‘भारतबाट दशैं मान्न आउनेलाई खोप लगाएर घर पठाइने’
नेपालगन्ज, ११ असोज – नेपाल सरकारले भारतबाट घर फर्किने सम्पूर्ण नेपालीहरुलाई सीमा नाकामै खोप लगाउने भएको छ ।भारतबाट फर्किँदा कोरोना महामारीको संक्रमण पनि आउन सक्ने र चाडबाडका बेला जोखिम बढ्न सक्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सीमा मै खोप लाउने व्यवस्था गरेका छन् ।स्वास्थ्य मन्त्रालयका सचिव, जनस्वास्थ्य विभागका प्रमुख, विश्व स्वास्थ्य संगठन र युनिसेफका प्रतिनिधिसहितको उच्चस्तरीय समितिको बैठक राखेर मन्त्री श्रेष्ठले भारतबाट नेपाल आउने सबै व्यक्तिको सीमानामै इन्टलिजेन्ट टेष्ट गर्ने तथा खोप नलगाई आएकालाई त्यहीँ खोप लगाइ दिएर सुरक्षित रूपमा गाउँ पठाउने अभियान चलाउने निर्णय गराएका हुन्, यसका लागि खोप छुट्टाइसकेको श्रेष्ठले बताए ।
पुरानो मौज्दात १५ देखि १७ लाख मात्रा र हालै चीनबाट ल्याएको खोप पनि भएकाले भारतमा खोप नलगाई ...








