Friday, June 26सत्यम खबर
Shadow

आस्था

तीन जना महिला सहित ४१ जनाले रक्तदान गरे

तीन जना महिला सहित ४१ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ चैत्र - जनमत त्रैमासिक रक्तदान कार्यक्रम आज बुधबार आयोजना गरिएको थियाे । सो कार्यक्रममा स्वयम्सेवी रक्तदाताहरु, पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीन जना महिला सहित ४१ जनाले रक्तदान गरेका हुन् । नेपालगन्ज उपहमहानगरपालिका वार्ड नं.–१८ स्थित रहेको सोनालिका ट्राक्टरका लिला इन्टरनेशनल प्रा.लि.को सहकार्यमा भएको सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बाँकेको नेपालगन्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आफ्नो रजत महोत्सव–२०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरी रगतको अभावमा छट्पटाइरहेका गरीब, असहाय र टाढा टाढाबाट आउने विरामीहरुलाई लक्षित गरेर “रक्तदान महादान”को पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ५२ औं श्रृङ्खला हो । कार्यक्रम संयोजक पवन जायसवालका अनुसार रक्तदान गर्नेह...
अवधी कला, संस्कृतिको संरक्षणमा जुडनुपर्नेमा जोड

अवधी कला, संस्कृतिको संरक्षणमा जुडनुपर्नेमा जोड

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ चैत्र - मधेश मिडिया नेपाल बाँके शाखाले अवधी पत्रकारिता स्थापना दिवसको अवसरमा अन्तरक्रिया एवं होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । मधेस मिडिया बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा मंंगलबार नेपालगन्ज ४ स्थित शिवपार्वती मन्दिर परिसरमा अन्तरक्रिया एव शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अवधी भाषी, अवधी पत्रकार, कला संस्कृतिको संरक्षण, योगदानको अवस्था, अवधी क्षेत्रको अवस्थाका बारेमा गहन छलफल गरिएको छ । अवधी क्षेत्रको कला संस्कृतिको संरक्षणमा आवश्यक पहल हुन नसकेको भन्दै यसको सम्बर्द्वनमा जोड दिइएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले अवधी भाषाको प्रयोग पनि खुलेर हुन नसकेको भन्दै आफैबाट यसको शुरुवात गर्न सकिए मात्रै थप कुराहरुको सुधारका लागि पहल हुने धारणा राखेका थिए । कार्यक्रममा पुर्व मन्त्री सर्वदेव ओझा, ने...
खजुरामा रनिङ शिल्ड जारी, आईतबार जनताले ४ स्वर्ण जित्यो

खजुरामा रनिङ शिल्ड जारी, आईतबार जनताले ४ स्वर्ण जित्यो

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ३० फागुन – खजुरा गाउँपालिका चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूदको दोस्रो दिन जनता नमुना माविले ४ इभेन्टसमा स्वर्ण पदक जित्दा ज्ञानोदयले ३ स्वर्ण पदक जितेको छ । आइतबार हाईजम्पमा ज्ञानोदयका रहेमान खाँ पहिलो भएका छन ।खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको मैदानमा भैरहेको रनिङ शिल्डमा जनसेवा माविका रमजान खाँ दोस्रो र गुराँस चाईल्डहुड एकेडेमीका प्रविण बुढाथोकी तेस्रो भए । रहेमानले १.४३ मिटर, रमजानले १.४० मिटर र प्रविणले १.३७ मिटर जम्प गरेका थिए ।ट्रिपल जम्पमा ज्ञानोदयकै साहिल खाँले ११.२४ मिटर जम्प गर्दै पहिलो, जनता मावि बठवाका इसार खाँले ११.०१ मिटर सहित दोस्रो र जनता नमुना माविका विवेक एलजिले ११ मिटर जम्प गर्दै तेस्रो स्थान हासिल गरेका छन । ४ सय मिटरमा जनकल्याण मावि बद्रिपुरका आयुष थापा पहिलो, जनता नमुनाका केशव ढकाल दोस्रो र आदर्शका रोमिन तिवारी तेस्रो भए । आयुषले ५९.२० सेक...
एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, समाचार
काठमाण्डौ, ३० फागुन – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन दुबई जाँदै हुनुहुन्छ । नेपाल एयरलाईन्सको बिमानबाट मन्त्री अथक आईतबार राती ११ः३० बजे दुबई जानलाग्नुभएको हो । मन्त्रीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मी समेत दुबई जाने कार्यक्रम रहेको छ । मार्च १४ देखी १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री अथकको नेतृत्वमा नेपाली टोली त्यसतर्फ जान लागेको हो ।विश्व एन्टी डोपिङ संघ (वाडा) को आयोजनामा हुन गईरहेको उक्त कार्यक्रममा एशिया क्षेत्रका खेलकुद मन्त्रीहरुको सहभागीता रहने बताईएको छ । मन्त्री अथक आउँदो चैत्र २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।...
होलिल्यान्ड अन्तर स्कुल मेयर कपमा प्रथम

होलिल्यान्ड अन्तर स्कुल मेयर कपमा प्रथम

आस्था, खेल, प्रदेश ५, समाचार
नेपालगन्ज, ३० फागुन – होलिल्यान्डले अन्तर स्कुल मेयर तथा उपमेयर क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । महिला तर्फको उपाधि नेपालगन्ज मोडेल एकेडेमीले यसअघि जितिसकेको थियो ।आइतबार कोहलपुर क्रिकेट मैदानमा होलिल्यान्डले युनाइटेड एकेडेमीलाई ४० रनले पराजित ग¥यो । टस हारेर ब्याटिङ गरेको होलिल्यान्डले १९.१ ओभरमा १ सय २० रन बनाएर अलआउट भएको थियो । टोलीका लागि अनुरोध कुँवरले ३१ रन,तर्सथ गुप्ताले १६ र धन बहादुर थापाले ८ रन जोडे । युनाइटेडका समिर राना मगरले ३ विकेट र अनुराग गुरुङले २ विकेट लिए । जवाफमा युनाइटेडले १६.२ ओभरमा ८० रन बनाएर अलआउट भएको थियो । युनाइटेडका मोहम्मद इमरानले १८ र बिकास साहुले १७ रन जोडे । प्लेयर अफ द फाइनल होलिल्यान्डका गोपाल जिसीले सर्वाधिक ४ विकेट, धन बहादुर र हर्सिल जंग शाहीले २–२ विकेट लिएका छन ।प्रतियोगितामा युनाइटेडका समित रानामगर प्लेयर अफ सिरिज, ए...
यस वर्ष महामूर्ख सम्मेलनको अध्यक्षता हिन्दुवादी नेता दिवाकर खनालले गर्ने निर्णय

यस वर्ष महामूर्ख सम्मेलनको अध्यक्षता हिन्दुवादी नेता दिवाकर खनालले गर्ने निर्णय

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० फागुन – नेपालगन्जमा विगत ५७ वर्षदेखि फागु पूर्णिमा ‘होली’ पर्वमा आयोजित हुँदै आएको महामूर्ख सम्मेलनको अध्यक्षता हिन्दुवादी नेता दिवाकर खनालले गर्ने निर्णय गरिएको छ । महामूर्ख सम्मेलनका अध्यक्ष विजयकुमार वैश्यको सभापतित्वमा आईतबार बसेको बैठकले २०७८ चैत्र ३ र ४ गते आयोजित हुने फागु पूर्णिमा ‘होली’ पर्वमा ५८ औं महामूर्ख सम्मेलन आयोजित गर्ने छलफल हुँदा नेपालगन्ज उद्योग वाणिज्य संघको भवन अगाडी ठूलो मञ्चमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने र हिन्दूवादी नेतासँग कार्यक्रमको अध्यक्षता गराई परम्परा अनुसार उनीको कदर सम्मान गर्ने समेत निर्णय गरिएको छ । महामूर्ख सम्मेलन समितिले यस अघि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’लाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर मंसुरीले यो अध्यक्षता आफूले गर्न नसक्ने भन्दै असहमति जनाउँदा संघका पदाधिकारी आदेश...
प्रेस सेन्टर नेपालको अध्यक्षमा बोहरा

प्रेस सेन्टर नेपालको अध्यक्षमा बोहरा

आस्था, प्रदेश ५, राजनीति, समाचार
आकाश कसाैधननेपालगन्ज, २९ फागुन - नेकपा माओवादी केन्द्र निकट रहेको प्रेस संगठन प्रेस सेन्टर नेपालको प्रथम ऐतिहासिक नेपालगन्ज उपमहानगरपालिकाको सम्मेलनबाट चन्द्र बोहराको नेतृत्वमा उपाध्यक्ष अमर शाही, महिला समावेशी उपाध्यक्ष सबिता चन्द, सचिव आकाश कसौधन(गुप्ता), सहसचिव गणेश पौडेल, अरशद अलि रङ्ग्रज, कोषाध्यक्ष शेरबहादुर बोहरा सहित १९ जनाको नगर कमिटी गठन गरिएको छ । प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य सुशील लामिछाने, अतिथि संगठनका जिल्ला ईन्चार्ज प्रदीप वाग्ले, नगर ईन्चार्ज आलम खान, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा नगर ईन्चार्ज अकल बहादुर बम, नगर अध्यक्ष रतन शाही, वाइसिएलकी केन्द्रीय सदस्य मिना चादरा, मनिषा किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम सापकोटा, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश अध्यक्ष गजेन्द्र ग...
“अजीब शख्स है पानी के घर में रहता हैै”

“अजीब शख्स है पानी के घर में रहता हैै”

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ फागुन - गुल्जार–ए–अदब बाँकेद्वारा आयोजित मासिक गजल गोष्ठी उर्दू साहित्यकारले आज शनिवार गजल वाचन गरेका छन् । नेपालगन्ज वार्ड नं.–८ स्थित महेन्द्र पुस्तकालयमा उर्दू साहित्यकारहरुले मासिक गजल गोष्ठीमा गजल वाचन गरेका थिए । सो कार्यक्रममा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा उर्दू साहित्यकार तथा सचिव मोहम्मद मुस्तफा अहसन कुरैशीद्वारा सञ्चालित गजल गोष्ठी कार्यक्रममा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैय्यद असफाक रसूल हाशमी(सैय्यद नेपाली), सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मेराज अहमद (हिमालय), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली, जमील अहमद हाशमी, मोहम्मद उमर, सदाब नेपाली, समीर अली शेष, लगायतले “अजीब शख्स है पानी के घर में रहता हैै” मिसर–ए–तरहमा साहित्यकारहरुले आ–आफना गजल वाचन गरेका थिए भने पंकज कुमार श्रेष्...
खजुरामा चैथो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरु

खजुरामा चैथो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
खजुरा, २८ फागुन - बाँकेको खजुरास्थित योगिनी मावि गौघाटमा चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुरु भएको छ । बिभिन्न झाँकी, पञ्चेबाजा र सहभागी बिद्यालयका खेलाडी छात्रा, छात्रको मार्चपासले भब्य समारोह बीच प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको बाँके क्षेत्र नंं. ३ का लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक समारोहका वीच उद्घाटन गरेका थिए । आजदेखि शुरु भएको प्रतियोगिता ३० गतेसम्म ३ दिन सञ्ंचालन हुने छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बिगत देखि सुरु हुदै आएको यो प्रतियोगिलाई खजुरावासीले एक महोत्सवको रुपमा हेरेको बताए । अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता खजुरा गाउँपालिकामा स्थापित भैसकेको भन्दै अध्यक्ष कक्षपतिले आगामी बैशाखमा हुने स्थानीयतहको चुनाव पछि गठन हुने स्थानीय...
खेलकुदका क्षेत्रमा सधैं सहयोग गर्ने – युवा नेता भुसाल

खेलकुदका क्षेत्रमा सधैं सहयोग गर्ने – युवा नेता भुसाल

आस्था, खेल, प्रदेश ५, राजनीति, समाचार
सरु भुसालपर्वत, २८ फागुन - पर्वतको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको शुभकामना युवा क्लबको १२ औं बार्षिक उत्सव खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम शुक्रबारबाट सुरु भएको छ । फागुन २७ गते शुक्रबारबाट सुरु भएको कार्यक्रम फागुन ३० गतेसम्म सञ्चालन रहनेछ । माओवादी केन्द्र बिहादि कमिटिका अध्यक्ष ऋीषराम भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजिबि, समाजसेवी, खेलाडि, खेलप्रेमि, सुरक्षाकर्मी, पत्रकारहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको प्रमुख अथिति रहेका ऋषिराम भुसालले क्लबको खेल मैदानमा देखिएको समस्यालाई मध्यनजर गरि खेल मैदानलाई ब्यवस्थित तरिकाले अघि बढ्ने, खेल मैदानमा तारबार गर्ने, क्लबलाई अग्रपंक्तिमा लैजान जुनसुकै सहयोग गर्न तयार रहेकाे आश्वासन दिएका थिए ।...