Wednesday, April 22सत्यम खबर
Shadow

चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान

कपिलवस्तु २६ कार्तिक – नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव विहिबार कृष्णनगरमा आएका थिए l जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान)को अगुवाईमा स्वागत उनकै निवासमा गरिएको थियो l

राष्ट्रिय अध्यक्ष यादवका साथ पूर्वमन्त्री दानबहादुर चौधरी, जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा नेपालका केन्द्रीय सदस्य नरसिंह चौधरी लगायतको आगमन रहेको थियो l

मुस्लिम समाजका जानकार तथा विद्वान उलेमा हजरातका साथ अरू धर्मका जागरूक व्यक्ति तथा आम नागरिक उक्त स्वागतमा सामेल भएका थिए l

आवासमा उपस्थित व्यक्तिहरूले आ-आफ्नो समस्या तथा आफ्नो हक अधिकारको कुरा राष्ट्रिय अध्यक्ष यादवसंग राखे l जसमा विस्तृत रूपमा जसपा नेपाल पार्टी तथा राष्ट्रिय नीतिको बिषयमा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बताए कि नेपाल सरकरसंग समस्याको समाधानका निम्ति हाम्रो पार्टी प्रयासरत रहेको, जस्को परिणाम छिट्टै आउने संकेत दिनुभयो l

उहाँ ले भनेकी जनतालाई आफ्नो अधिकारका लागि संघर्ष जारी राख्नु पर्छ तब मात्र गरीब, असहाय, व्यापारी, बेरोजगार लगायत समस्याको समाधान हुने देखिन्छ l आफ्नो निवसमा उपस्थित सबैलाई धन्यवाद दिँदै प्रदेश प्रवक्ता अकरम पठानले उइगर मुस्लिम माथी चाइना मा दमन भैरहेको कुरा अवगत गराउदै तर पनि हाम्रो पार्टीले प्रदेश नं २ को मुख्यमंत्रीमा मुस्लिम समुदायबाट नै राखेको जिक्र गरे l उक्त कार्यक्रमको सञ्चालन निजाम अहमदले गरेका थिए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *