
नेपालगन्ज, २८ कार्तिक – कोभिड–१९ कोरोना भाईरसको भयावाह अवस्थामा सक्रिय भई आम सर्वसाधारणहरुको सेवामा खटिएको हुँदा मधेश मिडिया मिशन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठलाई सम्मान गरिएको छ ।

कपिलवस्तुको तौलिहवामा आयोजित ‘अवध अन्टा तथा केएमसि सबमिट ओन कोभिड इमपेक्ट’ कार्यक्रम बीच अध्यक्ष त्रिपाठीलाई सम्मान गरिएको हो ।

यसैगरी, मधेश मिडिया मिशनका सन्ध्या शर्मा, चन्दा सिंह, सन्तोषी सिंह, सकिल अहमद राई, देवी दयाल मिश्रालाई सम्मानित गरिनुका साथै पञ्चशिल लायन्स क्लबका कृष्णादेवी पाण्डेयलाई समेत सम्मानित गरिएको थियो ।

यसैगरी, अवधी भाषी वरिष्ठ पत्रकार विजय बर्मालाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका अवध अन्टाका वरिष्ठ उपाध्यक्ष शिव प्रसाद मिश्राद्वारा प्रमाण–पत्र प्रदान गरि सम्मानित गरिएको थियो ।






