Wednesday, April 22सत्यम खबर
Shadow

पाकिस्तानद्वारा भारत १० विकेटले पराजित

नेपालगन्ज, ८ कार्तिक – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानद्वारा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले विश्वकपमा पहिलो जित निकालेको छ ।
भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो । आईतबार राति भएको सुपर १२ को खेलमा ओपनरद्वय मोहम्मद रिज्वान र बाबर अजामले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि पाकिस्तानले शानदार शुरुवात गरेको थियो ।


जितको लागि १ सय ५२ रनको रक्ष्य पछ्याएको पाकिस्तानले १७।५ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेट्टायो । पाकिस्तानको लागि दुवै ओपनरले अर्धसतक पूरा गरे ।
मोहम्मद रिज्वानले ५५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७९ रन बनाउँदा बाबर अजामले ५२ बलमा ६८ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *