Wednesday, April 22सत्यम खबर
Shadow

राहुल पाण्डेयले अध्यक्ष पदमा उम्मेदवारी दिने

कपिलवस्तु, ७ कार्तिक – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका राहुल पाण्डेयले आउने स्थानीय चुनावमा वडा नं १ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । पाण्डेय पांच वर्षदेखि वडाको जनताको बिचमा रही जनताको सुखदुखमा सहभागी हुँदै आएका छन् ।


पाण्डेयले आउने चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास जस्तै बाटो, नाला ढल निकास किसानको लागि समयमा मल खाद बीउ, सिंचाई, स्वास्थ, शिक्षामा बढी जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडा वर्ग लगायत अन्यको हकहितमा काम गरि वडाबासीको मन जित्ने बताउनुभयो ।
आफूलाई वडाका जनताबाट पटकपटक दबाव आइरहेकोले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
राहुल पाण्डेय जनता समाजवादी पार्टी नेपालले टिकट दिए सोही पार्टी बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *