Wednesday, April 22सत्यम खबर
Shadow

चिनमा उइगर मुस्लिम दमनको बिरोधमा इत्तेहाद नेपाल

कृष्णनगर, ७ कार्तिक – इत्तेहाद नेपाल कपिलवस्तु संस्थाले पाकिस्तानको फैसलाबाद स्थित टाइम सिरोमिक्स लिमिटेड कम्पनीले उत्पादन गर्ने टायलमा पैगम्बर मोहम्मदको नामको अगाडी त्यहाँ काम गर्ने चिनियाँ नागरिकहरूले पीबीयुएच शब्द थपेपछि विवाद सुरू भएको अवस्थाको समाचार माध्यम तथा सामाजिक संजालमा आएको हुँदा चिनियाँ नागरिकहरूले गरेको पैगम्बर मोहम्मदको अपमानको घोर निंदा तथा विरोध गरिएको प्रेस विज्ञप्ति इत्तेहाद नेपाल कपिलवस्तुले निकालेको छ ।

उक्त प्रेस विज्ञप्तिमा चाइनाको विस्तारवादी नीतिको बिरोध गर्दै चाइनामा उइगर मुस्लिम माथीको दमनको समेत बिरोध गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै अब पैगम्बर मोहम्मद सहबको अपमान गर्ने कुनै पनि प्रकारको कार्य सहन नहुने समेत इत्तेहाद नेपाल कपिलवस्तु का अध्यक्ष किफायतुल्ला खांको हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *