नेपालगन्ज ३ फागुन – सञ्चारिका समुह बाँकेको पाँचौ साधारण सभाले रुपनी जिएमको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा अध्यक्ष रूपनी जि.एम., उपाध्यक्ष सरला सुवेदी, सचिव पवित्रा परियार, कोषाध्यक्षमा धना के.सी. रहेका छन् । यसैगरी सदस्यहरुमा स्मृति देवकोटा, सपना परियार, अनिता वि.क. रहेका छन् ।
साधारण सभामा प्रमुख अथिति संचारीका समुहका संस्थापक अध्यक्ष अछरी पोखरेलले संचारिका समुह गठनको उद्देश्य, भुमिका, भावि कार्ययोजना, कार्यालय व्यवस्थापन र होलीको सुभकामना व्यक्त गर्नु भयो ।
संस्थापक अध्यक्ष पोखरेलले महिला संगठीत हुनुपर्ने, अध्ययनशील र संघर्षशील लगनशील हुनु पर्ने भन्दै महिलालाई पत्रकारिताका साथ साथै घरायसी जिम्मेवारी पनि निभाउनु पर्ने बाध्यता भएको हुँदा महिलालाइ बढि मेहनत गर्न आग्रह गर्नु भयो । उहाँले महिला प्रगति गरेर अर्को पेशामा गएकालाई पलायन नभइ महिलाको प्रगति मान्नुपर्ने कुरामा जोड दिनु भयो ।
विशिष्ट अथिति मुना श्रेष्ठले महिलाकहरु राजनीति आस्थाका आधारमा विभाजित भएका कारण पछिल्लो समयमा महिलाको उपस्थिति पतलिएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका सचिव कमल डाँगीले पत्रकार महासंघले महिलाको सहभागीता बढाउनका निम्ति बेलाबेलामा कार्यक्रम र तालिम सञ्चालन गर्दै आएको जानकारी गराउनु भयो ।
क्रियाशी पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गीरीले महिलाले संघर्ष र मेहनत गरेर काम गर्न सके सफलता पाउने बताउँदै अझ पनि महिलाले विना नियुक्ति पत्र काम गर्नु परेको बाध्यता दर्शाउनु भयो ।
संचारिका समुह बाँकेका नि.वर्तमान अध्यक्ष रुपा गहतराजको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य हेमन्त बिक, प्रेस चौतारीका लुम्बिनी प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, आदीवासी जनजाती पत्रकार संघका अध्यक्ष भगतराम थारु, थारु पत्रकार संघ बाँकेका पुर्वअध्यक्ष बिमला चौधरी लगायतले मन्तब्य दिएका थिए । समुहको साधारण सभा पछि होली मिलन कार्यक्रम पनि गरिएको थियो ।