
नेपालगन्ज, ८ चैत्र – नेपाली काँग्रेस बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ मा रामनगर टोल समिति गठन गरिएको छ । अर्सद शेषको अध्यक्षतामा २५ सदस्यीय टोल समिति गठन गरिएको हो समितिको उपाध्यक्ष बक्षराज मौर्य र सचिवमा बविता वर्नवाल रहेका छन् ।
जमालुद्धिन बागवानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश ख उपसभापति सुभाष गुप्ता, नेपाल प्रेस युनियन बाँकेका पुर्व उपाध्यक्ष तथा केन्द्रिय पार्षद कुन्तलराज शर्मा, नेपाली काँग्रेस क्षेत्र २ सदस्य रितेश शर्मा बडही, नेका वडा-६ सचिव दिलिप रेग्मी, नेता कपिल पाठक, मनिष रेग्मी, प्रेम बुढाक्षेत्री, सुबोध बर्मा, अर्जुन भट्टराई, भुषण झा, सगुन श्रेष्ठ, मो.साकिर शेष, अमित पाठकलगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेस बिधान अनुसार संगठनलाई सशक्त र जनमुखी बनाउन वडा नं.६ मा टोल समिति बिस्तार गर्ने क्रममा कालिका टोल समितिको अध्यक्षमा रमावती दिक्षित, फुल्टेक्रा गाउँ टोल समिति अध्यक्षमा राम बिहारी सोनकर, एकता नगर टोल समिति अध्यक्षमा खडकबहादुर गोसाई, भने राधा खडकालाई फुल्टेक्रा पुरैना जाने बाटो टोल समिति अध्यक्ष बनाईएको छ भने आउने बैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि नेपाली काँग्रेस केन्द्रीय निति अनुरूप “घर-घर जाऔ, काँग्रेस जिताऔ” नव गठित टोल कमिटी सकृयताका साथ लागि परेका छन् ।
