Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

चलिसवा पर्वमा म पनि उईगर भन्दै शान्तिको अपिल

चलिसवा पर्वमा म पनि उईगर भन्दै शान्तिको अपिल

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ असाेज - नेपालगन्जमा मुस्लिम समुदायको मोहरम पछि मनाउईने चालिसवा पर्व विहिबार धुमधामका साथ सप्पन्न गरिएकाे छ । नेपालगन्ज विभिन्न मुस्लिम समुदायले कर्बलामा पुगि फातिया प्राथना गर्ने गर्छन र आफ्नो हसैन हुसैनको सहिदिका रूपमा मोहरम र चालिसवा मनाउने परम्परा रहेको छ । हरेक बर्ष जस्तै यश बर्स स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार घर आगनमा स्थापना गरेको ताजिया बिसर्जन गर्ने हुन । यसै बिच बिश्वमा रहेका सम्पुर्ण मुस्लिम समुदायलाई शान्तिका साथ रहन रहम गर भन्दै नेपालगन्जका युवाहरुले म पनि उईगर मुस्लिम भन्ने टि शर्त लगाएर जुलुसमा हिंड्ने गरेको छन् । चिनको सिन्ज्याङ प्रान्तमा बसोबास गर्ने उईगर मुस्लिम समुदायलाई समेत शान्तिका साथ बाच्ने अधिकार हुनुपर्छ भन्दै सांकेतिक भाषामा सबैको ध्यानाकर्षण गराएका थिए । उईगर मुस्लिम हु भन्दै विभिन्न वडाका युवाहरू मोटरसाईकिल र्‍यालीमा सहभागी भएका थिए । ...
लुम्बिनी र कर्णाली प्रदेशमा दुर्गा प्रसाईं

लुम्बिनी र कर्णाली प्रदेशमा दुर्गा प्रसाईं

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १४ असोज – लुम्बिनी प्रदेशको नेपालगन्ज र कर्णाली प्रदेशको सुर्खेतमा स्वतन्त्र युवाहरुले आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं आउनु भयेको हो ।उक्त कार्यक्रमका सभाध्यक्ष मोहित शाहका अनुसार, नेपालगन्जको बाटिका होटलमा स्वतन्त्र युवा बाँकेले गरेको कार्यक्रममा दुर्गा प्रसाईं आउनु भयेको हो । उहाँ पुर्वाञ्चल क्यान्सर हस्पिटल वि एण्ड सि टिचिङ्ग हस्पिटल विर्तामोड, झापा का निर्देशक हुनुहुन्छ । उक्त कार्यक्रममा नेपालगन्जका विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, उद्योगी ब्यवसायी, डाक्टर र विभिन्न समाजसेवीहरुको उपस्थिती रहेको थियो । उहाँले “म जे गर्छु नेपाल र नेपालिका लागि गर्छु ।” भन्ने मुल नाराका साथ लगानी मैत्री वातावरण निर्माण र युवाहरूको सहभागिता बिषयक बृहत् नगरिक अन्तरकृया कार्यक्रममा बोल्दै आफू एउटा क्यान्सर पिडित भयेको र उपचार पश्चात् नेपाल कै अत्याधुनिक सुबिधा सम्पन्न र सस...
राउटेको गणना अन्तिममा, वास्तविक विवरण ल्याइने

राउटेको गणना अन्तिममा, वास्तविक विवरण ल्याइने

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सुर्खेत, १४ असोज – स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो ।राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिन्डे नगरपालिका वडा नं १ को घाटगाउँमा बस्दछन् । सुर्खेत प्रदेश जनगणना कार्यालयले राउटेहरु छिटो–छिटो बसाइँ सर्ने हुँदा छुट्ने वा दोहोरिन सक्ने भएकाले जनगणनाको अन्तिम समयमा गर्ने गरी स्थानीय जनगणना कार्यालयहरुसँग समन्वय भइरहेको जनाएको छ । अति लापोन्मुख यो समुदायमा हाल १४० जना छन् । जनगणनाका लागि सुर्खेतस्थित प्रदेश जनगणना कार्यालयले दैलेखको गुराँस गाउँपालिका र सल्यान जिल्ला जनगणना कार्यालयसँग समन्वय गरिरहेको छ । बाह्रौँ राष्ट्रिय जनगणना अन्तर्गत यही भदौ ३० गतेदेखि घरधुरी तथा घरपरिवार सूचीकरण कार्य जारी छ । यो कार्य असोज १८ गतेसम्म हुनेछ ...
भारत नपसे चुलो नबल्ने अवस्था

भारत नपसे चुलो नबल्ने अवस्था

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
धनगढी, १४ असोज – ‘गाई चर्ने बनेली पाखा, भैंसी चर्ने लेकम कोपिला घरै छाडी, कसरी जाऊँ देश’ मुगलान पस्नेहरूको लाममा बसी डोटेली भाकाको यही गीत गुनगुनाइरहेका थिए २६ वर्षीय भरत ताम्राकार। यो गीतले बाध्यतामा परी परदेश जानेहरूको पीडा व्यक्त गरेको छ। यसमा कोपिला अर्थात् स–साना छोराछोरी छाडेर कसरी पर्देसिने भन्ने आशय पाइन्छ।यो पीडा भरत मात्रै होइन, थुप्रै युवाको हो। जो दसैंलगायत चाडबाड आउने बेला मुगलान जान बाध्य छन्। अहिले सोह्र श्राद्ध चलिरहेको छ। यो सकिनेबित्तिकै दसैंको रमझम सुरु हुन्छ। घटस्थापना अर्थात् नवरात्र असोज २१ गते आरम्भ हुँदैछ। राजधानीतिर पढ्न गएका र परदेश गएकाहरू दसैं मनाउन घर फर्किन थालेका छन्। नेपाल–भारत सीमा नाका गौरीफन्टामा एकाबिहानै भारतबाट फर्किनेको लर्को देख्न सकिन्छ। तर, साँझको समयमा त्यत्ति नै संख्यामा भरतजस्ता नेपाली भारत पसिरहेका छन्। भरतको घर कैलालीको गोदावरी नगरपा...
४१ औं सामाजिक सेवा दिवसमा सार्वजनिक सम्वाद

४१ औं सामाजिक सेवा दिवसमा सार्वजनिक सम्वाद

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १३ असोज – दिगो बिकासका लक्ष्यहरुको स्थानीयकरण, स्वच्छ पानी तथा सरसफाईका लागि सरोकारवालाहरुको भूमिका बिषयक सार्वजनिक सम्वाद कार्यक्रम आज बुधबार सम्पन्न भएको छ ।४१ औं सामाजिक सेवा दिवस तथा दिगो विकास लक्ष्य सम्बन्धी सप्ताहव्यापी अभियान अन्तर्गत गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाले सो सम्वाद कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथी बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि सबै सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने बताए । उनले दिगो विकासका लक्ष्यहरुमा केन्द्रीत भई तीन वटै तहका सरकारहरुले आफ्नो नीति, बजेट र कार्यक्रममा समेट्नु पर्ने बताए ।कार्यक्रममा बोल्दै बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले दिगो विकासका लक्ष्यहरुको स्थानीयकरणका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघक...
हिन्दूहरुको एकमात्र शमशान भूमिमा काठको अभाव, सर्वसाधारणलाई सास्ती

हिन्दूहरुको एकमात्र शमशान भूमिमा काठको अभाव, सर्वसाधारणलाई सास्ती

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम शर्मानेपालगन्ज, १३ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ भित्र हिन्दूहरुले आफ्न्त जलाउन बनाईएको एक मात्र हिन्दू शमशान भूमिमा विगत २ महिनादेखि काठ (दाउरा) को व्यवस्था नहुँदा उपमहानगरबासी आम सर्वसाधारणहरुलाई समस्या हुने भएको छ । कोरोनाकालमा दैनिक १२–१४ जना दिनकै लास जलाउने गरिएको भएपनि हाल हिन्दूहरुको एक मात्र शमशाम भूमिमा दाउराको व्यवस्था नहुँदा सम्बन्धित सरोकारवाला निकाय मौन हुनु हिन्दू समाज कै लागि बिडम्बना भएको स्थानीयहरु बताउँछन् ।नेपालगन्ज उपमहानगरपालिका भित्र जनप्रतिनिधिहरु आएदेखि विभिन्न स्थानको विकास नभएको पक्कै होईन तर व्यक्तिको अन्तिम यात्रा भएको शमशाम भूमिसम्म हुन्छ र त्यहाँ पुगेपछि उसलाई जलाउन प्रयोग हुने दाउरा नै नभएको अवस्थामा बाध्य भएर बाहिरबाट १२ सय क्वीन्टलको दरमा खरिद गरि लास जलाउने गरेको शमशाम भूमिमा खटिएका एकजना महिलाले बताईन् । यस विषयमा वडा नं. ८...
नेपालगन्जमा २२ औं मुटु दिवस मनाईओ

नेपालगन्जमा २२ औं मुटु दिवस मनाईओ

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ असोज – नेपालगन्ज साइक्लिङ क्लवका आयोजना तथा क्रिएटिभ ह्यान्दको सहकार्यमा नेपालगन्जमा २२ औं विश्व मुटु दिवस मनाइएको छ । भेरी अस्पताल सञ्चालक समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा भेरी अस्पतालका मुटु रोग विशषज्ञ डा. कृष्ण अधिकारीले मुटु दिवसको औचित्य तथा मुटुलाई अवस्था राख्नु पर्ने कारण र उपायका बारेमा चर्चा गर्नु भएको थियो । मुटु स्वास्थ राख्न नियमित दैनिक ३० मिनेट व्यायाम जरुरी रहेको र साइक्लिङ त्यसको राम्रो माध्यम भएको बताउनु भयो । उक्त कार्यक्रममा भेरी अस्पतालका अस्पताल निमित्त प्रमुख डा. प्रकाश थापा, नेपालगन्ज उमनपा वडा नं २ अध्यक्ष सुनिलसिंह हमाल, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. सुरेशकुमार कनोडिया लगायतको सहभागिता थियो । साइकल र्याली भेरी अस्पताल बाट सुरु भई त्रिभुवन चौक, त्रिवेणी मोड, सेतु बिक चौक, बासपा...
चीनको विरोधमा युवा संघद्वारा विरोध प्रदर्शन

चीनको विरोधमा युवा संघद्वारा विरोध प्रदर्शन

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १३ असोज – चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै लोकतान्त्रिक युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले प्रदर्शनिका क्रममा नेपाली भूमि मिच्न पाइदैन भन्दै नाराबाजी गरेका छन्।हुम्लाको लिमि-लाप्चादेखि हिल्सासम्मको कतिपय भू-भाग चीनले अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भातृसंगठनले विरोध प्रदर्शन गरेको हो। सो पार्टीका युवा नेता कृष्णा सिंहले चीनले नेपाली भूमि फिर्ता नगरुन्जेल विरोध प्रदर्शन जारी राख्ने बताए। सरकारले हुम्लाको लिमिलाप्चदेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएको थियो। अध्ययन समितिले प्रतिवेदनसमेत गृहमन्त्रीलाई दिइसकेको छ। उक्त प्रतिवेदनमा दुवै मुलुकले संयन्त्र बनाएर सीमालगायतका विषयहरुबारे छलफल गर्ने उल्लेख छ।केपी ओली नेतृत्व...
विद्यार्थीहरुलाई सूचनाको हक सम्वन्धी अभिमुखीकरण

विद्यार्थीहरुलाई सूचनाको हक सम्वन्धी अभिमुखीकरण

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असोज – आज २८ सेप्टेम्बर सूचनामा विश्व व्यापी पहुँच अन्तर्राष्ट्रिय दिवस नेपालगन्जमा पनि मनाइएको छ । सूचनामा सबैको पहुँच तथा थाहा पाउने अधिकार अन्तर्गत दिवसको सम्झनामा सूचनाको हकलाई कार्यन्वयनमा जोड दिइएको हो । दिवसको अवसरमा नेपालगन्जको निम्बल क्लेजका युवा विद्यार्थीहरुलाई सूचनाको हक सम्बन्धी एक दिने अभिमुखीकरण गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सूचनाको हकका बारेमा सबैले थाहा पाउने भनेर अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा करिब ४७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारीले सूचनाको हक, यस सम्वन्धीको कानूनी व्यवस्था, र कार्यान्वयनको अवस्था लगायतका बारेमा जानकारी गराउनु भएको थियो । अभिमुखीकरणमा निम्बल कलेजका सञ्चालक सुनिलकुमार गुप्ता, प्रिन्सीपल शतिस थ...
भारत सरकारको आर्थिक सहयोगमा ५ स्थानिय तहमा राहत बितरण

भारत सरकारको आर्थिक सहयोगमा ५ स्थानिय तहमा राहत बितरण

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
महोत्तरी, १२ असोज – नेपाल भारत महिला मैत्री समाजले महोत्तरी जिल्लाको विभिन्न ५ स्थानीय तहमा राहत बितरण गरेको छ । भारत सरकारबाट प्राप्त सहयोग नेपाल भारत महिला मैत्री समाजले एक कार्यक्रमकोबीच उक्त स्थानीय तहका करिव एक सय बाढीपहिरो पीडित घर परिवारलाई राहत बितरण गरिएको हो । मटिहानी, बलबा, जलेश्वर, एकदाढा र लोहपट्टि लगायत स्थानीय तहका पीडितहरुलाई स्थानीय प्रतिनिधिको उपस्थितिमा राहत बितरण गरिएको थियो । त्यस्तै बिपद ब्यबस्थापनमा खटिने सुरक्षा निकायका लागि २० थान टेन्ट जिल्ला प्रशासन प्रमुखलाई हस्तान्तरण गरेका थिए । करिव ५० लाख मुल्य बराबरको अस्थायी बसोबासका लागि सामग्री रहेको सांसद चौधरीले बताइन । राहत पीडित परिवारसम्म पुग्ने उनले बिश्वास ब्यक्त गरिन । नेपाली जनताको दुखमा जहिले पनि भारत सरकार सहयोग गर्दै आइरहेको स्मरण गर्दै अहिले पनि सहयोग गरेको बताउदै उनले धन्यवाद ब्यक्त गरिन । महोत...