Monday, April 20सत्यम खबर
Shadow

सर्वसम्मत वडा कमिटी निर्वाचित

खजुरा, ६ कार्तिक – खजुरा गाउँपालिका ८ वडामा एमालेले सर्वसम्मत वडा कमिटी निर्वाचित गरेको छ ।

३१ सदस्यीय कार्यसमिति चयन गर्दै वडा नं. १ मा मगनसिंह थापा, २ मा डिबी तामाङ, ३ मा पूर्णबहादुर भण्डारी, ४ मा बलबहादुर कठायत, ५ मा सैजात शेष, ६ मा प्रेमलाल श्रेष्ठ, ७ मा अतिउल्ला खां र ८ मा वासिर खां सर्बसम्मत निर्वाचित भएका छन् ।

वडा नं. ३ को अधिवेशन उदघाटन गर्दै नेकपा एमाले बाँकेका उपाध्यक्ष किस्मतकुमार कक्षपतिले गुटविनाको पार्टी निर्माणमा अगाडि बढेको बताए ।

उनले स्थानीय, प्रदेश र संघको निर्वाचनमा एमाले वडा अधिवेशन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै पार्टी सुदृढीकरण भएर गएको उल्लेख गरे । लुम्बिनी प्रदेश सदस्य वेदनिधि प्याकुरेलले पार्टी र संगठन निर्माणको जगको रूपमा वडा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *