Wednesday, April 22सत्यम खबर
Shadow

नेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

नेपालगन्ज, ९ कार्तिक – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलाई कार्यालयमा स्वागत गरिएको छ । मंगलबार आयोजित कार्यपालिका बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत सुवेदीको स्वागत गर्नुभयो ।

भूमी व्यवस्था विभागबाट सुवेदीको नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको हो । सुवेदीले यसअघि पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी वहन गरिसक्नु भएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपालगन्जको आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *