Sunday, April 12सत्यम खबर
Shadow

आयुर्वेदको प्रयोगले कोरोना जित्न सकिने

नेपालगन्ज, १८ पाैष – कोरोनाको समयमा आयुर्वेदको प्रयोगले कोरोना जित्न सकिने पुष्टि भए पश्चात स्थानिय निकायले आयुर्वेदको महत्व बुझेर आयुर्वेदको प्रयोग बढाउन पहल गरेको एक कर्यक्रममा निष्कर्ष निकालिएको छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जद्वारा आयोजित आयुर्वेद सेवा कार्यक्रम सम्बन्धि समन्वयात्मक बार्षिक समिक्षा गोष्ठीमा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीले आयुर्वेदमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्न पनि निर्देशन गर्नु भयो ।

यसैगरी आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका सदस्य अछरी पोखरेलले बार्षिक समिक्षा आवश्यक रहेको भन्दै समिक्षाबाट राम्रा कुरालाई निरन्तरता र कमि कमजोरीलाई हटाउँदै जानु पर्ने बताउनु भयो । समितिका सदस्य पोखरेलले आयुर्वेद स्वास्थ्य केन्द्रको अहितमा काम गर्न आयुर्वेद स्वास्थ्य केन्द्रमा आवद्ध व्यक्ति वा संघसस्था कोहिलाई पनि छुट नभएको बताउनु भयो ।

समिक्षा गोष्ठीमा आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका प्रमुख अनिलकुमार चौधरीले आ.ब.२०७७/०७८ को प्रगति तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तु गर्नु भएको थियो । जसमा परामर्श, करारमा रहेका कर्मचारीको विवरण, संघिय ससर्त अनुदान तर्फको बजेट, बहिरंगी सेवाको अवस्था, प्रयोगशाला जाँच, नागरीक आरोग्य सेवा केन्द्र स्थापना, समन्वयको अवस्था, भौतिक पुर्वाधार औषधि व्यवस्थापन मानवस्रोत लगायतका सवालमा प्रस्तुती गर्नु भएको थियो ।

उहाँले विगतमा सरकारले आयुर्वेद अस्पताललाई वेवास्ता गरेको बताउँदै अबका दिनमा आयुर्वेदको महत्वका बारेमा थोरै भए पनि चेतना जाग्दै गएको बताउनु भयो । समिक्षा गोष्ठीमा विभिन्न स्थानका काविराज र बैद्य निरिक्षकहरुले भौतिक पुर्वाधार र औषधि सम्बन्धि जानकारी, कर्मचारी विवरण, उपकरण सम्बन्धि जानकारी, संघिय र स्थानिय सरकारबाट प्राप्त कुल बजेट, भौतिक पुर्वाधार औषधि व्यवस्थापन मानव स्रोत व्यवस्थापन लगायतका सवालमा आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समिक्षा गोष्ठीमा नेपालगन्ज उपमहानगरपालिकाका योजना शाखा प्रमुख ब्रजभुषण झा, परस्पुर आयुर्वेद शाखा प्रमुख दिलिपकुमार नायक, बैजनाथ गाउँपालिका वडा नंं.८का वडा अध्यक्ष भगवान थारु, भवनियपुरका बैद्य निरिक्षक बामदेब शर्मा, कोहलपुर आयुर्वेद औषधालयका कविराज निरिक्षक उदय श्रेष्ठ, जयसपुर आयुर्वेद औषधालयका बैद्य निरिक्षक जयमंगल प्रसाद पटेल, नागरिक आरोग्य सेवा केन्द्र खजुराका किरण खनाल, टिटिहिरिया आयुर्वेद औषधालय बैजनाथका कविराज नविन विष्ट, नागरिक आरोग्य सेवा केन्द्रका अन्जना थारु, नरैनापुर नागरिक आरोग्य सेवा केन्द्रका रोशन शर्मा लगायतले आ-आफ्नो प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै गोष्ठीमा स्थानिय स्वास्थ्य निर्देशिका र प्रर्देशको स्वास्थ्य निर्देशिकामा केही कुराहरु प्रष्ट नभएका कारण निर्देशिकामा दुबैपक्ष कसरी मिलेर काम गर्ने भन्ने सवालमा स्पष्ट उल्लेख गरी स्थानिय निकाय र प्रर्देशद्वारा प्रष्ट निर्देशिका बन्न जरुरी रहेका निष्कर्ष निकालिएको थियो ।

समिक्षा गोष्ठीमा २ दर्जन बढि व्यक्तिको सहभागीता रहेको थियो । कार्यक्रममा आयुर्वेद स्वाथ्य केन्द्रका बैद्य निरिक्षक सीताराम चौधरीले स्वागत भाषण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *