
अजय मिश्र
कृष्णनगर, २ चैत्र – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा यूनिसेफ र कृष्णनगर नगरपालिकाको सहकार्यमा कृष्णनगर बाल अधिकार समिति एवं सरोकार वालाहरु बिच छलफल गरि समितिको कार्य प्रभावकारिता बढाउन तथा नियमित गर्न निर्देशिका निर्माणका लागि कार्यशाला गोष्ठी समापन भएको छ l
कार्यक्रमको उद्घाटन गर्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न स्थानीय तहहरूले बालमैत्री कानुनको तर्जुमा गर्नु अति आवश्यक रहेकोमा जोड दिनुभयो l
युनिसेफ नेपालका प्रकाश कैनीले बाल अधिकार समितिको कार्य अझै प्रभावकारी बनाउन एवं उक्त कार्य स्थानीय कानुनले निर्दिष्ट गरे बमोजिम होस भन्नाका लागि बाल अधिकार समिति र सरोकार वालाहरू बिच छलफल गरि कानुन/निर्देशिका निर्माण आवश्यक रहेकाले नगरपालिका र यूनिसेफको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यशाला गोष्ठीमा जिल्ला कानुनी सहायता समिति कपिलवस्तुका अधिवक्ता राजुकुमार श्रीवास्तवले सहजीकरण गर्नु भएको थियो l कार्यक्रम सञ्चालन कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी नायब निरिक्षक ऋषिराज पछाई, माइती नेपालद्वारा सञ्चालित हाम्रो सम्मान परियोजना कपिलवस्तु संयोजक विकाश श्रीवास्तव, कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी, कृष्णनगर नगरपालिका प्रशासन शाखा प्रमुख राजेश मिश्र, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।