
सकिल अहमद राई
नेपालगन्ज, ८ चैत्र – श्री माध्यमिक विद्यालय बन्जारे गाउँ विद्यालय व्यवस्थापन समितिकाे निर्वाचन साेमबार सम्पन्न भएकाे छ ।
जानकी गाउँपालिकाले आफ्नै पालिका भित्र रहेका सरकारी विद्यालय मदरसाको पुरानो व्यवस्थापन समिति खारेज गरेर प्रत्येक विद्यालय र मदरसाहरूको पुनर्गठन गरि रहेको छ । यसै क्रममा श्री माध्यमिक विद्यालय बञ्जारे गाउँ जानकी ३ को विद्यालयमा पहिला अभिभावक भेला सम्पन्न गरेको थियो ।
अभिभावक भेलाबाट सहमति नभएपछि विद्यालयका प्रधानाध्यापक आदित्यकुमार वर्माले पुनः ७ दिनको सूचना प्रकाशित गरी उम्मेदवारी दर्ता गराउनका लागि अभिभावकहरूलाई अव्हान गर्नु भएकाे थियाे ।
यस क्रममा २ प्यानलले आ-आफनो ४-४ जना गरी उम्मीदवारी दर्ता गराउनु भएको थियो । विद्यालयमा २ सय ५७ जना अभिभावकहरूले नामावली अनुसार मतदमन गर्ने पाउने व्यवस्था मिलाईएकाे जस मध्ये ७ वटा मत बदर भएको जनाईएकाे छ ।
विजय हुनु भएको राजकुमार हरिजनले १ सय १९ मत, आमना खातुन बग्वान १ सय १९ मत, जगतराम बर्मा १ सय १७ मत र निरज कहारले १ सय १४ मत प्राप्त गरेर विजय भएका छन् ।
यसैगरी पराजित भएका दीपकराम बर्माले १ सय ३ मत, राम मुराउ १ सय १ मत, सुनितादेवी तमोली १ सय ४ मत र सकुन्तला बढाहीले ९५ मत प्राप्त गरेका थिए ।
विजयीपछि आफ्नाे प्रतिकृया दिँदै व्यवस्थापन समिति नवनिर्वाचित राजकुमार हरिजनले शिक्षामा विधालय भित्र रहेका कमिकमजाेरी हटाउनुका साथै विधालयकाे बृहत् विकासतर्फ अग्रसर भई कार्य गर्ने बताउनु भएकाे थियाे ।
यस निर्वाचनमा उपस्थित शिक्षक, प्रअहरु, शिक्षा स्रोत व्यक्ति आयोधिया प्रसाद, जानकी गाउँपालिका शिक्षा शाखा अधिकृत प्रतिभा ओली खड्कालगायतकाे सहभागिता रहेकाे थियाे ।
