Tuesday, April 21सत्यम खबर
Shadow

काठमाण्डौमा सी चिनफिङको पुत्ला जलाइयो, चीनविरुद्ध उग्र आन्दोलन्,

काठमाडौं, १२ असोज – चीन विरुद्ध देशको राजधानी काठमाण्डौमा व्यापक प्रदर्शन गरिएको छ । हुम्लास्थित नेपाली भूमि चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो ।
अभियानले माइतीघर मण्डलामा चिनियाँ राष्ट्रपति सी चिङपिङको पुत्ला समेत दहन गरेको छ ।


चिनियाँ राष्ट्रपतिको पुतला दहन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले चीनद्वारा विभिन्न बहानामा बारम्बार नेपाली भूमि अतिक्रमण भइरहेको बताए ।
उनले मिचिएको नेपाली भूमि यथाशीघ्र फिर्ता गर्नु पर्ने मागसमेत राखे । चीनले हुम्लामा नेपाली भुमि मिचेको बिषयलाई लिएर लामोसमयदेखि व्यापक विरोध भइरहेको छ । यसबिच भुमि मिचेको अध्ययन प्रतिवेदन समेत गृहमन्त्रालयमा पुगिसकेका बेला काठमाण्डौमा चीनविरुद्ध विरोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *