Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

त्रिपाठीलगायतलाई अवध अन्टाद्वारा सम्मानित

त्रिपाठीलगायतलाई अवध अन्टाद्वारा सम्मानित

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – कोभिड–१९ कोरोना भाईरसको भयावाह अवस्थामा सक्रिय भई आम सर्वसाधारणहरुको सेवामा खटिएको हुँदा मधेश मिडिया मिशन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठलाई सम्मान गरिएको छ । कपिलवस्तुको तौलिहवामा आयोजित ‘अवध अन्टा तथा केएमसि सबमिट ओन कोभिड इमपेक्ट’ कार्यक्रम बीच अध्यक्ष त्रिपाठीलाई सम्मान गरिएको हो । यसैगरी, मधेश मिडिया मिशनका सन्ध्या शर्मा, चन्दा सिंह, सन्तोषी सिंह, सकिल अहमद राई, देवी दयाल मिश्रालाई सम्मानित गरिनुका साथै पञ्चशिल लायन्स क्लबका कृष्णादेवी पाण्डेयलाई समेत सम्मानित गरिएको थियो । यसैगरी, अवधी भाषी वरिष्ठ पत्रकार विजय बर्मालाई समेत सम्मानित गरिएको थियो ।कार्यक्रमको अध्यक्षता ग्रहण गरेका अवध अन्टाका वरिष्ठ उपाध्यक्ष शिव प्रसाद मिश्राद्वारा प्रमाण–पत्र प्रदान गरि सम्मानित गरिएको थियो ।...
जनगणना २०७८ मा सहभागी हुन नेपालीहरु भारी संख्यामा फर्किंदै

जनगणना २०७८ मा सहभागी हुन नेपालीहरु भारी संख्यामा फर्किंदै

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ मा सहभागी हुन भारततर्फ रोजगारीका लागि विभिन्न कार्यमा गएका नेपालीहरु भारी संख्यामा स्वदेश फिर्ता हुन लागेका छन् ।तथ्यांक विभागले कोही नछुटौ, कोही नदोहोरियौं, बसोबास गरेकै ठाउँबाट आफ्नो विवरण लेखौं, यो कार्य सम्पन्न गर्न गणकहरुलाई देशभर नै खटाएको छ । राष्ट्रिय जनगणनाको प्रचारप्रसार व्यापक रुपमा गरिएकोले सबै आ–आफ्नो विवरण उल्लेख गराउन आ–आफ्नो घर फर्किरहेका छन् । यसमा २०६३ सालमा फर्जी रुपले नेपाली नागरिकता प्राप्त गर्न सफल भएकाहरु बढी सक्रिय रहेको देखिन्छन् । ‘जनगणनामा आफ्नो विवरण लेखाउन छुटेमा नागरिकता नै रद्द हुने’ उनीहरुको बुझाई रहेकोले विभिन्न भारतीय क्षेत्र रुपईडिहा, मिहिपुर्वा, चर्दा, गंगापुर लगायतमा बसेकाहरु अब विवरण उल्लेख गराउन बढी संख्यामा आएको देखिन्छन् ।यसबाट गणकहरुलाई अब विवरण भर...
७ नं. वडाको घरघरमा वडा सदस्य किशोर थापाको नै चर्चाः अब उनीले वडाध्यक्ष पदमा चुनाव लड्नुपर्ने वडाबासीको माग

७ नं. वडाको घरघरमा वडा सदस्य किशोर थापाको नै चर्चाः अब उनीले वडाध्यक्ष पदमा चुनाव लड्नुपर्ने वडाबासीको माग

CoVid19, अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – आफ्नो वडाध्यक्षलाई लात्तीले कुटेको घटना ७ नं. वडाको घर–घरसम्म चर्चाको विषय बन्न पुगेको छ । यसकारण अब वडाध्यक्षलाई कुट्ने वडासदस्य किशोर थापाको चर्चा सबैतर्फ भईरहेको छ ।वडाध्यक्ष जुम्मन खाँको कुटाई घटनाबाट खुशी वडाबासीहरुले अब किशोर थापा वडाध्यक्ष पदमा चुनाव लड्नु पर्ने माग गर्न शुरु गरेका छन् । गत विहिबार एउटा सिफारिसको विषयलाई लिएर ७ नं. वडासमिति कार्यालयमा विवाद चलि रहँदा वडाध्यक्ष खाँले वडा सदस्य थापालाई पहिले एक मुक्का मुखमाथि हानेका थिए, सो पछि आक्रोशित वडा सदस्य थापाले वडाध्यक्ष खाँमाथि लात्ती मुक्काले वर्षा गरेका थिए । दुबै जनाबीच हानाहान चलिरहँदा त्यहाँ बसेका केही महिलाहरुले मौकाको फाईदा उठाउँदै वडाध्यक्ष खाँमाथि चप्पल, सैण्डिल हान्न शुरु गरिन् यो सबै घटनाको दृश्य वडासमिति कार्यालयमा जडान गरिएको सिसि टिभि क्यामराबाट देखिएको छ । वडाध्यक्ष र वडा सदस्य ब...
चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान

चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान

आस्था, प्रदेश ५, राजनीति, समाचार
कपिलवस्तु २६ कार्तिक - नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव विहिबार कृष्णनगरमा आएका थिए l जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान)को अगुवाईमा स्वागत उनकै निवासमा गरिएको थियो l राष्ट्रिय अध्यक्ष यादवका साथ पूर्वमन्त्री दानबहादुर चौधरी, जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा नेपालका केन्द्रीय सदस्य नरसिंह चौधरी लगायतको आगमन रहेको थियो l मुस्लिम समाजका जानकार तथा विद्वान उलेमा हजरातका साथ अरू धर्मका जागरूक व्यक्ति तथा आम नागरिक उक्त स्वागतमा सामेल भएका थिए l आवासमा उपस्थित व्यक्तिहरूले आ-आफ्नो समस्या तथा आफ्नो हक अधिकारको कुरा राष्ट्रिय अध्यक्ष यादवसंग राखे l जसमा विस्तृत रूपमा जसपा नेपाल पार्टी तथा राष्ट्रिय नीतिको बिषयमा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बताए...
मुस्लिम, थारु, मधेशीसँग अहिलेपनि भेदभाव कायमै : नेता उपेन्द्र यादव

मुस्लिम, थारु, मधेशीसँग अहिलेपनि भेदभाव कायमै : नेता उपेन्द्र यादव

अवधी, आस्था, प्रदेश ५, राजनीति, समाचार
कपिलवस्तु , २५ कार्तिक - नेपालकाे संविधान २०७२अपुर्ण रहेकाले राज्यमा मुस्लिम, थारु, मधेशीसँग अहिलेपनि भेदभाव कायमै रहेकाे जसपा अध्यक्ष उपेन्द्र यादवकाे भनाई छ ।आज जिल्लाकाे कृष्णनगरमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र ३ ले आयाेजना गरेकाे पार्टी सुदृढीकरण तथा जनजागरण अभियान एवं अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि रहेका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मन्तव्य राख्ने क्रममा राज्यले अहिलेपनि मधेश जनआन्दोलन विपरित संविधान जारी गरि विभिन्न तरिकाले मुस्लिम, थारु, मधेशीसंग भेदभाव कायमै राखेकाे बताउनुभयाे । कार्यक्रममा बाेल्दा अध्यक्ष यादवले नेपालमा राजनिति सत्ता प्राप्तमा मात्र केन्द्रीत रहेकाेले अब समावेशी, संघिय संरचनालाई बचाउन हामी सबै एकजुट भई अगाडि बढ्नुकाे बिकल्प नरहेकाे बताउनु भयाे । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता...
जोगागाउँ मेला मंसिर ३ गतेबाट सुरु हुने

जोगागाउँ मेला मंसिर ३ गतेबाट सुरु हुने

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
रोहित मिश्राजानकी, २५ कार्तिक - बाँकेको जानकी गाउँपालिका वडा नं २ मा जोगागाउँ मेला तयारी पूरा भएकाे जनाईएकाे छ । आज विहिबार भएकाे छलफलबाट जानकी गाउँपालिका वडा न.२ अन्तर्गत रहेको जोगागाउँ बाबाकुट्टिमा प्रत्येक वर्ष कार्तिक पुर्णिामामा लाग्ने मेला यस वर्ष मंसिर ३,४ र ५ गते लाग्ने तथा उक्त मेला हर्षाेउल्लासका साथ सम्पन्न गराउन विभिन्न समितिहरू समेत गठन गरिएकाे जनाईएकाे छ । सो मेलालाई सञ्चालन तथा व्यवस्थापनको लागि अध्यक्ष जयराम काँदु, उपाध्यक्ष बाबादिन चमार, सचिव कुलबहादुर थापा, सहसचिव विष्णु कोरी, कोषाध्यक्ष रज्जव अलि हलवाईसहित १५ सदस्य मुल समितिसहित सुरक्षा समिति, सल्लाहकार समिति लगायत गठन गरिएकाे छ । जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताकाे अगुवाईमा नव गठित जाेगागाउँ मेलालाई वडा अध्यक्ष गुप्ताले शान्त र मर्यादित तरिकाबाट मेला सम्पन्न गराउने आशा रहेकाे भन्दै...
जय जाति जननी !

जय जाति जननी !

अवधी, आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ कार्तिक २५ गतेसकिल अहमद राईबाँके जिल्लामा कसौधन वैश्य समुदायको ठूलो बसोबास रहेको छ । यस जिल्लामा करीब–करीब ७ हजारको जनसंख्या यिनीहरुको रहेको छ । नेपालगन्जमा बनेको मन्दिर, देवालय, धर्मशाला, पार्टी पउवा, स्कूल विद्यालयहरुको धेरै जसो निर्माण यसै समुदायबाट भएको हो । विभिन्न सामाजिक सेवा कार्य यो समुदाय दशकौंदेखि अग्रणी रही कार्य गर्दै आएको छ । यस समुदायको मूल नारा हो जय जाति जननी । महार्षि कश्यप गोत्रको यो समुदाय हो । कश्यप ऋषिको तपोस्थली भारतको कश्मीर राज्य हो । यस कारण कसौधन वैश्य समुदाय कश्मीरबाट आएको सम्म भन्ने गरिन्छ । कसौंधन, केशरवाल, केशरवानी समुदायको अगाडि क शब्द जोडिएको छ । यसरी केशर ‘जाफरान’को खेती गर्ने यो समुदाय रहेको अधिकांशहरुको मत रहेको छ । कसौधन वैश्य समुदायको बसोबास बाँके जिल्लामा बढी छ । विभिन्न वार्डहरुमा यो समुदाय छरिएर बसेका छन् । यसमा पचासौं वर्ष अघि भार...
कृष्णनगरमा पनि मनाईयो छठ पर्व

कृष्णनगरमा पनि मनाईयो छठ पर्व

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, २५ कार्तिक – तराईको जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत विहिवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत बुधवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् । कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज, लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाडा वर्तन,कनसुप्ति, छिट्टा (बाँसले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढाउने गर्दछन् ।कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठपूजा धुमधामका साथ मनाइएको छ । उक्त स्थानमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाह, राष्ट्रिय प्रजातन्त्...
नेपालगन्जमा इन्टरनेशनल एकाउन्टिङ्ग डे मनाइयो

नेपालगन्जमा इन्टरनेशनल एकाउन्टिङ्ग डे मनाइयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ कार्तिक – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगन्जले अन्तर्राष्ट्रिय लेखा दिवस (इन्टरनेशनल एकाउन्टिङ्ग डे) मनाएको छ ।नोभेम्बर १० अर्थात अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा संस्थाले नेपालगन्जमा प्रभात फेरी कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।संस्थाका निवर्तमान पार्षद, चार्टर्ड एकाउन्टेन्ट, रजिष्ट्रर्ड लेखा परीक्षक तथा लेखा प्राविधिक सदस्यहरु र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर्मचारीहरुको उपस्थितिमा आयोजित प्रभात फेरी गणेशमान चोकबाट शुरु भई बी.पी. चोक हुँदै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगन्जमा पुगेर समापन गरिएको थियो । समापन समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा समन्वय समिति संयोजक सिए. विश्वराम भण्डारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ बाँके च्यापटरका संयोजक सिए. तेज प्रकाश दीक्षित, अडिटर्स एसोसिएसन अफ नेपाल...
हिन्दू अधिराज्य पूनःस्थापनाको माग गर्दै र्याली (फोटोफिचरसहित)

हिन्दू अधिराज्य पूनःस्थापनाको माग गर्दै र्याली (फोटोफिचरसहित)

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ कार्तिक – संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ महिला केन्द्रीय समितिले आज सोमबार अखण्ड नेपाल हिन्दू अधिराज्य पूनःस्थापना र्याली तथा विरोध सभाको आयोजना गरेको छ । माईतीघरमा प्रदर्शनमा उत्रिएकाहरुले ‘कुशासनको अन्त्य गर’, विधिको शासन लागु गर, न्यायालय भित्रको बेथितिको अन्त्य गर, अदालभित्रको गुटबन्दी अन्त्य गर, न्यायिक अराजकता बन्द गर लगायतका नारा लगाएका थिए ।...