Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

पन्चशिलद्वारा हालसम्म १५ सय परिवारलाई खाधान्न सहयाेग

पन्चशिलद्वारा हालसम्म १५ सय परिवारलाई खाधान्न सहयाेग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक - काेभिड-१९ काेराेना भाईरसकाे दाेस्राे संक्रमणकालमा लायन्स क्लब अफ नेपालगन्ज पन्चसिलद्वारा सञ्चालित पन्चशिल फुड बैंक अभियान हालसम्म सञ्चालन रही गरिब, दुखीहरूलाई खाधान्न सहयाेग गर्दै आईरहेकाे छ । यसै क्रममा आज शनिबार लायन्स क्लब अफ नेपालगन्ज पन्चसिलले नेपालगन्ज स्थित गायत्री नगरमा रहेको अपाङ्ग बस्तीमा २० जना परिवारहरूलाई खाधान्न सामाग्री वितरण गरेको क्लबका अध्यक्ष भावना सापकाेटाले जानकारी गराउनुभयाे । खाधान्न वितरण कार्यक्रममा क्लवका अध्यक्ष सापकोटा, उपाध्यक्ष कृष्णा पाण्डे तथा कोषाध्यक्ष केवलकुमार वैश्यको उपस्थित रहेको भने स्थानीय समाजसेवी बिन्दु चर्तिमगरले सहजीकरण गर्नु भएकाे थियो । क्लबका अध्यक्ष सापकाेटाका अनुसार कोभिड १९ को दोस्रो लहरको विकराल स्थितिमा जेष्ठ ११ गतेबाट फुड बैंक सञ्चालनमा आएदेखि अहिलेसम्म अति बिपन्न ज्यालादारी मजदुर अपाङ्ग लगायत १५ सय घर पर...
भोलिदेखि सुखद सत्सङ्ग कार्यक्रम शुरु

भोलिदेखि सुखद सत्सङ्ग कार्यक्रम शुरु

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, १३ कार्तिक - सुखद सत्सङ्ग कार्यक्रम आयोजना हुने एवं भव्य रुपले मनाउने तयारी गरिएको छ । स्थानीय जानकी गाउँपालिका वडा नम्बर ५ गुरूवागाउँमा हुन गइरहेको सत्संग कार्यक्रम कार्तिक १४ गते आईतबारदेखि १६ गते मंगलबारसम्म सुखद सत्संग कार्यक्रमको आयोजना हुने कार्यक्रमका संयोजक जगतराम कुर्मीले बताउनुभयो । सत्संग कार्यक्रम साँझ ६ बजेदेखि ९ बजेसम्म हुने सत्संग प्रचार प्रसार समितिका सदस्य मनमोहन वर्माले बताउनु भयाे । पारिवारिक तथा सामाजिक सौहार्द आत्मिक शान्ति एवं अध्यात्मिक ज्ञानको माध्यमबाट समाज विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको सुखद सत्संग कार्यक्रममा सहभागी भई सत्सङ्गको लाभ उठाउनु समिति सदस्य बिमलकुमार बर्माले सबैमा अनुराेध गरेका छन् । कार्य समितिका पदाधिकारीहरुले यस आयोजनालाई भब्य र सभ्य” तरिकाले आयोजना गर्नुहोस, कामना छ। हामी सबै नगरवासीहरुको हुन सक्ने सबै सहयोग ह...
हडियाबाबा आश्रममा “भण्डारा एवम् मेला” काे तयारीमा वडा समिति

हडियाबाबा आश्रममा “भण्डारा एवम् मेला” काे तयारीमा वडा समिति

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक - श्री श्री १००८ हडिया बाबा आश्रममा हरेक वर्ष आयोजन हुने "भण्डारा एवम् मेला" यस वर्ष पनि भब्य रूपले मनाउने तयारी गरिएकाे छ । स्थानिय पर्यटकीय तथा धार्मिक आश्रममा मसिंर ५ गते आईतवारदेखि १० गते शुक्रवारसम्म "भण्डारा एवम् मेला" काे आयोजना हुने हडिया बाबा आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले बताउनु भयाे । काेराेना संक्रमणपछि हुने यस पटककाे मेलालाई नेपालगन्ज उपमहानगरपालिका ६ नं. वडाका आम सर्वसाधारण वर्गका साथै नेपालगन्जका सम्पुर्ण नगरबासीहरुले बडो चाँसोका साथ लिइँ रहेका छन् । "भण्डारा एवम् मेला" मा आयोजना हुने साँस्कृतिक एवम एतिहासिक वार्षिक आयोजनहरु, पर्वहरुमा कोभिड एवम् विभिन्न बहाना देखाइ कार्यक्रम आयोजन नगर्ने र कार्यक्रम आयोजनबाट पन्छिने कार्य यस अगावै भएकाे सर्व-विधितै छ। जसबाट श्रद्धालुहरू दु:खी र निराशाजनक भएकाे थिए छ। साेही विगतकाे कार्यशैल...
चीनसँग ताइवानको पुनर्मिलन बाहेक कुनै भविष्य छैन: चिनियाँ विदेशमन्त्री वाङ यी

चीनसँग ताइवानको पुनर्मिलन बाहेक कुनै भविष्य छैन: चिनियाँ विदेशमन्त्री वाङ यी

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज (डेस्क), १३ कार्तिक: चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नु बाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनु बाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत पनि नभएको बताएका छन्।संयुक्त राष्ट्र संघमा ताइवानको “अर्थपूर्ण सहभागिता” को लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले यस्तो टिप्पणी गरेका हुन्। रोममा हुने G20 शिखर सम्मेलन अघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् । मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१ औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउँनुपर्ने बताउँनुभएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको “अर्थपूर्ण” सहभ...
बिस महिनापछि नेपाल–भारत मैत्री बस पुनः सुचारु

बिस महिनापछि नेपाल–भारत मैत्री बस पुनः सुचारु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कञ्रुचनपुर, १३ कार्तिक – कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ ।कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताए । त्यस्तै उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानी जिल्लाबाट यात्रुसहित आज बिहान महेन्द्रनगर पुगेको यातायात प्रालिले जनाएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी बस नेपाल भित्रिएको हो’, उनले भने, ‘स्वास्थ्य सतर्कता हाम्रै लागि हो ।’ उनले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले सङ्क्रमणबाट बच्न मास्क लगायतका स्वास्थ्य सामग्री प्रयोग गर्न आग्रह गरे ।गड्डाचौकी नाकाबाट स्थानीय प्रशासनले भारतीय यातायात भित्रिँदा आउने यात्रुले कोरोना खोप लगाएको कार्ड र पछिल्लो ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट ...
नेपाल बारमा वकिलहरु बीच कुटाकुट

नेपाल बारमा वकिलहरु बीच कुटाकुट

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ कार्तिक – नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना अधिवक्ता बीच नै कुटाकुट भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नु पर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि प्रहार गरेको बताईएको छ । कुटाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताईसकेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ । न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन् । तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् । केही कानून व्यवसायीहरुले यसरी न्यायालयलाई बन्धक बनाउन नहुने धारणा राखेका छन् ।...
कर्मचारीभन्दा माथी उठेर काम गर्न कर्मचारीहरुलाई मन्त्री अथकको निर्देशन

कर्मचारीभन्दा माथी उठेर काम गर्न कर्मचारीहरुलाई मन्त्री अथकको निर्देशन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौं, १२ कार्तिक – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नु भएको छ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनु भएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नु भएको छ ।अनुगमनका क्रममा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यस क्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गर्नुभयो । निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिंदै मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नुभयो । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर ...
नेपालगन्जमा माहुरी होम गठन

नेपालगन्जमा माहुरी होम गठन

आस्था, प्रदेश ५, समाचार
नेपालगन्ज, १२ कार्तिक – मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला समिति आज शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाको प्राङ्गणमा गठन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको अध्यक्षतामा बैठक बसी दिनेश ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्ष पदमा लक्ष्मी सुनार, सचिव पदमा सारु हमाल, सहसचिव पदमा शिव जयसवाल, कोषाध्यक्ष पदमा बिनयराज त्रिपाठी रहेका छन् ।यसरीे सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, शुक्रऋषि चौलागाई र पवन जयसवाल समितिको सदस्यमा रहेका छन् ।मधेश मानव अधिकार गृह (माहुरी होम) को अगामी दिनमा हुन गईरहेको केन्द्रिय अधिवेशनका लागी बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष दिनेश ठाकुर, सचिव सारु हमाल र सदस्य असलम भाँटलाई पठाउने निर्णय आजको बैठकबाट गरिएको छ ।...
खजुरामा बाल क्लव संजाल गठन

खजुरामा बाल क्लव संजाल गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ११ कार्तिक - खजुरा गाउँपालिकामा स्तरीय बालक्लव संजाल गठन भएको छ । विहीबार खजुरामा आयोजित एक भेलाले रहिमत जहाँ खाँको अध्यक्षतामा २५ सदस्यीय बालक्लव संजाल गठन गरिएको हो । संजालको उपाध्यक्षमा अञ्जना धिताल, सचिवमा पुस्पा विक, कोषाध्यक्षमा सुस्मिता थापा क्षेत्री र सहसचिवमा अर्जुन धिताल चयन भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन । भेलामा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले बाल अधिकार स्थापित गर्न संजालको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरिन । कार्यक्रममा बाल अधिकार बारे अभिमुखिकरण समेत गरिएको शाखा प्रमुख न्यौपाने बताइन् । अध्यक्ष पदमा मतदानबाट र अन्य पदमा सर्बसम्मत गरिएको थियोे ।...
भारतको आपत्ति: चीनले ल्याएको सीमा सुरक्षा सम्बन्धी कानुनमा

भारतको आपत्ति: चीनले ल्याएको सीमा सुरक्षा सम्बन्धी कानुनमा

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नयाँदिल्ली, ११ कार्तिक - चीनले हालै ल्याएको भू-सीमा सुरक्षासम्बन्धी नयाँ कानुनमा छिमेकी भारतले आपत्ति जनाएको छ। द हिन्दुका अनुसार चीनले एक पक्षीय रूपमा कानुन ल्याएको भारत सरकारको भनाइ छ। आगामी जनवरी १ देखि लागू हुने उक्त कानुनप्रति गम्भीर चासो व्यक्त गर्दै भारतले उक्त कानुनलाई सीमामा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएससी) फेरबदल गर्ने कुरामा प्रयोग नगर्न चीनलाई भनेको छ। भारत र चीनबीच झन्डै चार हजार किलोमिटर हिमाली क्षेत्रमा सीमा टुंग्याउन बाँकी छ। जमिनका लागि सन् १९६२ युद्ध लडेका चीन र भारतले त्यसपछि पनि विवाद टुंग्याउन सकेका छैनन् बरू मोटामोटी एकअर्काको सीमा बनाएका छन्। जसलाई लाइन अफ एक्चुअल कन्ट्रोल भनिन्छ। विवादले जतिसुकै बेला उग्र र हिंसात्मक रूप लिन सक्ने ठानेर सीमामा प्याट्रोलिङ गर्दा दुबै देशका सैनिकले हतियार प्रयोग गर्दैनन्। आमनेसामने भइहाले पनि धकेलाधकेल र मुक्का हानाहान हुने ...