आयुर्वेदको प्रयोगले कोरोना जित्न सकिने
नेपालगन्ज, १८ पाैष - कोरोनाको समयमा आयुर्वेदको प्रयोगले कोरोना जित्न सकिने पुष्टि भए पश्चात स्थानिय निकायले आयुर्वेदको महत्व बुझेर आयुर्वेदको प्रयोग बढाउन पहल गरेको एक कर्यक्रममा निष्कर्ष निकालिएको छ ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जद्वारा आयोजित आयुर्वेद सेवा कार्यक्रम सम्बन्धि समन्वयात्मक बार्षिक समिक्षा गोष्ठीमा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीले आयुर्वेदमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्न पनि निर्देशन गर्नु भयो ।
यसैगरी आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका सदस्य अछरी पोखरेलले बार्षिक समिक्षा आवश्यक रहेको भन्दै समिक्षाबाट राम्रा कुरालाई निरन्तरता र कमि कमजोरीलाई हटाउँदै जानु पर्ने बताउनु भयो । समितिका सदस्य पोखरेलले आयुर्वेद स्वास्थ्य केन्द्रको अहितमा काम गर्न आयुर्वेद स्वास्थ...









