Tuesday, December 3सत्यम खबर
Shadow

“राज्यस्तरबाट उद्धारको संयन्त्र नहुँदा भारतबाट उद्धार गर्न गाह्रो”- संयाेजक काेईराला

नेपालगन्ज, १६ पाैष – माइती नेपाल, नेपालगन्जमा सन् २०२१ मा ५ सय २५ जनाको खोज तलासको निवेदन परेको आज जानकारी गराईएकाे छ ।

माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले आज शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार, यो वर्ष ५ सय २५ जनाको खोज तलासको निवेदन परेकोमा २ सय ३ जना फेला परेका छन् ।

माइती नेपालले नेपालगन्ज नाकामा बसेर जोखिमपूर्ण यात्रामा जान थालेका महिला तथा बालबालिकालाई रोक्ने काम गर्दछ । नेपालगन्ज नाकाबाट यो वर्ष ४ सय ३४ जनालाई घर फिर्ता गरिएको छ । चार सय ३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।

विगतमा नाकाबाट उद्धार गर्ने बढी र खोज तलासको निवेदन कम पर्ने गरेकोमा यो वर्ष त्यसको विपरित भएको छ । कोभिडका कारणले गर्दा यस्तो भएको कोइरालाको भनाई छ । माइती नेपालमा महिला तथा बालबालिका सम्पर्क विहीन भएको भन्दै खोज तलासको निवेदन पर्ने गरेकोमा यो वर्ष तीन जना पुरुष भारतमा बन्धक भएकाले उद्धारका लागि निवेदन परेको जानकारी गराईएकाे छ ।

यो गर्भासय बेचबिखनको घटना पनि बाहिर आएको छ । यस विषयमा बुझ्ने काम भइरहेको कोइरालाले बताउनुभयो । खोज तलासको निवेदनमा धेरै जसो सामाजिक सञ्जालको प्रयोगबाट जोडिएका छन् । कोइरालाले राज्य स्तरबाट उद्धारको संयन्त्र नहुँदा भारतबाट समेत उद्धार गर्न गाह्रो हुने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *