Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

चीनले सञ्चारमाध्यममा बलियो पकड गर्ने प्रयास गरेको आरोप

चीनले सञ्चारमाध्यममा बलियो पकड गर्ने प्रयास गरेको आरोप

आस्था, प्रदेश ५, विदेश, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ११ कार्तिक –चीनले सञ्चारमाध्यममा सबै क्षेत्रमा बलियो पकड थप मजबुत गर्ने प्रयास थालेको अमेरिकी सञ्चारमाध्यमले आरोप लगाएका छन्। चीनले समाचार आउटलेट्समा निजी लगानीलाई प्रतिबन्ध लगाउने गरि प्रस्ताव ल्याएको उनीहरूको आरोप छ। चीनमा निजी सञ्चारमाध्यम भए पनि त्यहाँको कानुनअनुसार सरकारको मार्गनिर्देशनमा सञ्चालन हुँदै आएका छन् । अमेरिकी समाचार संस्था भ्वाइस अफ अमेरिकाले चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार चीनले निजी स्वामित्व भएका कम्पनीहरूलाई सञ्चारसम्बन्धी संस्थामा लगानी गर्न प्रतिबन्ध लगाउने गरी कानुन बनाउँदै छ। निजी लगानीमा समाचार संस्था स्थापना गर्न, सञ्चालन गर्न तथा विदेशी सञ्चारमाध्यमका समाचारहरू पुनःप्रकाशित गर्न रोक लगाउने गरी कानुन बनाउन लागिएको उक्त समाचार संस्थाले जनाएको छ। यसमा विशेष गरी हङकङमा विपक्षीहरूको आवाजलाई सञ्चारमाध्यममा ठाउँ दिनबाट रोक लगाउने मनसा...
चीनले सम्झौता गर्दै ऋण बाँडेर छिमेकी फसाउँदै

चीनले सम्झौता गर्दै ऋण बाँडेर छिमेकी फसाउँदै

आस्था, प्रदेश ५, बिचार, विदेश, शिक्षा/स्वास्थ्य
मितिः २०७८/०७/११ गतेमोहन सिंहचीनका राष्ट्रपति सि जिंग पिङ्गले वान बेल्ट वान रोड परियोजना अन्तर्गत पूर्वाधार विकासका लागि छिमेकि देशहरुसंग सम्झौता गर्दै आएका छन्। दक्षिण एसियाका श्रीलंका, पाकिस्तान, मल्दिव्स र पछिल्लो समयमा नेपाल पूर्वाधार विकासका लागि सम्झौता गरिएका छिमेकि राष्ट्र हुन् । चीनले आफ्नो प्रभाव बढाउनका लागि रणनीतिक रुपले ऋण लगानी गर्ने गरेको छ। चिनीयाँ सरकारी बैंकहरुले आफ्नो देशको नागरिकहरु भन्दा अन्य देशमा बढी ऋण दिने गरेको बिबिसीको एक रिपोर्टले देखाएको छ।परराष्ट्रमन्त्री डा. खड्काले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्तामा हुम्लाको सीमा समस्या राख्ने बित्तिकै कम्युनिस्ट मिलाउने दाउ शुरु गरिएकाे छ । छिमेकि देशहरुलाई आफू माथि निर्भर बनाउन प्रोत्साहित गर्ने रणनीति पनि रहेको जानकारहरुको भनाइ छ। चीनद्वारा गरेका सम्झौताहरु पारदर्शी र स्पष्ट नभएको सो रिपोर्टले देखाएको छ। उद...
योजना ल्याउनुहोस, स्रोत राज्यले खोज्छ : मन्त्री अथक

योजना ल्याउनुहोस, स्रोत राज्यले खोज्छ : मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डाै, १० कार्तिक -युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन । स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासका लागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पार्नुभयो । “यो राजनिति गर्ने समय होईन” मन्त्री अथकले भन्नुभयो, “खेलकुदलाई राजनितिमुक्तबाट बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ ।” खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री ...
सांग्रिलाको वार्षिकाेत्सवमा बृहत् रक्तदान

सांग्रिलाको वार्षिकाेत्सवमा बृहत् रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० कार्तिक - सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएकाे छ । बैंकको स्थापना दिवसमा १७ वर्ष पूरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा आज बुधबार बृहत् रक्तदान गरेकाे छ । यस अगावै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञ डा शाफिया समिम शेष, डा स्वयता साह, जनरल फिजिसियन डा शंकर केसी, मेडिकल अधिकृत संकल्प सिग्देललगायतको टिम शिविरमा खटिएर बर्दियामा निशुल्क स्वास्थ शिविरकाे आयाेजना गरिएको सांग्रीला डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख जयन्द्र खड्काले जानकारी गराउनुभयाे । वार्षिकाेत्सवका अवसरमा साता व्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उहाँले कार्तिक ८ गते राजापुरमा पनि स्वास्थ्य शिविर सम्पन्न गरिएको जानकारी गराउनुभयो । यस्तै आज १० गते नेपालगन्जमा वृह्त रक्तदान जारी रहेको खड्काले बताउ...
वृद्धभत्ताको लागि बैंक धाउनु पर्दैन: मन्त्री हमाल

वृद्धभत्ताको लागि बैंक धाउनु पर्दैन: मन्त्री हमाल

आस्था, प्रदेश ५, राजनीति, समाचार
साहिल शेषनेपालगन्ज - १०, कार्तिक - मन्त्री भएपछि पहिलो पटक चाडपर्व मनाउन गृह जिल्ला बाँके आएका नेपाली काँग्रेस क्षेत्र नं.२ (ख) सांसद तथा लुम्बिनी प्रदेश वन वातावरण तथा भु-संरक्षण मन्त्री सुरेन्द्र हमाल चाडपर्व संग- संगै विभिन्न भेटघाट, स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा ब्यस्त रहदै आएका छन् । राष्ट्रिय लोकतन्त्र समाजवाद भन्ने मुल नाराका साथ नेपाली काँग्रेस इकाई कार्य समिती जानकी गाउँपालिका -५, बेलहरी बाँकेले मंगलबार आयोजना गरेको नवनियुक्त माननीय वन वातावरण तथा भु-संरक्षण मन्त्री सुरेन्द्र हमाललाई स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले भन्नुभयो वृद्धभत्ताको लागि बैंक धाउनु पर्दैन, अब देखि स्थानीय तहले आफ्नै वडाबाट वृद्धभत्ता सजिलै उपलब्ध गराउने छ । त्यस्तै बाँकेमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने र वनमा सढे ...
नेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

नेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ कार्तिक - नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलाई कार्यालयमा स्वागत गरिएको छ । मंगलबार आयोजित कार्यपालिका बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत सुवेदीको स्वागत गर्नुभयो । भूमी व्यवस्था विभागबाट सुवेदीको नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको हो । सुवेदीले यसअघि पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी वहन गरिसक्नु भएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपालगन्जको आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।...
पाकिस्तानद्वारा भारत १० विकेटले पराजित

पाकिस्तानद्वारा भारत १० विकेटले पराजित

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ८ कार्तिक – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानद्वारा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले विश्वकपमा पहिलो जित निकालेको छ ।भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो । आईतबार राति भएको सुपर १२ को खेलमा ओपनरद्वय मोहम्मद रिज्वान र बाबर अजामले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि पाकिस्तानले शानदार शुरुवात गरेको थियो । जितको लागि १ सय ५२ रनको रक्ष्य पछ्याएको पाकिस्तानले १७।५ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेट्टायो । पाकिस्तानको लागि दुवै ओपनरले अर्धसतक पूरा गरे ।मोहम्मद रिज्वानले ५५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७९ रन बनाउँदा बाबर अजामले ५२ बलमा ६८ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे ।...
सरकारद्वारा राहत उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न ढिलाई नहोस् भनी ज्ञापनपत्र

सरकारद्वारा राहत उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न ढिलाई नहोस् भनी ज्ञापनपत्र

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ कार्तिक – गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म भएको अबिरल वर्षाका कारण बाँके जिल्ला लगायत देशभर जनधनको क्षति भएको हुँदा सरकारद्वारा गरिएको राहत निर्णयको बाँकेका अगुवाहरुले स्वागत गरेका छन् ।अधिवक्ता, पीडित कृषक, अगुवा कृषक तथा राजनीतिक दलका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाउँदै सरकारले राहत वितरण गर्ने निर्णयको स्वागत गरेका छन् ।उक्त समूहले ज्ञापन पत्रमा ‘उपरोक्त सम्बन्धमा गत असोज ३१ गते देखि कार्तिक ३ गते सम्म भएको अबिरल बर्षाका कारण बाँके जिल्ला लगायत नेपाल भरी नै ब्यापक जन धनको क्षति भएको छ । बाँके जिल्लामा कुनै मानवीय क्षति नभए पनि मुख्य बाली धान खेतबाट भित्रयाउनै लाग्दा खेत मै नष्ट भएको छ । उत्पादन भएको सम्पूर्ण धान बाली खेत मै उम्रिसकेको सडी गली नष्ट भैसकेको अवस्थामा बाँके जिल्ला बासीमा हात मुख जोर्ने बेलामा भएको प्राकृतिक बिपत्तीका कारण साद्यान्न संकट उत्पन्न हुने अवस्थाको...
चीनभन्दा राम्रो विकास साझेदार हो भारत, जताततै ठग्दै चिनियाँ कम्पनी

चीनभन्दा राम्रो विकास साझेदार हो भारत, जताततै ठग्दै चिनियाँ कम्पनी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ७ कार्तिक – उदाहरण एक : नेपाल र चीनबीच रसुवागढी(केरुङ रेलमार्ग डीपीआरका लागि सम्झौता भएको तीन वर्ष वितिसकेको छ । ५ देखि ७ वर्षमा रेलमार्ग बनाएर सञ्चालनको घोषणा भएका बेला अहिलेसम्म डीपीआरसम्म बन्न सकेको छैन । चीनको यो परियोजना प्रारम्भिक अध्ययनमै अल्झिएको छ । कागजमा भने रसुवागढीमात्र होइन काठमाडौंसम्मै रेल आइसकेको छ । व्यवहारमा भने जहाँको त्यहीँ छ, हल्लामात्रै धेरै छ । उता भारतले रेलवे ट्रयाक निर्माण गरिसकेको छ, तर चीनले रेलमार्ग बनाउने त परको कुरा डीपीआर पनि गरेको छैन । उदाहरण दुई : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा २०७४ सालमै सकिनुपर्ने हो । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले यो आयोजनाको निर्माण जिम्मा अर्थात ठेक्का लिएको छ । तर ४ वर्ष ढिलो भइसक्दा पनि अझै सञ्चालन हुने सुरसार छैन । जहिल्यै केही न केही बहाना देखाएर लागत बढाउने र आर्थिक लाभ लिने काममात्रै...
के एमालेमा टिक्लान भिम रावल ?

के एमालेमा टिक्लान भिम रावल ?

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाडौं, ७ कात्तिक –नेकपा एमालेका उपाध्यक्ष भीम रावल खरो बोली बोल्ने नेताका रुपमा परिचित छन् । तथ्यसहित प्रस्तुत हुने रावलले बोलीसँगै राजनीतिक पकड पनि बनाए । राष्ट्रिय अन्तर्राष्ट्रि राजनीतिको ज्ञान राख्ने रावलले पिएचडी पनि गरे । यसले उनको बोलीमा अझ बल थप्यो । रावल एमाले एक हुँदा पकडका हिसाबले तेस्रो शक्तिशाली नेता थिए । सबैभन्दा बलियो पकड अध्यक्ष केपी शर्मा ओलीको थियो । त्यसपछि तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको थियो । उनी तेस्रो स्थानमा थिए । सुदूरपश्चिम र कर्णाली प्रदेशमा रावलको पकड थियो । तत्कालीन नेकपामा केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने रावल नै थिए । कतिपयले रावललाई प्रमुख प्रतिपक्षी दलको नेता नै जस्तो ठान्थे । ओलीको खरो विरोध गरिरहँदा उनी माधवकुमार नेपाल पक्षमा मजबुत ठहरिए । नेकपा विभाजन हुँदा रावलले माधव नेपालको साथ दिएनन् । उनले एमालेमै रहेर संघ...