Wednesday, April 22सत्यम खबर
Shadow

आज राति टी-२० विश्वकप

नेपालगन्ज, ७ कार्तिक –युएई र ओमानमा जारी आइसिसी टी-२० विश्वकपको सुपर १२ को खेल शनिबारदेखि सुरु भएका छन् ।

सुपर १२ अन्तर्गत आइतबार बहुप्रतिक्षित खेल हुँदैछ। चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान सुपर १२ को आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन्।

भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे दुबईमा सुरू हुनेछ। टी-२० मा भारत र पाकिस्तानबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१६ मा भएको पछिल्लो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।

आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे युनाइटेडको मैदानमा हुनेछ। प्रिमियर लिगको अंक तालिकामा लिभरपुल १८ अंकसहित तेस्रो स्थानमा र युनाइटेड १४ अंक जोडेर छैटौं स्थानमा छन्।

आइतबार राति नै सिजनको पहिलो एलक्लासिको भिडन्त हुनेछ। ला लिगाअन्तर्गतको खेलमा बार्सिलोनाले आफ्नो मैदानमा रियल म्याड्रिडसँग भिड्दैछ।

लिओनल मेसीले क्लब छाडेपछि बार्सिलोना पहिलो पटक एलक्लासिकोमा भिड्न लागेको हो। खेल नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ। ला लिगाको अंक तालिकामा रियल १७ अंकसहित दोस्रो स्थानमा छ भने १५ अंक बटुलेको बार्सिलोना सातौं स्थानमा छ।

यता ‘इटालियन सिरि ए’ मा साविक विजेता इन्टर मिलान र ३६ पटकको च्याम्पियन युभेन्ट्सबीच खेल हुनेछ। इन्टरको मैदानमा हुने खेल राति १२:३० मा सुरु हुनेछ। जारी सिजनको लिगमा इन्टर १७ अंकसहित तेस्रो र युभेन्ट्स १४ अंकसहित सातौं स्थानमा छन्।

फ्रेञ्च लिग वानमा आइतबार राति पिएसजी र मार्सेबीच खेल हुँदैछ। खेल राति १२:३० मार्सेको मैदानमा हुनेछ। जारी लिगमा पिएसजी २७ अंक जोड्दै शीर्ष स्थानमा छ। मार्से १७ अंकसहित तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *