Sunday, April 19सत्यम खबर
Shadow

प्याब्सनको मैत्रीपुर्ण भलिबल

हेमन्त राज काफले
नेपालगन्ज, १५ पौष – निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था प्याब्सन नेपालगन्ज नगरले आफ्नो बार्सिकोत्सव यहि २४ गते भब्य रुपमा मनाउनका लागि साप्ताहिक रुपमा विविध खेलकुद गर्दै आएको छ ।


त्यसै अन्तर्गत आज विहिबार मैत्रीपुर्ण भलीबल प्रतियोगिता नगर अध्यक्ष बिकास बज्राचार्यको सभापतित्व उपमेयर उमा थापाको प्रमुख अतिथी तथा विशेष अतिथी जिल्ला अध्यक्ष यम रावत, प्याब्सन जिल्ला सल्लाहकार बिधामान राज भन्डारी, खड्गबहादुर बोहरा, शिक्षा समिती सदस्य तरुण बज्राचार्य लगायतको उपस्तिथिमा उदघाटन कार्यक्रम सप्पन्न भएको छ ।


शिक्षकको १६ वटा टिम र विद्यार्थीहरुको २२ वटा टिम १३ वटा छात्र र ९ वटा क्षात्राको टिम रहको र पहिलो खेल जिभियन स्कुल र नेपालगन्ज मोडल एकेडमी बिच जारिरहेको नेपालगन्ज नगर प्याब्सन सचिब मानबहादुर थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *