Tuesday, April 21सत्यम खबर
Shadow

भारत र अमेरिका विरुद्ध प्रयोग, कान्तिपुरमा चीनको अरवौं लगानी

नेपालगन्ज, १२ असोज – १९ भदौ ०७८ मा कान्तिपुर डटकमले ‘सीमामा सधैं भारतीय ज्यादती’ शिर्षकमा एउटा समाचार लेख्यो। नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ एसएसबीका सुरक्षाकर्मीले नेपालीमाथि गरेका ज्यादतीका घटनाहरुलाई उल्लेख गर्दै ज्यादतीजन्य घटनामा कमी नआएको विषयलाई समाचारमा उठाईएको छ।

भारतीय एसएसबीका सुरक्षाकर्मीले गत साउन १५ मा महाकालीमा तुइनको लट्ठा खुस्काइदिएपछि खसेका दार्चुलाको व्यास–२ का ३३ वर्षीय जयसिंह धामीको अज्ञात अवस्था र नेपाली आकाशमा अनधिकृत रूपमा भारतीय हेलिकोप्टर उडाइएको विषय पनि उक्त समाचारमा समेटिएको छ ।

यसैगरी, ०७३ फागुन २६ मा कञ्चनपुरको पुनर्बास–८ आनन्दनगरका ३६ वर्षीय गोविन्द गौतमको गोली हानी हत्या गरेको, कास्कीका ६३ वर्षीय कुतवद्दिन मियाँ भारतको तीनकुनियाबाट ०७४ चैतमा अपहरणमा परेको लगायतका विषय समाचारमा उल्लेख छन् ।

समाचारले दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा दशकौंदेखि भारतीय अतिक्रमणमा परेको तथा नेपाल–भारत करिब १ हजार ८ सय ८० किमि लामो सीमामा भारतीय सुरक्षा वलको हातवाट नेपालीले कुटाई खानु परेको विषय उठाएको छ।

यति मात्रै होईन, एक कदम अझै अगाडि वढेर अफगानिस्तान मामिलामा पनि कान्तिपुरले भारतलाई घसिट्यो । ‘ अफगानिस्तान मामिलामा भारत प्रतिक्रियाविहीन’ भन्दै ११ भदौ ०७८ मा छापिएको समाचारमा भारतले खुलेर तालिवानको विरोध पनि गर्न नसकेको र कट्टर हिन्दुत्व र राष्ट्रियताको चरित्र बोकेको बीजेपी नेतृत्वलाई तालिवानसँग सम्पर्क स्थापित गर्न पनि आन्तरिक राजनीतिकै लागि हानिकारक हुन सक्ने विश्लेषण गरियो ।

यो सहित कान्तिपुरले पछिल्लो समय नेपालसँगको सीमा, सम्वन्ध, ब्यापार, सुरक्षालगायतका विषयलाई उठाएर भारतलाई पेल्ने रणनीति लिएको देखिन्छ। जवकी अर्को छिमेकी चिनसँग पनि नेपालको सीमा विवाद छ। ब्यापारमा पनि चीनले अघोषित नाकावन्दी गरेर नेपाली ब्यापारी÷ब्यवसायीलाई दुःख दिएकोदेखि कुटपिट गरेका कयौं घट्ना सार्वजनिक भएका छन् । नेपालमा ड्रोन मार्फत निगरानी गर्ने, नेपाली प्रशासनलाई धम्क्याउने, चीनियाँ सुरक्षाकर्मीहरु नेपाली भुमिमा छिरेर मादक पदार्थ सेवन गरी नेपालीहरुलाई कुटपिट, नेपाली भुमीमा झण्डा गाडेर भुमी कब्जा गर्ने लगायतका अवान्छित गतिविधि गर्ने गरेका घट्नाले नेपालीहरु आजित छन् ।

तर, यि विषयलाई कान्तिपुरले आजसम्म आफनो मिडियामा स्थान दिएको पाईएको छैन । यसका पछाडि कान्तिपुरमा चीनको लगानी प्रमुख कारण भएको जानकारहरु वताउँछन् ।

लोकतान्त्रीक मुलुक भएकाले जे लेख्दा पनि हुन्छ भन्ने सोचवाट कान्तिपुर अघि वढेको उनीहरुको वुझाई छ। कान्तिपुरले भारत र अमेरिकालाई हेपेर र पेलेर लेख्ने गरेको स्रोत वताउँछन् । ९ भदौमा ‘राखि कुटनीति’ शिर्षकमा छापिएको लेखवाट पनि यो कुरा प्रष्ट हुने उनीहरु वताउँछन् । उक्त लेखमा प्रधानमन्त्रीपत्नि आरजुले भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई राखी लगाई दिएको विषयलाई कुटनीतिसँग जोड्ने प्रयास गरिएको स्रोतको दावी छ। राखी ब्यक्तिगत र सांस्कृतिक सम्वन्धका कारण वाँधिने भएपनि लेखले त्यसो गर्नुलाई अपराध गरेझै प्रस्तुत गरेको स्रोतको विश्लेषण छ। उक्त लेखमा भनिएको छ–‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र चौथाइवालेलाई बालुवाटार बोलाएर आरजुले ‘राखी’ लगाइदिनुमा धार्मिक संस्कृतिसँग जोडिएका सम्बन्ध मात्रै नभई सरकार र पार्टीलाई एकैसाथ सन्देश दिन खोजिएको जानकारहरू बताउँछन ।’

यस्ता समचार र लेखका मामलामा कान्तिपुरले अमेरिकासँग मात्र थोरै डर राख्ने तर त्यसको रिस जती भारतमाथि पोख्ने गरेको श्रोत वताउँछन। स्रोतका अनुसार यो सवै हुनुमा चीनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत करिव १ अर्ब रुपैयाँ कैलास सिरोहियाले हात पारेका छन् ।

यस बापत सिरोहियाले प्रचण्डले भनेकै मान्छेलाई सम्पादक राख्नु पर्ने सर्त राखिएको थियो । सर्त अनुसार प्रचण्डले सिफारिस गरेका सुधीर शर्मा प्रधान सम्पादक र उमेश चौहान कान्तिपुरका सम्पादक छन् ।

सिरोहीयाले पैसाका लागि छिमेकी राष्ट्रहरुलाई समेत समान ब्यवहार गर्न नसकेको आरोप लाग्ने गरेको छ। यतीमात्रै होईन विभिन्न कम्पनीहरुवाट गोल्डेन शेयर लिने गरेको, चन्द्रगिरी, डिस होमलगायत धेरै ठाउँमा डिल गर्ने गरेको वताईन्छ सिरोहियामाथि धेरै अघि देखि लाग्दै आएको आरोप हो।

अजय सुमार्गीले पत्रकार सम्मेलन गरेरै सिरोहियाको भन्डाफोर गरेका थिए। उनले कतिपय इस्युहरुमा भारतवाट पनि पैसा लिने गरेको आरोप लाग्ने गरेको छ।

नेपाल डेमोक्र्याट यूनियनका अध्यक्ष सिद्धार्थ गौतम चीनको पैसा खाएर नेपाली मिडियाहरु खाली भारत विरोधी समाचार लेख्न थालेको आरोप लगाउँछन् । ‘हामीले चाईनाको वोर्डरमा नेपाली भुमी मिचेको विषयमा कयौं पटक विज्ञप्ति जारी गरेका छौं। तर, मिडियाले त्यो विज्ञप्ति समेत छाप्दैन।’ उनले भने ।

१९५९ मा चीनले तिब्वतलाई कब्जा गरेपछि लगातार नेपाली भुमि मिच्ने काम भईरहेको वताएका उनले त्यस विरुद्धमा नेपाली मिडियाले एक शब्द पनि नलेखेको आरोप लगाए । ‘नेपाल जस्तो देशको मिडियामा चीनियाँ गुणगान, चिनीयाँ लेख लेखर आउँछ। यसवाट मिडियामा चीनियाँ लगानी कति छ भनेर अन्दाज लगाउन सकिन्छ’ उनी भन्छन्–‘चीनको वारेमा मिडियाले दिग्भ्रमित पार्ने काम गरिरहेका छन् । नेपालको मिडिया प्रयोग गरेर मित्र राष्ट्र भारत, अमेरिका लगायतका देशको विरुद्धमा चाहिने/नचाहिने प्रचार भईरहेको छ।’

मित्र राष्ट्रहरुसँगको सम्वन्धमै खलल् पुर्याउने हिसावले भईरहेका यस्ता गतिविधी गम्भिर भएको उनी वताउँछन् । ‘भारतमा छुस्छ केही हुनासाथ त्यसलाई अतिरन्जित गरेर प्रचार गरिन्छ। भारत, अमेरिकाको नेपालसँगको सम्वन्ध विगार्ने गरी लेखिरहेका छन्। त्यो त्यसै गरिरहेका त छैनन् । केही लाभ त लिएका छन्’ उनी थप्छन्–‘नेपालको अन्य राष्ट्रहरुसँगको सम्वन्ध विगार्ने गरी समाचारहरु आईरहेका छन् । यो राम्रो पक्ष होईन।’

कम्युनिष्टहरुले नेपालका मिडियामा लगानी गरेर यो काम गराई रहेको उनको वुझाई छ। ‘कान्तिपुर मिडियाको मिसन नै छ भारतको विरुद्धमा लेख्ने । कान्तिपुरले १ सय करोड जति पैसा चीनवाट लिएको छ। रातदिन भारत विरोधी समाचार लेख्न र अमेरीकाको विरोधमा लेख्न’ गौतमले भने–‘चाईनको वोर्डरमा जनताले यती दुःख पाउँदा पनि एक शब्द पनि लेख्दैन कान्तिपुरले । कान्तिपुरले पैसा लिएर रातदिन भारत विरोधी समाचार वनाउँछ।’

कान्तिपुरका सञ्चालक कैलाश सिरोहीया जस्तो लोभीपापी मान्छेलाई ठिक पार्नु पर्ने दिन आउँदै गरेको उनले वताए । ‘पैसा खाने चाईनाको अनि विरोध गर्ने भारत र अमेरिकाको ? अभिब्यक्ति स्वतन्त्रता भनेर मिडियाले त्यसको दुरुपयोग गर्न पाउँछ ?’ उनले भने–‘तर, कान्तिपुरले यो सवै गरिरहेको छ। मित्र राष्ट्रको विरोध गरेर आफनो ब्यसाय चलाईरहेको छ।’

यी राष्ट्रविरोधी पत्रिका र पत्रिकालाई कारवाही गर्नुपर्ने उनले माग गरे । ‘चाईनाले वोर्डर वन्द गरिराखेको छ, जनताले दुःख पाईरहेका छन्। जतिवेला मन लाग्छ त्यति वेला वोर्डर वन्द गरिदिने? पहिला २/३ सय कन्टेनर वोर्डरमै वसेर अरवौको समान नष्ट भएर गयो । हामीले त्यत्रो कुरा उठाएका थियौ। तर, मिडियाले एक शब्द पनि लेखेन’ उनले भने।

कान्तिपुर टेलिभिजनमा जहिले पनि एण्टि इण्डियन समाचार मात्र आउँने गरेको गौतम वताउँछन् । उनी भन्छन्–‘भारत र अमेरिकाले राम्रो गरेको समाचार कहिले आउँदैन। नेपालमा भारत विरोधी जनमत वनाउने कान्तिपुर एउटा हो । कान्तिपुरमा प्रचण्ड मार्फत चीनको ठुलो लगानी छ।’

प्रचण्डको सिफारिसमा प्रधानसम्पादक र सम्पादक नियुक्त भएको पनि उनले दावी गरका छन् । ‘यो गम्भिर कुरा हो । यसको छानविन गर्नुपर्छ । कारवाही गर्नु पर्छ । प्रचण्ड होस वा कैलास सिरोहिया होस। यीनीहरुलाई कारवाही गर्नु पर्छ । देश भन्दा ठुलो केही हुँदैन’– उनले भने । (नेपालआजबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *