द गौतमको गोली हानी हत्या गरेको, कास्कीका ६३ वर्षीय कुतवद्दिन मियाँ भारतको तीनकुनियाबाट ०७४ चैतमा अपहरणमा परेको लगायतका विषय समाचारमा उल्लेख छन् । समाचारले दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा दशकौं...
काठमाण्डौमा सी चिनफिङको पुत्ला जलाइयो, चीनविरुद्ध उग्र आन्दोलन्,

काठमाण्डौमा सी चिनफिङको पुत्ला जलाइयो, चीनविरुद्ध उग्र आन्दोलन्,

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १२ असोज – चीन विरुद्ध देशको राजधानी काठमाण्डौमा व्यापक प्रदर्शन गरिएको छ । हुम्लास्थित नेपाली भूमि चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो ।अभियानले माइतीघर मण्डलामा चिनियाँ राष्ट्रपति सी चिङपिङको पुत्ला समेत दहन गरेको छ । चिनियाँ राष्ट्रपतिको पुतला दहन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले चीनद्वारा विभिन्न बहानामा बारम्बार नेपाली भूमि अतिक्रमण भइरहेको बताए ।उनले मिचिएको नेपाली भूमि यथाशीघ्र फिर्ता गर्नु पर्ने मागसमेत राखे । चीनले हुम्लामा नेपाली भुमि मिचेको बिषयलाई लिएर लामोसमयदेखि व्यापक विरोध भइरहेको छ । यसबिच भुमि मिचेको अध्ययन प्रतिवेदन समेत गृहमन्त्रालयमा पुगिसकेका बेला काठमाण्डौमा चीनविरुद्ध विरोध भएको हो ।...
चीनको छिमेकी देशहरुसँग बढ्दो सीमा विवाद

चीनको छिमेकी देशहरुसँग बढ्दो सीमा विवाद

CoVid19, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
प्रभात सिंहः चीनको १४ देशसँग जमिन जोडिएको छ । उसको समुन्द्र मार्गबाट नजिक रहेका छिमेकीहरु पनि छन् । जसमध्ये जापान, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड, ताइवान लगायत छन् । ताइवानलाई चीनले देशको मान्यता दिएको छैन ।चीनको विश्वको तेस्रो ठूलो देश हो । उसको १४ देशसँग सीमा जोडिएको छ । उसको अधिकांश छिमेकी देशसँग सीमा विवाद छ । जुन हल हुने सम्भावना क्षीण छ । समुन्द्री टापुहरुका विषयमा पनि विवाद छ ।चीन र भारत बीच सीमाका विषयमा ठूलो विवाद छ । लद्दाखमा चीनले आफ्नो भूमि अतिक्रमण गरेको आरोप भारतले लगाउँदै आएको छ । त्यहाँ सन् २०२० मा दुई देशबीच झडप समेत भएको थियो । घटनामा दुवै देशतर्फ हताहती समेत भएको थियो ।चीनको भुटानसँग पनि सीमा विवाद छ । दोक्लाममा भएको विवाद र झडप यसकै कारण हो । चीनको जापान, भियतनाम, फिलिपिन्स, ब्रुनईलगायतका देशसँग साउथ चाइना सीमा रहेको टापुका विषयमा विवाद छ ।चीनको कम्बोडियासँग सीमा विवाद ...
नेपाली भूमिमा चीनको घात, तर कार्यदल बोल्न डरायो

नेपाली भूमिमा चीनको घात, तर कार्यदल बोल्न डरायो

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, असाेज ११ - आफ्नो देशको सिमाना चीनले अतिक्रमण गरेको देख्दादेख्दै पनि स्थलगत अध्ययन कार्यदलले आँखा चिम्लेको छ । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्म चीनसँग सीमाना जोडिएको क्षेत्रको स्थलगत अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा यथार्थ कुरा लेख्न समिति सदस्यहरू डराएका छन् ।प्रतिवेदनमा सीमालगायतका द्विपक्षीय विषयहरु संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिमार्फत् समाधान गर्न सुझाव प्रस्तुत गरे पनि कति भूमि चीनले मिचेको भन्ने लेख्न हात काँपेको स्रोतले जनाएको छ । प्रतिवेदनमा सिमानामा लगाइएको मार्कर र पिल्लरको अवस्था ठीक रहेको उल्लेख गरेको बताइन्छ । तर, हुम्लासँग जोडिएको सिमानाको १० (टेन)ं यार्डस् (दशगजा) क्षेत्रका केही ठाउँमा जाली राखेको जस्तो देखिएको संकेत गरिएको छ । त्यो जाली के हो ? कहाँ राखिएको ह...
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ११ असोज – नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आईतबार राति भेटवार्ता भएको छ ।परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी जयशंकरलाई भेटेका हुन् । भेटको तस्वीर ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूहरुबीच दुई देशको सम्बन्ध अझ मजबुत बनाई अगाडी लैजाने काम गर्ने सहमति भएको बताएका छन् ।...
चीनले नेपालको सीमा अतिक्रमण गरेको पुष्टि

चीनले नेपालको सीमा अतिक्रमण गरेको पुष्टि

CoVid19, अपराध, आस्था, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ असोज – हुम्लामा उत्तरी छिमेकी चीनले सीमा अतिक्रमण गरेको पुष्टि भएको छ । चीनले मुख्यत दुई ठाउँमा बलमिच्याइँ गरेको र अन्य ठाउँमा पनि नेपाली भूमिभित्र पसेर गतिविधि गरिरहेको पाइएको छ ।गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेपाल चीन सीमा अध्ययन टोलीले यो तथ्य पत्ता लगाएको हो । हुम्लामा रहेको १२ नम्बर पिल्लर चीन आफैले नयाँ बनाएको खुलेको छ । लाप्चा भञ्याङ लिमीको लाप्चा क्षेत्रमा सीमाना अतिक्रमण भएको छ भने सीमानामा रहेको ९.२ को सीमा स्तम्भको बीचमा एकतर्फी रुपमा तारबार गरेको पाइएको छ । तारबारबारे नेपाललाई कुनै जानकारी छैन ।हुम्लाको सीमा ५.१ र ५.२ लाई तारबार गरी चिनियाँ क्षेत्रतिर पारेर राखिएको छ । पुरानो ५.२ नम्बरको जंगे पिल्लर पनि उखेलेर नयाँ बनाइएको फेला परेको छ । गप्पुतोचामा पनि नेपाली भूमि अतिक्रमण भएको देखिएको छ । स्थानीयका अनुसार नेपालले बनाएको बाटो समेत चीनले आफ्नोतिर पारेको...
आश्विन शुक्ल प्रतिपदामा पितृ विसर्जन हुने

आश्विन शुक्ल प्रतिपदामा पितृ विसर्जन हुने

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति २०७८ असोज ११ गते– रोहित मिश्राआश्विन शुक्ल प्रतिपदाको दिन पितृ विसर्जन हुने भएको छ । प्रत्येक आश्विन कृष्ण प्रतिपदादेखि पितृ पक्ष (१६ श्राद्ध) शुरु हुने गर्छ र आश्विन शुक्ल प्रतिपदासम्म रहन्छ । १६ वटा तिथिमा दिवंगत भएको पितृलाई सम्मानका साथ बिहान जल वैदिक मन्त्रोच्चारणका साथ तर्पण गर्ने कुरा प्रचलनमा रहेको छ ।यस कारण यो पक्षलाई पितृ पक्ष भन्ने गरिन्छ । यस पक्षलाई केहीहरु प्रेत पक्ष पनि भन्छन् । व्यक्ति दिवंगत भएपछि विभिन्न योनीमा रहन्छ यसै योनीलाई प्रेत योनी भनिएको हो । पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिमा श्राद्ध गर्ने प्रथा रहेको छ । व्यक्ति जुन तिथिमा दिवंगत हुन्छ त्यही तिथिमा श्राद्ध कर्म गर्ने गरिन्छ । यसमा पुरुष दिवंगत भए पुरुष ब्राम्हणहरुलाई विधि विधानले भोज खुवाइन्छ जुन तिथिमा महिला दिवंगत हुन्छिन् त्यही तिथिमा महिला ब्राम्हिणीहरुलाई विधि विधान र श्रद्धाले भोज खुवाई यथाशक्य द...
वैदिक धर्मको परम्परा, संस्कृति र सभ्यताको संरक्षण संवद्र्धन गरौं

वैदिक धर्मको परम्परा, संस्कृति र सभ्यताको संरक्षण संवद्र्धन गरौं

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
मिति : २०७८ असोज ११ गतेशुभम् शर्मावैदिक सनातन धर्म जसलाई वर्तमान समय हिन्दु धर्म भन्ने गरिन्छ यस धर्मको परम्परा, संस्कृति र सभ्यता धेरै प्राचीन रहेको छ ।दशकौं पूर्व आर्यखण्ड, जम्बुदीपमा बस्ने गरेका सबै व्यक्तिको एउटै धर्म थियो त्यो धर्म थियो वैदिक सनातन धर्म । पछि विदेशीहरुको आक्रमण यहाँ बढ्दै गयो यस समय अनेकौंहरु डरले आफ्नो वैदिक सनातन धर्मको परित्याग गरी विभिन्न विदेशी धर्म अंगीकार गरे यसरी यस भूखण्डमा अन्य धर्मावलम्बीहरुको वर्चस्व बढ्यो उनी विदेशीहरुले यहाँ लामो समयसमम शासन समेत गरेको दृष्टान्तहरु पाइन्छ तर धर्म परिवर्तन गरे मूल पुर्खा भने फेरिँदैनन् । यहाँ बसोबास गर्ने चाहे जुन धर्मको व्यक्ति हुन् पुर्खा सबैको एउटै हुन् यो कुरा सबैले आज बुझ्नु पर्ने जरुरी छ । इण्डोनेशियामा विदेशी धर्म स्थापित छ तर त्यहाँका स्थानीय वासिन्दा आज पनि भगवान राम र भगवान कृष्णलाई आफ्नो पुर्खा मान्छन् त्यहाँका...
मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला कार्य समितिको अध्यक्ष पदमा चन्द्रेश्वरराज त्रिपाठी

मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला कार्य समितिको अध्यक्ष पदमा चन्द्रेश्वरराज त्रिपाठी

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– लक्ष्मी गुप्तानेपालगन्ज, ११ असोज – मधेश मिडिया मिसन नेपाल बाँके जिल्ला कार्य समितिको अध्यक्ष पदमा चन्द्रेश्वरराज त्रिपाठी सर्वसम्मत चयन भएका छन् ।शनिवार दिन नेपालगन्जमा मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला समितिका सचिव अजयकुमार गुप्ताले बोलाएको बैठकबाट चन्द्रेश्वराज त्रिपाठी अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा मनोजकुमार कौशल, सचिवमा सन्ध्या शर्मा, कोषाध्यक्षमा चन्दा सिंह र सदस्य पदमा समिर अली, आकाश गुप्ता, सुभम शर्मा, शकीलअहमद राई, अशोककुमार मौर्य र सल्लाहकारमा चन्द्रशेखर पाण्डे, अजयकुमार गुप्ता, विष्णुलाल कुमाल, मो. आरिफ अन्सारी रहेका छन् । भेला कार्यक्रममा बोल्दै मिसन नेपालका अध्यक्ष चन्द्रशेखर पाण्डेले भने, मधेश आन्दोलनको समयमा मधेशमा पत्रकारिता गर्नु धेरै नै कठिन थियो सो समय हामीले मधेशी पत्रकारिता र मधेशी अवधी भाषाको लागि मधेश मिडिया मिशनलाई यस जिल्लामा स्थापित ग¥...
प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम कोरम पूरा नहुँदा भेला निष्कर्ष बिहिन

प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम कोरम पूरा नहुँदा भेला निष्कर्ष बिहिन

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– रमेश चन्द्र कुमालनेपालगन्ज, ११ असोज – प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम कोरम पूरा नहुँदा असफल भएको छ ।स्व. श्री राम गोपाल वैश्यका छोरा र प्रतिष्ठानका उपाध्यक्ष अजय कुमार गुप्ताले आफ्नो बुवाको नाममा रहेको प्रतिष्ठानलाई १ लाख भन्दा बढी रकम करीब २ वर्ष अघि उपलब्ध गराएका थिए । सो रकम एनआइसी एशिया बैंकमा समाजसेवी नन्दलाल वैश्य र शैलेन्द्र वैश्यको व्यक्तिगत खातामा जम्मा रहेको छ । यो रकम प्रतिष्ठानको नाममा खाता खोलाई जम्मा गर्नु पथ्र्याे तर कार्य समितिको हेलचक्र्याईको कारण सो रकम अव्यवस्थित रुपमा जम्मा छ ।यो रकम प्रतिष्ठानको नामा खाता खोलाई जम्मा गर्न प्रतिष्ठानका उपाध्यक्ष अजय कुमार गुप्ता लामो समयदेखि प्रयास गर्दै आएका छन् तर रकम प्रतिष्ठानको नाममा खाता खोलाई जम्मा गर्न सकिएको छैन । अहिले रकम व्यवस्थित पार्ने उद्देश्यले शनिवार दिन भेला...