Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

चिनमा उइगर मुस्लिम दमनको बिरोधमा इत्तेहाद नेपाल

चिनमा उइगर मुस्लिम दमनको बिरोधमा इत्तेहाद नेपाल

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
कृष्णनगर, ७ कार्तिक – इत्तेहाद नेपाल कपिलवस्तु संस्थाले पाकिस्तानको फैसलाबाद स्थित टाइम सिरोमिक्स लिमिटेड कम्पनीले उत्पादन गर्ने टायलमा पैगम्बर मोहम्मदको नामको अगाडी त्यहाँ काम गर्ने चिनियाँ नागरिकहरूले पीबीयुएच शब्द थपेपछि विवाद सुरू भएको अवस्थाको समाचार माध्यम तथा सामाजिक संजालमा आएको हुँदा चिनियाँ नागरिकहरूले गरेको पैगम्बर मोहम्मदको अपमानको घोर निंदा तथा विरोध गरिएको प्रेस विज्ञप्ति इत्तेहाद नेपाल कपिलवस्तुले निकालेको छ । उक्त प्रेस विज्ञप्तिमा चाइनाको विस्तारवादी नीतिको बिरोध गर्दै चाइनामा उइगर मुस्लिम माथीको दमनको समेत बिरोध गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।साथै अब पैगम्बर मोहम्मद सहबको अपमान गर्ने कुनै पनि प्रकारको कार्य सहन नहुने समेत इत्तेहाद नेपाल कपिलवस्तु का अध्यक्ष किफायतुल्ला खांको हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको छ ।...
राहुल पाण्डेयले अध्यक्ष पदमा उम्मेदवारी दिने

राहुल पाण्डेयले अध्यक्ष पदमा उम्मेदवारी दिने

आस्था, प्रदेश ५, राजनीति, समाचार
कपिलवस्तु, ७ कार्तिक – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका राहुल पाण्डेयले आउने स्थानीय चुनावमा वडा नं १ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । पाण्डेय पांच वर्षदेखि वडाको जनताको बिचमा रही जनताको सुखदुखमा सहभागी हुँदै आएका छन् । पाण्डेयले आउने चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास जस्तै बाटो, नाला ढल निकास किसानको लागि समयमा मल खाद बीउ, सिंचाई, स्वास्थ, शिक्षामा बढी जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडा वर्ग लगायत अन्यको हकहितमा काम गरि वडाबासीको मन जित्ने बताउनुभयो ।आफूलाई वडाका जनताबाट पटकपटक दबाव आइरहेकोले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।राहुल पाण्डेय जनता समाजवादी पार्टी नेपालले टिकट दिए सोही पार्टी बाट वडाध्यक्ष पदमा उम्मेदवारी दि...
आज राति टी-२० विश्वकप

आज राति टी-२० विश्वकप

आस्था, खेल, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ७ कार्तिक –युएई र ओमानमा जारी आइसिसी टी-२० विश्वकपको सुपर १२ को खेल शनिबारदेखि सुरु भएका छन् । सुपर १२ अन्तर्गत आइतबार बहुप्रतिक्षित खेल हुँदैछ। चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान सुपर १२ को आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन्। भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे दुबईमा सुरू हुनेछ। टी-२० मा भारत र पाकिस्तानबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१६ मा भएको पछिल्लो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो। आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे युनाइटेडको मैदानमा हुनेछ। प्रिमियर लिगको अंक तालिकामा लिभरपुल १८ अंकसहित तेस्रो स्थानमा र युनाइटेड १४ अंक जोडेर छैटौं स्थानमा छन्। आइतबार राति नै सिजनको पहिलो एलक्लासिको भिडन्त हुनेछ। ला लिगाअन्...
सांग्रिलाको वार्षिक उत्सवमा साता व्यापी कार्यक्रम

सांग्रिलाको वार्षिक उत्सवमा साता व्यापी कार्यक्रम

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ कार्तिक - सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकको स्थापना दिवसमा १७ वर्ष पूरा गरी १८ वर्षमा प्रवेश गरेको अवसरमा शनिवार बर्दियाको भुरिगाउँमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञ डा. शाफिया समिम शेष, डा. स्वयता साह, जनरल फिजिसियन डा. शंकर केसी, मेडिकल अधिकृत संकल्प सिग्देललगायतको टिम शिविरमा खटिएको सांग्रीला डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख जयन्द्र खड्काले जानकारी दिनुभयो । वार्षिक उत्सवका अवसरमा साता व्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उहाँले ८ गते राजापुरमा पनि स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी गराउनुभयो । यस्तै १० गते नेपालगन्जमा वृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको खड्काले बताउनुभयो । बार्षिक उत्...
नेकपा एमाले जानकी-१ काे वडाध्यक्षमा साेहराब निर्वाचित

नेकपा एमाले जानकी-१ काे वडाध्यक्षमा साेहराब निर्वाचित

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ६ कार्तिक - नेकपा एमाले जानकी गाउँपालिका वडा नं. १ को वडा अधिवेसनबाट सोहराब खा सर्वसम्मत रुपमा वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नु भएको अधिवेसनबाट २० सदस्यीय वडा कमिटी गठन भएको छ । नेकपा एमालेको संगठन विस्तार तथा महाधिवेसनको मिति अनुसार आजै देश भरका ६ हजार ७ सय ४२ वडा कमिटी तथा शाखा कमिटीको अधिवेसन अध्यक्ष ओलीले एकैसाथ उदघाटन गर्नु भएको थियो । वडा अधिवेसनका लागि नेकपा एमाले जानकी गाउँपालिका कमिटीका प्रमुख आथित्य जयराम यादवको उपस्थितिमा सम्पन्न भएको थियो । उहाँका अनुसार अधिवेसन सम्पन्न गर्नका लागि पार्टीको विधान, पार्टी जिल्ला कमिटी र जानकी गाउँपालिकाको सर्कुलर अनुसार अधिवेसन सम्पन्न भएको हो । अधिवेसनले अध्यक्षमा सोहराव खाँ, उपाध्यक्षमा उमेश नाथ मिश्रा, सचिवमा सकिल अहमद राई, उपसचिबमाद्वय ओम प्रका...
पुर्वमन्त्री राईद्वारा बंगलादेशमा हिन्दुहरूमाथि भएकाे घटनाकाे बिराेध

पुर्वमन्त्री राईद्वारा बंगलादेशमा हिन्दुहरूमाथि भएकाे घटनाकाे बिराेध

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ कार्तिक - पुर्वमन्त्री माेहम्मद ईस्तियाक राईले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि गरिएकाे हत्या, हिंसा, मन्दिर ताेडफाेडकाे बिराेध गरेकाे छन् । शनिबार नेपालगन्जमा आयोजित पदभार ग्रहण तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि रहेका पुर्वमन्त्री राईले मुस्लिमहरुका लागि सबैभन्दा सुरक्षित देश बिश्वभरमा नेपाल रहेको बताउनु भयाे । उहाँले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरु माथि भएको घटनाको निन्दा गर्दै बंगलादेश सरकारले तिनकाे सुरक्षा गर्नुपर्ने बताउनुभयाे । उहाँले शक्तिशाली व्यक्ति हो भन्दैमा कमजोर व्यक्ति माथि आक्रमण गर्नु वा विभिन्न बहनामा पिडा दिनु इस्लाम बिरोधी कार्य भएकोले सबै मुस्लिमहरुलाई एकताबद्ध भएर यसकाे बिराेध गर्ने आग्रह गर्नु भएको थियो । नेपालगन्ज मुस्लिम समाजले कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणमा विशेष योगदान गरेको भन्दै नेपालगन्जका दर्जनाैं व्यक्तिहरूलाई सम्मान गरेकाे...
सर्वसम्मत वडा कमिटी निर्वाचित

सर्वसम्मत वडा कमिटी निर्वाचित

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
खजुरा, ६ कार्तिक - खजुरा गाउँपालिका ८ वडामा एमालेले सर्वसम्मत वडा कमिटी निर्वाचित गरेको छ । ३१ सदस्यीय कार्यसमिति चयन गर्दै वडा नं. १ मा मगनसिंह थापा, २ मा डिबी तामाङ, ३ मा पूर्णबहादुर भण्डारी, ४ मा बलबहादुर कठायत, ५ मा सैजात शेष, ६ मा प्रेमलाल श्रेष्ठ, ७ मा अतिउल्ला खां र ८ मा वासिर खां सर्बसम्मत निर्वाचित भएका छन् । वडा नं. ३ को अधिवेशन उदघाटन गर्दै नेकपा एमाले बाँकेका उपाध्यक्ष किस्मतकुमार कक्षपतिले गुटविनाको पार्टी निर्माणमा अगाडि बढेको बताए । उनले स्थानीय, प्रदेश र संघको निर्वाचनमा एमाले वडा अधिवेशन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै पार्टी सुदृढीकरण भएर गएको उल्लेख गरे । लुम्बिनी प्रदेश सदस्य वेदनिधि प्याकुरेलले पार्टी र संगठन निर्माणको जगको रूपमा वडा रहेको बताए ।...
मदरसा शिक्षालाई मूल प्रवाहिकरणमा ल्याउन विस्तृत छलफल

मदरसा शिक्षालाई मूल प्रवाहिकरणमा ल्याउन विस्तृत छलफल

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, ६ कार्तिक - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको निवास कृष्णनगरमा मदरसा शिक्षालाई शिक्षाको मूल धारमा कसरी ल्याउन सकिन्छ र मदरसाको विकासका बारेमा विस्तृत छलफल सम्पन्न भएको छ l नेपालमा मदरसा शिक्षाको अवस्था, मदरसा शिक्षाको विकास, मदरसा शिक्षालाई राज्यको मूल धारमा समायोजन कसरी गर्न सकिन्छ, मदरसा शिक्षाको व्यवस्थापन लगायत मदरसा शिक्षाको सरोकार वाला तथा सरकारलाई मदरसा शिक्षाप्रति ध्यानाकर्षण गराउने जस्ता बिषयमा छलफल गरिएको थियो । नव नियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलबाट मुस्लिम समुदायले मदरसा शिक्षालाई मूल प्रवाहिकरणमा ल्याउन तथा मदरसामा अध्यापन गराउँदै आएका मौलानाहरूलाई शिक्षक दरबन्दी कायम गरि सामुदायिक विद्यालयको शिक्षक सरह सेवा सुविधा दिनु हुनेछ भन्ने आस राखेको लुम्बिनी प्रदेश मद...
चीनको अनैतिक जीन हार्भेस्टिङबारे वैज्ञानिकहरुद्वारा चिन्ता व्यक्त

चीनको अनैतिक जीन हार्भेस्टिङबारे वैज्ञानिकहरुद्वारा चिन्ता व्यक्त

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
टोरन्टो, ६ कार्तिक – चीन विरुद्ध मानव अधिकार उल्लघंनको विषय चर्को विरोध भइरहेको समयमा वैज्ञानिकहरु र चिकित्सा विज्ञहरुले बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारेमा चिन्ता व्यक्त गरेका छन्। टोरन्टोस्थित एक थिंक ट्या्कले चिनियाँ संस्थाहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरुबाट बहिष्कार गर्नुपर्ने प्रस्तावसमेत उनीहरुले गरेका छन्। जबरजस्ती मानव शरीरका अंगहरु काटेर जिन हार्भेस्ट गर्ने काम मानवअधिकार उल्लंघनको चरम बिन्दु भएको उल्लेख गर्दै बहिष्कार गर्न आग्रह गरेका हुन्। फाईल फोटो अधिकार र सुरक्षाको लागी अन्तर्राष्ट्रिय फोरम (आईएफएफआरएएस) को अनुसार यो शिखर सम्मेलन यस वर्ष सेप्टेम्बरमा आयोजना गरिएको थियो। शिखर सम्मेलनको क्रममा, यो ध्यान दिइयो कि चीनको जबरजस्ती अंग काट्ने अनैतिक अभ्यासले एक नाजुक उद्देश्य पूरा गरिरहेको छ र आनुवंशिक परीक्षणको माध्यमबाट एक जीन बैंकको विकास गर्नु गलत अभ्यास भएको ब...
भारतीय प्रधानमन्त्री मोदीले गरे यस्तो घोषणा

भारतीय प्रधानमन्त्री मोदीले गरे यस्तो घोषणा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारी विरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् । फाईल फोटो भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा धन्यवाद दिँदै मोदीले महामारी विरुद्ध संयुक्त रूपमा लड्न नेपालसँग सहकार्य गर्न दृढ रहेको बताएका हुन् ।मोदीले दुई देशबीचको सदियौदेखिको सभ्यतागत सम्बन्ध बलियो हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय समकक्षी मोदीलाई बधाई दिँदै खोप उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए । नेपाललाई खोपमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।...