Friday, June 26सत्यम खबर
Shadow

आस्था

साहु समाजकाे हाेली मिलन सम्पन्न

साहु समाजकाे हाेली मिलन सम्पन्न

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
के आर शर्मानेपालगन्ज, १२ चैत्र - जिल्ला साहु समाज बाँके तथा साहु समाज युवा समितिको संयुक्त तत्वाधानमा आज होली मिलन बिशेष कार्यक्रम सम्मान सहित सम्पन्न गरेकोछ । कार्यक्रममा अधिकांश बक्ताहरु होली उत्सवका बारेमा समाजमा पर्ने साँस्कृतिक प्रभाव र परमपरागत सँस्कार र समाजलाई बनाई राख्ने सत्मार्ग रंगको माध्यमबाट सत्यको बाटो पहिल्याउँदै रिसराग, द्वेष, झुठ, अहंकारबाट टाढा हुँदै एक अर्कामा आत्मियता प्रेम बढाउने पर्बका रुपमा मनाउँदै आएको बिचार राखेका थिए । बक्ताहरुमा नेपालगन्ज उपमहानगर वडा नम्बर पाँचका वडा अध्यक्ष कयूफुल वरा, लुम्बिनी प्रदेश औषधि ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष अभयकुमार बस्नेत भने कार्यक्रम जि.साहु समाजका अध्यक्ष हंसराम साहुको सभापतित्वमा सम्पन्न भएको थियो । होली मिलन बिषेश सम्मान सहितको कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष, उपाध्यक्ष, के.पार्षद तथा वर्तमान को...
खजुरामा समूहले महिलामा ल्याएको परिवर्तन

खजुरामा समूहले महिलामा ल्याएको परिवर्तन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ११ चैत्र – एक वर्ष अघिसम्म खजुरा ६ की बालकुमार विक आफ्नो घरायसी काम गर्थिन । गाउँमा हुने कार्यक्रममा जाँदा एउटा गृहणी महिलाको प्रतिनिधित्व गरेर जाने गर्थिन तर, अहिले भने उनको पहिचान फरक बनेको छ । गत वर्ष खजुरा गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन समूहमा आवद्ध गदाराउँदा उनको पहिचान मात्र बदलिएन आँट अठोस र भरोसा पनि बढेको छ । पहिला कसैसंग बोल्न पनि लाज मान्ने उनी अहिले निर्धक्क आफ्ना र समुदायका महिलाका कुरा राख्न त सक्छिन नै विभिन्न कार्यक्रममा मञ्चमा गएर भाषण पनि मज्जाले गर्छिन । शुक्रबार खजुरा ६ मा आयोजित कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सहकारी सदस्यता अभिवृद्धि अभियानमा उनले समूहको तर्फबाट आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै भनिन् समूहमा बसेपछि बचत गर्ने बानी, अरुलाई सहयोग गर्ने नयाँ तथा सकारात्मक सोच र जाँगर बढेर आएको छ । खजुरा गाउँपालिकाद्व...
नेपाल–भारत तेस्रो उद्यमशीलता सम्मेलन सम्पन्न

नेपाल–भारत तेस्रो उद्यमशीलता सम्मेलन सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ चैत्र – नेपालस्थित भारतीय राजदूतावासको आयोजनामा तेस्रो उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रुपमा उद्घाटन गरेका थिए । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत चैत ९ गते सो सम्मेलन आयोजना गरेको थियो । भारत र नेपालका उद्यमशील प्रतिभाहरूलाई जोड्ने उद्देश्यबाट यो सम्मेलनको आयोजना गरिएको दूतावासद्वारा विहिबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरू र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न कार्य यो सम्मेलनले गरेको विज्ञप्त...
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सुरु, पहिलाे दिन पुलिस क्लब र आर्मी क्लबकाे जीत दर्ज

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सुरु, पहिलाे दिन पुलिस क्लब र आर्मी क्लबकाे जीत दर्ज

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १० चैत्र - आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता बिहिवारदेखि नेपालगन्जमा सुरु भएको छ । चुस्त व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरकै झझल्को दिनेगरी नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई नेपाली सेनाका सहसेनानी जनमत कार्की, पुर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजित कुमार शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कैलपाल एकेडेमीका निर्देशक रेवती सिंहले पुरस्कृत गरे । विगतका बर्षभन्दा सुधारिएको प्रदर्शन गरेको लुम्बिनी आशा लाग्दो टिमका रुपमा देख...
इन्जिनियरिङ कलेज र भारतको डेलनेटबीच सम्झौता पत्रमा हस्ताक्षर

इन्जिनियरिङ कलेज र भारतको डेलनेटबीच सम्झौता पत्रमा हस्ताक्षर

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १० चैत्र – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुर र भारतको डेलनेट जेनु क्याम्पसबीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डेलनेट इन्डियाको लार्जेस्ट रिसोर्स सेयरिङ लाइब्रेरी नेटवर्क हो ।भारतको सबैभन्दा ठूलो संशाधन साझेदारी पुस्तकालय नेटवर्क डेलनेटको ३३ राज्य र आठ देशमा ६ हजार आठ सयभन्दा बढी पुस्तकालय लिंक गर्दै आएको छ । समझदारीपछि नेपाल इन्जिनियरिङ कलेजले कला, विज्ञान, वाणिज्य, शिक्षा, सामाजिक विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ प्रविधि, दन्त र चिकित्सा विज्ञानसहित विभिन्न क्षेत्रमा चयन गरिएका अन्तर्राष्ट्रिय पूर्ण पाठ पत्रिकामा पहुँच हुने जनाइएको छ ।साथै ई–पुस्तकहरू (अन्तर–पुस्तकालय ऋणमा) उधारो र जर्नल लेखहरूको प्रतिलिपिहरू प्राप्त गर्ने सुविधाका साथ पुस्तकहरू, जर्नलहरू, लेखहरू, इत्यादिको तीन करोडभन्दा बढी क्याटलग रेकर्डहरूमा पहुँच हुने जनाइएको छ ...
नेतृत्वमा युवापुस्ताको सक्रियता बढ्दो, गुल्मीका २४ वर्षीय युवाले दिए मेयरमा उम्मेदवारी

नेतृत्वमा युवापुस्ताको सक्रियता बढ्दो, गुल्मीका २४ वर्षीय युवाले दिए मेयरमा उम्मेदवारी

आस्था, प्रदेश ५, राजनीति, समाचार
गुल्मी, १० चैत्र – गुल्मीका २४ वर्षीय युवकले मेयर मदको लागि उम्मेद्धवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जिल्लाको मुसिकोट नगरपालिकाका २४ वर्षिय बिपिन विस्वास रायमाझीले मेयरको लागि स्वतन्त्र उम्मेद्धारी दिएका हुन् ।राजनीतिमा नेतृत्व परिर्वतन भएपनि मुलुकको अवस्था र व्यवस्थामा भने परिर्वतन हुन नसकेको भन्दै उनको अबको नेतृन्व युवापुस्ताले गर्न जरुरी रहेको बताएका छन् । उनले भने ‘धेरै लामो समयसम्म हजुरबुबाको पुस्ताहरुले, हाम्रो बुवा–आमाको पुस्ताले, दाइ–दिदी गर्दै लाखौं नेपाली दाजु–भाई दिदी–बहिनीहरुको ठुलो त्याग र बलिदानी पछि लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सफल भएका थियौँ । कती जानेर कतिपय अञ्जानमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दैगर्दा जति सुन्दर निर्णयहरु संस्थागत गरिए । त्यो महानतम कर्मको जस अग्रज राजनितीक आन्दोलनका सबै–सबै सहभागी हरुलाइ जा...
ग्रीन सिटीको पाइलट प्रोजेक्ट : किसानलाई तालिम शुरु

ग्रीन सिटीको पाइलट प्रोजेक्ट : किसानलाई तालिम शुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, १० चैत – बाँकेको खजुरा गाउँपालिकामा ग्रीन सिटीको पाइलट प्रोजेक्टका लागि कृषि तथा पशुपालन कृषकलाई अनलाइन तालिम शुरु भएको छ । कोभिडका कारण ढिलाई भएको उक्त कार्यक्रम अन्तरगत कृषि र पशुपालन गर्ने खजुराका ३० जना किसानलाई अनलाइन तालिम दिन थालिएको हो । थोरै लगानीबाट धेरै उत्पादन गरी फाइदा लिने र दीगोपनाका लागि तालिम फलदायी हुने बताइएको छ ।व्यवस्थित खजुराका लागि कुन मोडालिटीमा जाने भन्ने विषयमा ग्रीन सिटीका लागि उज्वेगस्तानको राजधानी तास्केन्टमा युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन अध्यक्ष किस्मतकुमार कक्षपति वीच सम्झौता पश्चात युयानको टोलीले खजुराको स्थलगत अवलोकन गरिसकेको छ भने खजुरा गाउँपालिका किसान अगुवा र नार्कका वैज्ञानिकलगायतको टोली चीनको युसी सिटीमा त्यहाँको खेती प्रणालीको अवलोकन गरी अनुभवन आदान प्रदान गरिसकिएको छ । त्यसपश्चात पहिलो चरणमा खजुराका कृषि र पशुपालनमा आवद्ध किसानला...
आठौं सगरमाथा सिमेन्ट पिएमकप तयारी पुरा

आठौं सगरमाथा सिमेन्ट पिएमकप तयारी पुरा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ९ चैत्र – आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । बुधबार नेपालगन्ज रंगशाला स्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले सबै तयारी पुरा भएको जानकारी गराए ।नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा हुँदैछ । विगतका बर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको आयोजकले जनाएको छ । ‘प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्ज (बाँके)को चिनारीको रुपमा विकास गर्ने हाम्रो प्रयास हो ।’ मुल आयोजक समिति संयोजक लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाले भनिन्– ‘दक्षिण एशिया कै नम्बर एक क्लब च्याम्पियन सीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य रहेको छ ।’ प्रतियोगितामा आयोजक सहित नेपा...
“घर-घर जाऔ काँग्रेस जिताऔ” अभियानलाई तिब्रता

“घर-घर जाऔ काँग्रेस जिताऔ” अभियानलाई तिब्रता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ८ चैत्र - नेपाली काँग्रेस नेपालग्ज उपमहानगरपालिका वडा नं. १३ ले आज मंगलबार नेता कार्यकर्ताको उपस्थितिमा बृहत भेला सम्पन्न गरेको छ । आउने बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाली काँग्रेस केन्द्रीय निति अनुरूप "घर-घर जाऔ, काँग्रेस जिताऔ" अभियान अन्तर्गत सकृयताका साथ औपचारिक कार्यक्रम सम्पन्न गरेका छन । कार्यक्रममा बक्ताहरुमा बाँके तरुण दलका अध्यक्ष बिरेन्द्रबहादुर शाह, नेपाल प्रेस युनियन बाँकेका पुर्व उपाध्यक्ष तथा केन्द्रीय पार्षद कुन्तलराज शर्मा नेका नगर सभापति प्रशान्त बिष्ट, नगर उप-सभापति कमाल अन्सारी, जिल्ला खटिएका प्रतिनिधि प्रकाश शाही, प्रकाश जङ्ग राणा, राकेश श्रीवास्तव, संगिता चौहानले आउँदो स्थानीय निर्वाचन नेपाली काँग्रेस संगठन बिस्तार र वडाको बिकास निर्माण योगदान, प्रत्यक्ष जन सरोकार बिषयमा नेपाली काँग्रेस १३ नम्बर वडाको बर्तमान जन प्रतिनिधिहरूको कार्य प्र...
सहकारीमा जोडिँदै महिला उद्यमी

सहकारीमा जोडिँदै महिला उद्यमी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
खजुरा, ८ चैत्र - बाँकेको खजुरा गाउँपालिकाका महिलालाई सहकारीमा आवद्ध गर्दै उद्यमी महिला बनाउने अभियान शुरु गरिएको छ । ८ वटा वडाका करीब ३ हजार परिवारलाई सहकारीमा जोड्ने कार्यक्रम अन्तरगत १ हजार ८ सय परिवार सहकारीमा आवद्ध रहेको र १ हजार २ सय परिवारलाई अभियानका साथ जोड्न गइरहेको जनाइएको छ । खजुरा गाउँपालिकामा रहेका २ वटा सामाजिक उद्यमी महिला सहकारीमा उनीहरुलाई आवद्ध गरी व्यवसाय विकासमा अग्रसर गराउने कार्यक्रम रहेको छ । सो अभियान अन्तरगत आज खजुरा वडा नं. ३ र ४ का करीब ४ सय बढी महिलालाई अभियानबारे जानकारी दिइएको छ । व्यवसाय विकासका लागि उत्पादन सामाग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधी, वित्तीय सेवा बचत ऋण र बिमा, संस्थागत गरिने, बजाजीकरण गर्न मार्केट सेन्टरको खोजी पनि सहकारी मार्फत गर्न उक्त कार्यक्रम संचालन गर्न लागिएको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शरद पोख्रेलले जानकारी दिए...