Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

आस्था, खेल, प्रदेश ३, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ पौष - राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गर्नुभएको थियो । सोही समितिको सिफारीसको आधारमा मन्त्री परिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरीएको हो । उपाध्यक्ष पदमा नियुक्तीका लागि १२ जनाले आवेदन दिनु भएको थियो ।...
गाैडेल समुहकाे प्रचार प्रसार तिब्र

गाैडेल समुहकाे प्रचार प्रसार तिब्र

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २१ पाैष - नेपाली काँग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले प्रचार प्रसारलाई तीब्र पारेको छ । गौडेल समूहले जिल्ला अधिवेशनका मतदाताका रुपमा रहेका क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्ने क्रम जारी नै राखेको छ । बुधबार नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा पुगेर गौडेल समूहका उम्मेदवारहरुले क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट गरेका छन् । वडा नम्बर १, २, १२ र १८ मा पुगेर भेटघाट गरिएको गौडेल समूहको सचिवालय सहसंयोजक एबम् क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले बताए । भेटघाटका क्रममा क्षेत्रीय प्रतिनिधिहरुले गौडेल समूहलाई सहयोग गर्ने बताएको गिरीले जानकारी दिए । सभापतिका उम्मेदवार गौडेल, उपसभापतिका उम्मेदवार गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवका उम्मेदवार सुधांशु कोइराला र टंक प्रसाद काफ्ले (आशिष) तथा सहसचिवका उम्मेदवार रेणु सिंह ठाकुर र विश...
जानकी १ मा जेष्ठ नागरिक सम्मान

जानकी १ मा जेष्ठ नागरिक सम्मान

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ पौष – बाँकेको जानकी गाउँपालिकाले गाउँपालिकाका वडा नं १ले आफनै वडा भित्रको ५ वटै गाउँमा रहेका ७० वर्ष माथिका वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण गरी सम्मान गरिएको छ ।जानकी गाउँपालिकाको वडा नं १ को आयोजनामा वृद्धवृद्धा नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । जानकी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मो. रजा राईले अति गरिब परिवारको पहिचान गरी न्यानो कपडा वितरण गर्नु भएको हो । बदलिंदो मौसमका कारण अतिविपन्न परिवारको पहिचान गरी जानकी गाउँपालिका वडा नं १ ले न्यानो कम्पल सहयोग वडा अध्यक्ष राईले बताउनुभयो । कम्बल वितरण गर्दै वडा अध्यक्ष राईले गाउ“ भित्रका नागरिकको आवश्यकताका आधारमा कम्बल वितरण गरिएको भन्नु भयो ।उहाँले नागरिकका लागि जस्तो सुकै अवस्थामा पनि सहयोग गर्ने बताउनु भयो । वडा अध्यक्ष राईले सहयोग सानो र ठूलो भन्ने हुन्न तर नागरिक हितका लागि जस्तो सुकै सहयोग गर्न तयार र...
नेपालगन्जका मुख्य चोकहरुमा आगो ताप्ने ब्यवस्था

नेपालगन्जका मुख्य चोकहरुमा आगो ताप्ने ब्यवस्था

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० पाैष - अत्याधिक जाडो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले मुख्य चौकहरुमा आगो ताप्ने ब्यवस्था गरेको छ । मंगलबार साँझ त्रिभुवन चौकबाट यसको सुरुवात गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, प्रमुख जिल्ला अधिकारी सुर्यवहादुर खत्री, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारी लगायतको उपस्थितीमा नेपालगन्जका मुख्य चौकमा आगो ताप्ने ब्यवस्था गरिएको हो । आगो ताप्नका लागि डम सहित मुख्य चौकहरुमा सुरक्षितरुपमा दाउरा बाल्ने ब्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार मंगलबार ५० वटा डमसहित चौकहरुमा दाउरा सहित आगो ताप्ने ब्यवस्था मिलाइएको छ । बुधबारदेखि आवश्यक थप स्थानमा समेत आगो ताप्ने ब्यवस्था मिलाइने सुवेदीले बताउनुभयो । अत्याधिक चिसो ...
रोजगार होईन स्वरोजगार हुनुहोस् : मन्त्री अथक

रोजगार होईन स्वरोजगार हुनुहोस् : मन्त्री अथक

आस्था, खेल, प्रदेश ३, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० पौष - युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरु स्वरोजगार हुनुपर्ने बताउनु भएको छ । मंगलबार राजधानिमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले रोजगारीको मात्र उद्धेश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताउनुभएको हो । अरुको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढि लाभदायी हुने उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं ।” राष्ट्रिय युवा परिषद र आईडिया स्टुडियो नेपालको साझेदारीमा संचालित “युवा नवप्रवर्तन/इन्क्युवेसन नीति प्रयोगशालामा आधारित” पाँच दिने तालिमको समापन समारोहमा सहभागी हुन ललितपुर पुग्नु भएका मन्त्री अथकले देश भित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । तालिममा सहभागी सातै प्रदेशका युवाहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले विदेशमा गएर जस्...
चीनले ताईवान माथि आक्रमण गरे जापान र अमेरीकाको संयुक्त सेनाले कडा प्रतिरोध गर्ने

चीनले ताईवान माथि आक्रमण गरे जापान र अमेरीकाको संयुक्त सेनाले कडा प्रतिरोध गर्ने

अपराध, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २० पौष – विस्तारवादी नीति राखेको चीनले ताईवानमाथि आक्रमण गर्ने तयारी गी रहेकोले जापान र अमेरिकाको संयुक्त सेनाले त्यसको कडा प्रतिरोध गर्ने तयारीमा जुटेको छ ।चीन अगामी केही समयमा ताईवान माथि आक्रमण गर्ने तयारीमा लागेको देखिन्छ । चीनको यस आक्रमणलाई विफल पार्न अमेरिका, जापान र ताईवान मिलेर आपसी सैन्य गठबन्धन गरेका छन् । फोटोः गुगल यस बीच चीन र जापानको बीच काकु दीप समूहको विषय लिएर मतभिन्नता छ । कारण यो छ कि जापानको शेन्काकु दीप समूहमाथि चीनले यो दीप हाम्रो हो भनेर दाबी गरेको छ । यसमा त्यसले शेन्काकु दीप समूह आफ्नो रहेको नक्सा समेत सार्वजनिक पनि गरेको छ । तर जापानले यो नक्सा फर्जी रहेको भन्दै त्यस दीपबाट हट्न चाहेको छैन । जसको कारण एक तर्फ ताईवान र अर्को तर्फ जापानसँग चीनको शत्रुता बढिरहेको छ । ताईवान, जापानको शत्रुता चीनसँग बढेपछि अमेरिका यस विवादमा हाम फालेको छ । अमेरिकाले आ...
अब यहुदी, इसाई र मुस्लिम राष्ट्रमा एउटै धर्म मानिने ?

अब यहुदी, इसाई र मुस्लिम राष्ट्रमा एउटै धर्म मानिने ?

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
– विद्रोहीसमय सापेक्षकाल अनुसार धर्मको परिभाषा र स्वरुप पनि फेरिँदै रहन्छ । विश्वमा यसअघि कैयौं धर्मको उत्पत्ति भयो त्यसमा तमाम धर्मको लोप पनि भयो पछि नयाँ धर्म र सभ्यताहरु जन्मिए । यस्ता जन्मिएका मध्येका सभ्यता हुन्, इसाई, यहुदी र इस्लाम । यिनीहरु आफूलाई धर्म मान्ने गर्छन् तर वास्तविक रुपमा देख्ने हो भने यिनीहरु एउटा मत मात्र हुन् । यि ३ वटै धर्मबीच ठूलो ठूलो युद्धहरु हुँदै आएको छ । केही धर्म ग्रन्थमा यहुदी, नसारा, मजुसीहरु आफ्ना खुल्ला दुश्मन हुन् यिनीलाई हेर्दै नै हत्या गरी देउ यस्तो आदेश दिइएको पाइन्छ । तर अब यस्तो शत्रुताको अन्त हुने भएको छ । यसका लागि अरब देशहरुले ठूलो पहल गरेका छन् । बहरीन र युएईले इजरायल देशमा यहुदी धर्म मान्ने, इसाई धर्म मान्ने र इस्लाम धर्म मान्नेहरुलाई एक अर्का नजीक ल्याउन महत्वपूर्ण सम्झौता गरेका छन् । यो सम्झौतालाई इब्राहिमी सम्झौता भनिएको छ । इस्लाम धर...
नेपालगन्जमा अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीको आयोजन

नेपालगन्जमा अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीको आयोजन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, २० पौष – सम्पूर्ण विश्वमा साम्प्रदायिक सौहार्द बढाउन मुस्लिम शिया समुदायले अभियान चलाएको छ । नेपालगन्जमा यसै अभियन अन्तर्गत अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीको आयोजना गरिएको छ ।शनिवार दिन इस्लामिक सेन्टर अफ द वल्र्ड फेडरेशन इन नेपाल र नेपाल मुस्लिम महिला समाज नेपालगन्ज बाँकेले आयोजना गरेको अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीले हजरत ए फातिमा रजि. ले देखाउनु भएको सम्पूर्ण मानवताको आदर्शको उपदेशमा हिँड्न प्रेरित गर्न यस गोष्ठीबाट प्रयास गरिएको छ । यस बहुधार्मिक गोष्ठी कार्यक्रममा बौद्ध धर्मका धर्मगुरु गुन बहादुर लामा, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, इस्लामी विद्वान सैयद मेहँदी मुत्तवी, बागेश्वरी मन्दिरका मठाधीश चन्द्रनाथ योगी, इस्लामिक विद्वान मिर्जा याकूब अब्बास, इसाई धर्मगुरु डम्मर थापा, सिख धर्मगुरु ग्रन्थी सोहन जी प्रमुख अतिथि रहनु भएको थियो ...
सरकारी प्रतिवेदन नै भन्छ– निर्मलालाई बादशाह कुर्मीले अपहरण गरी बेपत्ता पारेका हुन्

सरकारी प्रतिवेदन नै भन्छ– निर्मलालाई बादशाह कुर्मीले अपहरण गरी बेपत्ता पारेका हुन्

अपराध, अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० पौष – काठमाण्डौको जाडो र हिउँदको चिसो झरीबीच पनि उनीहरू हरेक दिन बिहान ११ बजे माइतीघर आइपुग्छन् र बेलुकी अबेरसम्म धर्नामा बस्छन् । धर्नामा बसेको ४०औं दिन आईतबार गृह मन्त्रालयको एउटा टोली उनीहरूको हालखबर बुझ्न आयो ।रूबी र उनका साथीहरूले टोलीलाई सोधे, ‘हाम्रो हालखबर त तपाईंहरूले देखिरहनु भएकै छ । यत्ति भन्नुस्, हाम्रो माग कसरी पूरा गर्नुहुन्छ ?’टोलीमा आएका गृहका अधिकारीहरूले भने, ‘तपाईंहरूका कुरा राख्नुहोस्, हामी सरकार समक्ष पु¥याइदिन्छौं ।’जवाफमा सबै महिलाका तर्फबाट रूबी खानले भनिन्, ‘निर्मला कुर्मीलाई बेपत्ता गरी हत्या गरिएकोबारे अस्ति भर्खरै गृह मन्त्रालयले नै गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन दिएको छ । सरकारले आफ्नै प्रतिवेदन कार्यान्वयन गरोस्, हाम्रो माग त्यत्ति हो ।’ धर्ना स्थलमा न्यायका लागि धर्ना दिईएका, फाईल फोटो गृहका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ब...
भाेलि मंगलबारदेखि कालीमाई मन्दिरमा श्रीराम कथा बाचन शुरू हुने, सहभागी हुन सबैमा अनुराेध

भाेलि मंगलबारदेखि कालीमाई मन्दिरमा श्रीराम कथा बाचन शुरू हुने, सहभागी हुन सबैमा अनुराेध

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ पाैष - नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ एकलैनी स्थित कालीमाई मन्दिरमा पौष २० गतेदेखि पाैष २६ गतेसम्म श्रीरामकथा बाचन शुरू हुने भएको छ । आज साेमबार कसौंधन बैश्य समाज बाँके, युवा मञ्च, महिला मञ्च तथा हलचल फउण्डेशन नेपालगन्जको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरि पौष २० गतेदेखि २६ गते सम्म श्रीराम कथा हुने कसौंधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले जानकारी गराएका छन् । माता–पिताले आफ्ना छोरोछोरीहरूसित कस्ताे व्यवहार गर्ने, सासु–ससुराले बुहारीसित कस्ताे व्यवहार गर्ने, छोराले आफ्ना माता–पितासित गर्ने व्यवहार, माता सिताकाे जीवन लगायतको बारेमा श्रीराम कथाबाट सिक्न सकिन्छ र श्रीराम कथाले आ–आफ्ना कर्तव्य के हो, त्यसको सन्देश दिन्छ, साेही उद्देश्यका साथ श्रीराम कथाको आयोजना गरिएको अध्यक्ष वैश्यले बताउनुभयाे । पत्रकार सम्मेलनमा कसौंधन बैश्य समाजका महासचिव सत्य नारायण कसौंध...