Friday, June 26सत्यम खबर
Shadow

आस्था

‘‘राजतिलकको गर तयारी आइ सकेका छन् भगवाधारी’’

‘‘राजतिलकको गर तयारी आइ सकेका छन् भगवाधारी’’

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ चैत्र - "राजतिलकको गर तयारी आई सकेका छन् भगवाधारी" नारा सहित ५८औं महामूर्ख सम्मेलन प्रसिद्ध हिन्दुवादी नेता दिवाकर खनालको अध्यक्षतामा सम्पन्न भएको छ । नेपालगन्जमा महामूर्ख सम्मेलनको आयोजन गर्ने परम्परा धेरै नै पुरानो छ । फागू पूर्णिमा होली पर्वको अवसरमा त्रिभुवन चोक पूर्व लाईन वडा नं. ८ मा यो महामूर्ख सम्मेलन कार्यक्रम हुँदै आएको छ । गत वर्ष २०७७ सालमा यसको अध्यक्षता नेपालगन्ज उद्योग वाणिज्य संघका नि. अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा सम्पन्न गरिएको थियो । यस वर्ष ५८औं महामूर्ख सम्मेलन आयोजन समितिको बसेको बैठकले छलफल गरि अध्यक्ष चयनको लागि पहिले नेगउवा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाको अध्यक्षतामा कार्यक्रमको आयोजन गर्ने निर्णय गरेको थियो तर मन्सुरीले यो सम्मान ग्रहण गर्न इच्छा नजनाएपछि संघका आदेशकुमार अग्रवालको नाम अघि सारिएको थियो । तर अग्रवालले पनि सम्मान ...
काँग्रेसकाे टाेल समिति गठन

काँग्रेसकाे टाेल समिति गठन

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ८ चैत्र - नेपाली काँग्रेस बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ मा रामनगर टोल समिति गठन गरिएको छ । अर्सद शेषको अध्यक्षतामा २५ सदस्यीय टोल समिति गठन गरिएको हो समितिको उपाध्यक्ष बक्षराज मौर्य र सचिवमा बविता वर्नवाल रहेका छन् । जमालुद्धिन बागवानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश ख उपसभापति सुभाष गुप्ता, नेपाल प्रेस युनियन बाँकेका पुर्व उपाध्यक्ष तथा केन्द्रिय पार्षद कुन्तलराज शर्मा, नेपाली काँग्रेस क्षेत्र २ सदस्य रितेश शर्मा बडही, नेका वडा-६ सचिव दिलिप रेग्मी, नेता कपिल पाठक, मनिष रेग्मी, प्रेम बुढाक्षेत्री, सुबोध बर्मा, अर्जुन भट्टराई, भुषण झा, सगुन श्रेष्ठ, मो.साकिर शेष, अमित पाठकलगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । नेपाली काँग्रेस बिधान अनुसार संगठनलाई सशक्त र जनमुखी बनाउन वडा नं.६ मा टोल समिति बिस्तार गर्ने क्रममा कालिका टोल समितिको अध...
वडा नं. १४ मा ४ वटा जनवर्गीय संगठन गठन

वडा नं. १४ मा ४ वटा जनवर्गीय संगठन गठन

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ८ चैत्र - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले अभियानलाई तिब्रता दिएको छ । आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ मा वडा भेला एवम् संगठन विस्तार कार्यक्रम अन्तर्गत ४ वटा जनवर्गीय संगठन विस्तार गरेको छ । संगठन विस्तार क्रममा अखिल नेपाल किसान महासंघ (क्रांतिकारी) अखिल नेपाल दलित मुक्ति मोर्चा, अखिल नेपाल महिला संघ (क्रांतिकारी) र योङ कम्युनिस्ट लिग नेपाल गरी ४ वटा संगठन गठन गरेको छ । मिना खटिकको नेतृत्वमा ११ जना सदस्य अखिल नेपाल महिला संघ क्रांतिकारी, राजित राम खाटिकको नेतृत्वमा ११ सदस्य अखिल नेपाल दलित मुक्ति मोर्चा, खेम राज बर्माको नेतृत्वमा ११ सदस्य अखिल नेपाल किसान महासंघ गरी विभिन्न जनवर्गीय संगठन विस्तार गरिएको छ । कमाण्ड नं ३ अन्तर्गत गोपाल पुनको कमाण्ड र सहकमाण्ड धर्मराज न्यौप...
“विधालयकाे बृहत् विकासतर्फ अग्रसर भई कार्य गर्ने”- हरिजन

“विधालयकाे बृहत् विकासतर्फ अग्रसर भई कार्य गर्ने”- हरिजन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
सकिल अहमद राईनेपालगन्ज, ८ चैत्र - श्री माध्यमिक विद्यालय बन्जारे गाउँ विद्यालय व्यवस्थापन समितिकाे निर्वाचन साेमबार सम्पन्न भएकाे छ । जानकी गाउँपालिकाले आफ्नै पालिका भित्र रहेका सरकारी विद्यालय मदरसाको पुरानो व्यवस्थापन समिति खारेज गरेर प्रत्येक विद्यालय र मदरसाहरूको पुनर्गठन गरि रहेको छ । यसै क्रममा श्री माध्यमिक विद्यालय बञ्जारे गाउँ जानकी ३ को विद्यालयमा पहिला अभिभावक भेला सम्पन्न गरेको थियो । अभिभावक भेलाबाट सहमति नभएपछि विद्यालयका प्रधानाध्यापक आदित्यकुमार वर्माले पुनः ७ दिनको सूचना प्रकाशित गरी उम्मेदवारी दर्ता गराउनका लागि अभिभावकहरूलाई अव्हान गर्नु भएकाे थियाे । यस क्रममा २ प्यानलले आ-आफनो ४-४ जना गरी उम्मीदवारी दर्ता गराउनु भएको थियो । विद्यालयमा २ सय ५७ जना अभिभावकहरूले नामावली अनुसार मतदमन गर्ने पाउने व्यवस्था मिलाईएकाे जस मध्ये ७ वटा मत बदर भएको जनाईएकाे छ । विजय हु...
हाेलिमिलन तथा जेष्ठ नागरिक सम्मान सम्पन्न

हाेलिमिलन तथा जेष्ठ नागरिक सम्मान सम्पन्न

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ चैत्र - बाँके जिल्लाको सुर्जी गाउँमा रहेको जन कल्याण युवा क्लबको आयोजनामा चैत्र ५ गते शनिवार होलीमिलन समारोह तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ का वडाध्यक्ष परसराम कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको होली मिलन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा शिवसेना नेपालका केन्द्रिय अध्यक्ष राजकुमार रौनियार, नन्दकिशोर गुप्ता, ललितकुमार रौनियार, दिवाकर खनाल, रमारानी बैश्य, मनकामना ईट्टा उद्योगका विजयकुमार जायसवाल, राप्रपा १९ नं. बसुदेवपुरका अध्यक्ष धनराज काँदूलगायतले होलीको शुभकामना दिदैं होलीको महत्व बारेमा चर्चा गर्नुका साथै जन कल्याण युवा क्लबले गरेको कार्यको सह्राना गर्दै उत्तोरत्तर प्रगतिको कामना व्यक्त गरेका थिए । सो अवसरमा स्थानीय सुर्जीगाउँका २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा श्याम मनोहर कलवार, प्य...
बागेश्वरी मन्दिरमा सरसफाई

बागेश्वरी मन्दिरमा सरसफाई

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईनेपालगन्ज, ५ चैत्र - बास बाँके शाखा र बास स्वयंसेवकको सयुक्त आयोजनामा आज शनिबारका दिन धार्मिक पर्यटीय स्थल बगेश्वरी मन्दिर परिसर भित्र सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सफा र स्वच्छ शहर, हामी सबैको रहर भन्ने मुल नारालाई आत्मसाथ गर्दै साप्ताहिक रूपमा सरसफाइ अभियान सञ्चालन गरेको हो भनेर बास बाँके शाखाको अध्यक्ष शोभा थापा मगरले जानकारी गराउनु भएको हो । सो सरसफाइ कार्यक्रममा बासका कर्मचारी, बासका स्वयंसेवक, बाँके शाखाको पदाधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी लगायत १७ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । अब प्रत्येक हप्ताको शनिबारको दिन नेपालगन्जमा रहेका सार्वजनिक स्थलहरूको सरसफाइ गर्ने योजना रहेको छ अध्यक्ष थापाले जानकारी गराउनु भएकाे छ ।...
साहित्य प्रतिस्ठानको अध्यक्ष बुद्धिबल

साहित्य प्रतिस्ठानको अध्यक्ष बुद्धिबल

आस्था, कला/साहित्य, प्रदेश ५, समाचार
नेपालगन्ज, ३ चैत्र - सगरमाथा साहित्य प्रतिष्ठानको नेपाल शाखाको अध्यक्षमा नेपालगन्जका साहित्यकार बुद्धिबल श्रेष्ठ चयन हुनुभएको छ । प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले श्रेष्ठलाई प्रतिष्ठानको नेपाल शाखाको नयाँ अध्यक्षका रुपमा सर्वसम्मत चयन गरेको हो । तात्कालीन अध्यक्षले राजिनामा दिनु भएपछि नेपाल शाखाको अध्यक्ष पद खाली रहेकामा करिब एक वर्षदेखि सो पदमा कसैलाई चयन गरिएको थिएन भने अध्यक्षको राजिनामासँगै शाखा पनि क्रियाशील बन्न सकिरहेको थिएन । अब नेपाल भरी यो शाखाले विविध साहित्यिक कार्यक्रम गर्ने र नेपाल भरीका साहित्यकार हरुलाई यो प्रतिस्ठानमा गोल्बन्द गराउने र शाखालाई पुर्ण चलायमान गरि देश भरीमै सगरमाथा साहित्य प्रतिस्ठानलाई छुट्टै पहिचान बनाउने आफ्नो उदेश्य भएको श्रेष्ठले बताए ।...
संचारिकाको अध्यक्षमा रुपनी जिएम

संचारिकाको अध्यक्षमा रुपनी जिएम

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज ३ फागुन - सञ्चारिका समुह बाँकेको पाँचौ साधारण सभाले रुपनी जिएमको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष रूपनी जि.एम., उपाध्यक्ष सरला सुवेदी, सचिव पवित्रा परियार, कोषाध्यक्षमा धना के.सी. रहेका छन् । यसैगरी सदस्यहरुमा स्मृति देवकोटा, सपना परियार, अनिता वि.क. रहेका छन् । साधारण सभामा प्रमुख अथिति संचारीका समुहका संस्थापक अध्यक्ष अछरी पोखरेलले संचारिका समुह गठनको उद्देश्य, भुमिका, भावि कार्ययोजना, कार्यालय व्यवस्थापन र होलीको सुभकामना व्यक्त गर्नु भयो । संस्थापक अध्यक्ष पोखरेलले महिला संगठीत हुनुपर्ने, अध्ययनशील र संघर्षशील लगनशील हुनु पर्ने भन्दै महिलालाई पत्रकारिताका साथ साथै घरायसी जिम्मेवारी पनि निभाउनु पर्ने बाध्यता भएको हुँदा महिलालाइ बढि मेहनत गर्न आग्रह गर्नु भयो । उहाँले महिला प्रगति गरेर अर्को पेशामा गएकालाई पलायन नभइ महिलाको प्रगति मान्नुपर...
‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा’

‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा’

आस्था, प्रदेश ३, राजनीति
खोरियाघाट (स्याङ्जा), ३ चैत्र – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं साँस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् ।स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको जानकारी गराएका छन् । रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उनले प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरुले समेत अहिले ...
बालमैत्री कानुन निर्माणमा अघि बढ्दै कृष्णनगर

बालमैत्री कानुन निर्माणमा अघि बढ्दै कृष्णनगर

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
अजय मिश्रकृष्णनगर, २ चैत्र - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा यूनिसेफ र कृष्णनगर नगरपालिकाको सहकार्यमा कृष्णनगर बाल अधिकार समिति एवं सरोकार वालाहरु बिच छलफल गरि समितिको कार्य प्रभावकारिता बढाउन तथा नियमित गर्न निर्देशिका निर्माणका लागि कार्यशाला गोष्ठी समापन भएको छ l कार्यक्रमको उद्घाटन गर्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न स्थानीय तहहरूले बालमैत्री कानुनको तर्जुमा गर्नु अति आवश्यक रहेकोमा जोड दिनुभयो l युनिसेफ नेपालका प्रकाश कैनीले बाल अधिकार समितिको कार्य अझै प्रभावकारी बनाउन एवं उक्त कार्य स्थानीय कानुनले निर्दिष्ट गरे बमोजिम होस भन्नाका लागि बाल अधिकार समिति र सरोकार वालाहरू बिच छलफल गरि कानुन/निर्देशिका निर्माण आवश्यक रहेकाले नगरपालिका र यूनिसेफको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ...