Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

अपडेटः १११ जनाको बाढीपहिरोमा मृत्यु, ४२ घाइते

अपडेटः १११ जनाको बाढीपहिरोमा मृत्यु, ४२ घाइते

CoVid19, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ६ कार्तिक – अविरल वर्षाको कारण कार्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी १ सय ११ जनाको मृत्यु भएको छ ।बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो । साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । फाईल फोटो घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी छ ।बाढीको कारण जम्मा २ हजार २ सय ३२ वट...
पुन: डक्टप्रसाद धितालकाे नेतृत्वमा प्रेस सेन्टर बाँके

पुन: डक्टप्रसाद धितालकाे नेतृत्वमा प्रेस सेन्टर बाँके

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ५ कार्तिक - प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा पुन: डक्टप्रसाद धिताललाई चयन गरिएको छ । नेपालगन्जमा शुक्रबार सम्पन्न चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै उपाध्यक्षमा राजेश आचार्य र आलम खान, सचिवमा संगीन शर्मा, सहसचिवमा केपी घिमिरे र कोषाध्यक्षमा चन्द्रबहादुर बोहोरालाई चयन गरिएकाे छ । यसैगरी कार्यसमिति सदस्यमा  पहल केसी, कविन्द्र परियार, निरज सिंह, सुदिप लामिछाने, विवेक रेग्मी, सुशिला शर्मा, विपिन खड्का, अशरद रङरेज, शुभाखर बिक, बसन्ती परियार, बिनय पाठक, युसुफ अन्सारी, शिवराज साहु र ममता थापा रहेका छन् । सेन्टरको अधिवेशनमा पत्रकार सिराज खानलाई विरमी-चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । अधिवेशनमा वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटर, भिम रावत, सुशिल शर्मा, प्रदिप वाग्ले, शिव सुनार, कविन्द्र परियार लगायत पनि सम्मानित तथा पुरस्कृत भएक...
धार्मिक आस्थाकाे प्रतिक करवाचौथ नेपालगन्जमा मनाईयाे

धार्मिक आस्थाकाे प्रतिक करवाचौथ नेपालगन्जमा मनाईयाे

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम शर्मानेपालगन्ज, ५ कार्तिक - विशेष गरि अवधी भाषी महिलाहरूले धार्मिक र सामाजिक आस्थाकाे रूपमा मनाउने करवाचाैथ पर्व आजभाेलि नेपालगन्जमा सबै भाषी र वर्गका महिलाहरू मिलि भब्य रूपमा मनाउन शुरू गरेका छन् । कार्यक्रमकाे नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य तथा राष्ट्रिय प्रजातान्त्रिक मधेस महिला संघका अध्यक्ष कृष्णादेवि पाण्डेले संयुक्त रूपमा दिप प्रज्वलन तथा केक काटेर उद्घाटन गरेका थिए । उपमेयर थापाले "यो मधेसी महिलाहरुले मात्र नभई सम्पूर्ण हिन्दु नारीहरुले मनाउनु पर्ने बताउनु भएको थियो ।" कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक मधेसी महिला संगठन अध्यक्ष पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे । पुर्खौबाट चल्दै आएको पर्व मनाएको देखेर आफुलाई अझै भब्य र ब्यवस्थित हुने रहर जागेको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँल...
डुडुवामा जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम शुरु

डुडुवामा जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम शुरु

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ५ कार्तिक - डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम शुरु गरेको छ । गाउँपालिका अन्तर्गत रहेका जेष्ठ नागरिकहरुको घरमा पुगेर स्वास्थ्य उपचार तथा स्याहारका लागि यो कार्यक्रम शुरु गरिएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज शुक्रबार वडा नंं. २ को होलियास्थित खडैचा गाउँका जेष्ठ नागरिकलाई सेवा कार्ड वितरण गर्दै शुभारम्भ गर्नुभयो । शुभारम्भ गर्दै अध्यक्ष चौधरीले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार तथा स्याहार सहितको सेवा उपलब्ध गराउने बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो–‘जेष्ठ नागरिक विरामी छन् भने स्वास्थ्यकर्मी घरमै पुग्छन् र घरमै उपचार गर्छन् । त्यहाँ सम्भव नभए गाउँपालिकाको स्वास्थ्य केन्द्रमा ल्याएर उपचार गर्छन् दुई–तीन दिन राख्दा पनि निको नभए नेपालगन्जको भेरी अस्पतालमा लगेर उपचार गरिन्छ । उपचारमा लाग्ने सबै खर्च गाउँपालिकाले व्य...
बंगलादेशमा हिन्दूमाथि दमन कार्यको म कडा शब्दमा विरोध गर्छुः पूर्वमन्त्री गजेन्द्रबहादुर हमाल

बंगलादेशमा हिन्दूमाथि दमन कार्यको म कडा शब्दमा विरोध गर्छुः पूर्वमन्त्री गजेन्द्रबहादुर हमाल

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – हिन्दूहरुको महान पर्व विजयादशमी नवरात्री पर्वको समयमा नै बंगलादेशमा हिन्दू अल्पसंख्यक समुदायमाथि दमन भएको छ । यस घटनाकोमा कडा शब्दमा विरोध र निन्दा गर्छु उक्त भनाई पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले राख्नु भएको छ । शुक्रबार यस पत्रिकासँग कुराकानी गर्दै पूर्वमन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले विचार राख्दै भन्नुभयो– ‘म सधैं धर्मको सम्मान गर्ने व्यक्ति हुँ, मेरो पहलमा नै सल्यानीबाग स्थित मुस्लिम कब्रिस्तानमा करीब ४०–५० वटा पसल सञ्चालनमा आएको थियो । यसको अध्यक्ष मो. याकुब अन्सारीलाई बनाएर, त्यहाँबाट करीब १०–१२ लाख जति रकम उठन शुरु भयो । यसरी म सबै धर्मावलम्बीलाई बराबरी मान्ने व्यक्ति हुँ । म हिन्दू, मुस्लिम, शिख, बौद्ध, क्रिस्चियनसँग विभेद राख्दैन । सबै धर्म बराबर हुन तर सबै धर्मावलम्बीहरु आ–आफ्नो धर्मप्रति गर्व गर्नु पर्छ म पनि हिन्द...
एमसिसी पारित गरिनेः प्रधानमन्त्री

एमसिसी पारित गरिनेः प्रधानमन्त्री

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
धनगढी, ५ कार्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताए ।‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यो ठूलो अनुदान हो, ऋण होइन ।’ उनले एमसिसीबारे झुठा प्रचार भइरहेको पनि बताए ।एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि उनको भनाइ थियो । नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने उनले बताए । फाईल फोटो ‘यो नेपालकै कानुनअनुसार हुन्छ । यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ उनले भने ।‘अर्ली इलेक्सन’ बारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार रहेकोले गठबन्धनमा छलफलपछि मात्रै निर्णयमा पुग्न सकिने बताएका छन् ।साथै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री दे...
मन्त्री हमालको सम्मान

मन्त्री हमालको सम्मान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ ले लुम्विनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्रवहादुर हमाललाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।शुक्रबार जामा मस्जिदमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मो. अयुव सिद्धिकीले हमाल मन्त्री भएपछि वडाबासी हर्षित भएको भन्दै वडाको समग्र विकास निर्माणका लागि वडाबासीका तर्फबाट मन्त्री हमाललाई विभिन्न मागपत्र प्रस्तुत गर्नुभयो । सो अवसरमा मन्त्री हमालले वडा नम्बर ३ सँग आप्mनो भावनात्मक सम्बन्ध जोडिएको भन्दै सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले अविरल बर्षातका कारण प्रभावित किसानालाई प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने बताउनुभयो ।सो अवसरमा मन्त्री हमालले वडा कार्यालयका तर्फबाट अति असक्त अपाङ्गता भएका २५ जनालाई खाद्यान्न सामाग्री सहयोग गर्नुभयो ।...
जानकी गापाकाे ११ औं गाउँसभा सम्पन्न

जानकी गापाकाे ११ औं गाउँसभा सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
सकिल अहमद राईजानकी, ४ कार्तिक - बाँकेको जानकी गाउँपालिकाको ११ औं विशेष गाउँ सभा आज विहिबार नव निर्मित सभा हलमा सम्पन्न भएको छ । स्वास्थ, शिक्षा, कृषि र पूर्वाधार जानकीको विकाशको मूल आधार भन्ने नाराका साथ गाउँपालिकाको कार्यालय खजुरा खुद्रमा आज सम्पन्न सभाबाट विभिन्न ५ वटा महत्वपुर्ण निर्णयहरु गरिएको छ । जसअन्तर्गत गाउँपालिकाले शिक्षा ऐन २०७७ पहिलो संशोधन पारित, स्वास्थ तथा सरसफाई ऐन २०७८, रोजगार शाखाको कार्यक्रम लगायत पारित गरेको छ । त्यसैगरी, गाउँपालिका स्तरिय तथा वडा स्तरिय बजेट तथा कार्यक्रम आर्थिक वर्ष २०७८र७९ को बजेट तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको छ । कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, लेखा अधिकृत मतिन अन्सारी लगायतले विभिन्न ऐन संशोधन प्रस्ताव पेश गरेका थिए । प्रस्तावमाथि आजको विशेष सभामा छलफल भई पारित ग...
बंगलादेशमा हिन्दुहरूमाथि भएकाे दमनको विरोधमा पुतला दहन

बंगलादेशमा हिन्दुहरूमाथि भएकाे दमनको विरोधमा पुतला दहन

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
रवि प्रकाश कसौधनकृष्णनगर, ४ असोज - कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघर चोकमा बंगलादेशकी प्रधानमन्त्रीकाे पुतला दहन गरिएकाे छ । केही दिन अगाडी बंगलादेशमा भएको हिन्दू धर्मावलम्बी माथी दमन र मठ मन्दिर तोड फोड भएको बिरोधमा हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटीद्वारा आज गोलघर चोकमा व्यापक बिरोध प्रदर्शन गर्नुका साथै बंगलादेशकी प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । बंगलादेशमा हिन्दू अल्पसंख्यक माथी गरिएको दमनको बिरोधमा प्रदर्शनकारीहरूले विरोधका पोष्टरहरू हातमा बोकी मोमबत्ती बाली बिरोध प्रदर्शन गरेका थिए l हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकासकुमार चतुर्वेदीले प्रत्येक धर्मावलंबीहरू आ-आफ्नो धर्मको संरक्षण सम्बर्धन गर्ने अधिकार रहेको, हिन्दू धर्मावलम्बी माथी पटकपटक विभिन्न देशमा गरिएको दमन निन्दनीय रहेको बताउँदै हिन्दू धर्मावलम्बी माथी हुने दमन कदापि सहन ...
मेडिकल कलेजका कर्मचारीको माग पुरा नहुने: व्यवस्थापन पक्ष

मेडिकल कलेजका कर्मचारीको माग पुरा नहुने: व्यवस्थापन पक्ष

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ कार्तिक - नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन पक्षले कर्मचारीले तलबभत्ता वृद्धिसहितको माग तत्काल सम्वोधन गर्न नसकिने बताएका छन् । नेपालगन्ज मेडिकल कलेजकाे व्यवस्थापन पक्षले विहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी काेभिड-१९ काेराेना कालमा आर्थिक संकटले गुज्रेको अवस्थामा अस्पताललाई थप आर्थिक व्ययभार थुपार्ने गरी कुनै पनि माग पूरा गर्न नसकिने जनाएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोना महामारी तथा कलेजमा विद्यार्थी संख्या कटौती भएका कारण विगत दुई वर्षदेखि निरन्तर रूपमा अस्पताल घाटामा चलिरहेकाेले आर्थिक व्ययभार थप्ने गरी कर्मचारीको माग सम्वोधन गर्न नसकिने बताएका छन् । कोभिड-१९ का कारण मेडिकल कलेजमा ०७६/७७ मा एकजना पनि विद्यार्थी भर्ना भएनन् । ०७७/०७८ मा झन विद्यार्थी भर्नाको टुंगो नै लागेकाे छैन् । जसले गर्दा ...