Tuesday, April 21सत्यम खबर
Shadow

योजना ल्याउनुहोस, स्रोत राज्यले खोज्छ : मन्त्री अथक

काठमाण्डाै, १० कार्तिक -युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन् ।

राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन ।

स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासका लागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पार्नुभयो ।

“यो राजनिति गर्ने समय होईन” मन्त्री अथकले भन्नुभयो, “खेलकुदलाई राजनितिमुक्तबाट बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ ।” खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री अथकले खेल क्षेत्रको विकासका लागि ऐन बाधक नहुने दावी समेत गर्नुभएको छ । “ऐन कुरान, बाईबल होईन, यसलाई परिमार्जन गर्न सकिन्छ” मन्त्री अथकले अगाडी भन्नुभयो, “खेलकुद क्षेत्रको विकासकालागि ऐनलाई आफ्नो अनुकुलतामा प्रयोग गर्न सकिन्छ ।”

ऐनलाई बाघको संज्ञा दिदैं मन्त्री अथकले भन्नुभयो, “बाघ, भालु वा हात्तिसँग सँगै सुत्न त सकिदैन, तर आवश्यकताका आधारमा नियन्त्रणमा राख्न भने सकिन्छ ।” अथकले लामो समयपछि आएको खेलकुद ऐनमा केही अपूर्णताहरु देखिए पनि त्यसलाई शंसोधन गर्दै लैजान सकिने बताउनुभएको हो ।

साथै नवौं खेलकुद प्रतियोगितालाई समयममै संचालन गर्न आवश्यक तयारी सुरु गरीएको, खेलकुद विश्वविद्यालय संचालनकालागि आवश्यक प्रक्रिया अगाडी बढाईएको र खेल क्षेत्रको विकासकालागि नयाँ तथा पृथक योजनाको खाका कोर्ने काम सुरु गरीएको मन्त्री अथकले बताउनुभयो ।

खेल क्षेत्रमा लामो समयदेखी विज्ञता हासिल गरेका खेलाडीहरु नै आफ्नो मुख्य सल्लाहकार भएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडीहरुबाटै नयाँ योजना आएको खण्डमा त्यसलाई कार्यान्वयमा लैजान मन्त्रालय प्रतिवद्ध रहेको समेत उल्लेख गर्नुभयो । खेल गतिविधि सञ्चालनमा रकम अभाव हुन नदिने बताउँदै मन्त्री अथकले भन्नुभयो, “तपाईहरु योजना ल्याउनुहोस, स्रोतको ब्यवस्थापन राज्यले गर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *