Saturday, June 27सत्यम खबर
Shadow

आस्था

माओवादी नेता एमालेमा

माओवादी नेता एमालेमा

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, २१ बैशाख – जानकी गाउँपालिका वडा नं. २ बेलवाका होनहार माओवादी नेताद्वय एमालेमा प्रबेश गरेका छन् ।जानकी गाउँपालिका वडा नं. २ को बेलवामा आयोजित एमालेको घरदैलो कार्यक्रममा जानकी गाउँपालिका वडा नं. २ वाट २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित वडा सदस्यद्वय जयराम काँदु र दिल प्यारी कादु एमालेमा प्रबेश गर्नुभएको हो । जानकी २ मा १५ बर्षदेखि निरन्तर माओवादीमा सक्रिय युवा नेता जयरामको पकड राम्रो रहेका छ । यस अघि जानकीमा वडा सदस्य समेत रहेका रजनी शर्मा पनि एमालेमा प्रबेश गर्नुभएको छ । जानकी २ को बेलवामा आज सयौ एमाले कार्यकर्ताको उपस्थितिमा घरदैलो कार्यक्रम गरिएको छ ।...
जानकीलाई सम्बृद्ध र विकसित पालिका बनाउँछुः छब्बन खाँ

जानकीलाई सम्बृद्ध र विकसित पालिका बनाउँछुः छब्बन खाँ

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, २१ बैशाख – नेपाली काँग्रेसले आज बुधबार बाँकेको जानकी गाउँपालिकामा दिनैभरी घरदैलो गर्ने भएको छ ।नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ र उपाध्यक्ष पदका उम्मेदवार रामप्यारी यादवसहितका उम्मेदवार तथा काँग्रेसी नेताहरुले जानकीका सबै वडामा घरदैलो गर्ने भएका हुन् । आज विहानैदेखि वडा नम्वर १ बाट घरदैलो अभियान सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको गाउँपालिकाले भएकाले यो पालिकालाई सम्बृद्ध र विकसित पालिकाकारुपमा अगाडि बढाउने योजनासहित निर्वाचनमा होम्मिएको अध्यक्ष पदका उम्मेदवार खाँले बताउनुभयो ।...
वडा नं. ६ को नेतृत्व कसले गर्ला ?

वडा नं. ६ को नेतृत्व कसले गर्ला ?

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २१ बैशाख – बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनको मिति नजिकिएस“ग विभिन्न पार्टीका उम्मेदवारहरुले आ–आफ्नो स्थानमा घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को हकमा कुरा गर्नु पर्दा फरक किसिमले मिश्रित प्रतिकृया आउने गरेको पाईन्छ भने वडाबासीहरुले समेत अंकलन गर्न सकेका छैनन वडा नं. ६ को नेतृत्व कसले गर्ला ? भनी ।०७४ सालको निर्वाचनमा राप्रपाबाट ४ जना सदस्य तथा नेकपा एमालेबाट वडाअध्यक्षको रुपमा समिरप्रताप सिंह निर्वाचित भएका थिए । उनले वडामा गर्नुपर्ने कार्यहरुले उनका विपक्षीहरुले उनलाई बदनाम गराउने प्रयास जारी राखेका छन् । त्यसैले गर्दा उनलाई यस पटक आफ्नो खास जोगाउन समेत धौ–धौ परिरहेको वडा नंं. ६ का मतदाताहरुको प्रतिकृयाबाट बुझ्न सकिन्छ । हुन त उनले काम नगरेका होइन विकाससँग सम्बन्धित कार्यहरुमा बाटो, पिसिसि बाटो निर्माण, ग्राभेल पटा...
जानकीका स्थानीय भन्छन् – ‘एमालेले क्लिन स्विप गर्छ’

जानकीका स्थानीय भन्छन् – ‘एमालेले क्लिन स्विप गर्छ’

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, २१ बैशाख – स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय तथा राजनैतिक विश्लेषण गर्नेहरुले आआफ्नो तर्क अगाडि सार्न थालेका छन् । त्यसै सेरोफेरोमा जानकी गाउँपालिकाका स्थानीयहरुले यो पटकको चुनाव पनि एमालेले जानकी क्लिन स्विप गर्ने बताएका छन् ।जानकीमा एमालेको माहोल, चुनावमा उत्रीएका उम्मेदवार र जानकीमा एमाले प्रतिको जनताको लहर हेर्ने हो भने एमालेले जानको क्लिन स्विप गर्ने बताएका हुन् । एमाले जानकीमा नेकपा एमालेबाट अध्यक्षमा हिमान्शु सिंह यादव, उपाध्यक्षमा भुमिसरा धिताल चुनावी मैदानमा उत्रीयका छन् । हिमान्शु यादव स्व. राम निवास यादवका जेष्ट सुपुत्र हुन् ।घरदैलो अभियानमा स्थानीयको अथाह स्नेह र साथ पाएका हिमान्शु यादवलाई स्थानीयले स्व. राम निवासको रुपमा हेरेका छन् भने उनी जहाँ जहाँ पुग्छन् स्थानीयले जितको शुभकामना सहित आशिर्वाद दिएका छन् । हिमान्शु यादव नै हाम्रो जानकीको ...
जानकी ३ वडा अध्यक्षमा सबैभन्दा चर्चा तुलसी राम शुक्लाको

जानकी ३ वडा अध्यक्षमा सबैभन्दा चर्चा तुलसी राम शुक्लाको

आस्था, प्रदेश ५, राजनीति, समाचार
सकिल अहमद राईनेपालगन्ज, २० बैशाख - आउँदो बैशाख ३० गते हुन गैरहेको स्थानिय तहकोे निर्वाचन नेपाल कम्युनिष्ट पार्टी जानकी गाउँपालिकाका वडा नं. ३ वडाअध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएसंगै प्रचार प्रसारमा तिव्रता दिएकाे छन् । नेकपा जानकी गाउँपालिकाका वडा नं ३ मा वडाअध्यक्ष पदका उम्मेदवार शुक्लाले पछिल्लो समय जनताको ढुकढुकीमा बस्न सफल भएको हुँदा आफुले वडाअध्यक्ष पदमा उम्मेदवारि दिएकाे बताउनुभयो । अध्यक्ष पदमा मेरो टिम आयो भने स्वास्थ्य, शिक्षा, खेलकुद र सरसफाइ पहिलो प्रथामिकतामा पर्ने उहाँले बताउनुभयो । वडाका जनता स्वास्थ्य रहेमा मात्र वडालाई बिकास गर्न सकिन्छ । वडाको जनता नै स्वस्थ नभए वडाको बिकासले मात्र पनि केही औचित्य राख्दैन तसर्थ वडामा सरसफाई, शिक्षा र स्वास्थ्य अनिवार्य रहेको उहाँले बताउनुभयो । वडाबासीका लागि म सदैब वडाको बिकासमा ईमानदारी पुर्वक काम गर्ने छु शु...
जानकीमा हिमान्सु यादव ९९ प्रतिशत विजयी: मतदाता

जानकीमा हिमान्सु यादव ९९ प्रतिशत विजयी: मतदाता

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, २० बैशाख – आसन्न स्थानिय तहको निर्वाचनका लागि जानकी गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार हिमान्सु यादवले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदका उम्मेदवार यादव आज मंगलबार जानकी गाउँपालिका वडा नं. २ को विभिन्न गाउँ टोलमा मतदाताहरु माझ आर्शिवाद लिंदै विजयी गराउन मत मागेका छन् । आज बिहानै बकोटिया, वनकटवा, बेलभार, नेवाजी गाउँ, भैयापुरलगायतको स्थानमा मतदाताहरुसित विजयी गराउन आर्शिवाद मागे अध्यक्ष पदका उम्मेदवार यादवले बताउनुभयो । सोही क्रममा सत्यमखबर डटकम टीम स्थानीय मतदाताहरुको प्रतिकृया समेत लिएको थियो । उक्त प्रतिकृयामा जानकी गाउँपालिका वडा नं. २ का धेरै जसो मतदाताहरुले आफूहरु युवा, कर्मठ, इमान्दार व्यक्तिलाई नेतृत्वमा पु¥याउने सोच रहेको तथा उक्त सोच अनुसार नै स्व. रामनिवास यादवको छोरा जो अहिले जानकी गाउँपालिकाबाट प्रमुख पदको ल...
सिंहलाई विजयी गराउन वडाबासीहरुले सहयोग गर्ने

सिंहलाई विजयी गराउन वडाबासीहरुले सहयोग गर्ने

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २० बैशाख – नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहलाई वडाबासीहरुले सहयोग गर्ने बताएका छन् । आज मंगलबार वडाबासीहरु बीच घरदैलो गर्ने क्रममा मतदाताहरुको घरमा पुगेपछि उक्त प्रतिबद्धता गरिएको छ । मतदाताहरुलाई भेट्ने क्रममा वडाअध्यक्ष पदका उम्मेदवार सिंहले आफूले वडाको विकासमा अब कुनै कसर बाँकी नराख्ने तथा आउने समयमा अरु योग्य कर्मठ व्यक्तिलाई चुनावमा सहयोग गर्ने बताएका छन् ।...
इदगाहामा पुगेर एमाले उम्मेदवार पशुपतिले दिए इदको शुभकामना

इदगाहामा पुगेर एमाले उम्मेदवार पशुपतिले दिए इदको शुभकामना

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २० बैशाख – मुस्लिम समुदायहरुको महान पर्व इदमा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले शुभकामना प्रदान गरेका छन् ।वीपीचौक स्थित इदगाहमा पुगेर समुस्लिम समुदायको महान पर्व इद आपसी भाइचारा र सदभावका साथ मनाउन बाँकेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकाना प्रदान गरेका हुन । सो अवसरमा मिश्रले सामाजिक सदभावको शहर नेपालगन्जमा सबै जातजाति भाषा धर्मका समुदायलाई एकआपसमा सदभावका साथ रहँदै आएको बताए । उनले सबै नेपालगन्जबासीको आपसी सदभाव, एकता र भाइचाराको सम्बन्धले नै नमूना शहरका रुपमा रहेको औल्याए ।मिश्राले नेपालगन्जको बिकासको यात्रामा नेपालगन्जका सबै समुदाय लाग्नु पर्ने भन्दै शिक्षा, स्वास्थ्यका साथै पछाडि परेका समुदायको विकासबाट मात्र समग्र विकासको चाहना पूरा हुने उल्लेख गरे । उनले पछाडि परेका समुदायका महिला, युवा सबैलाई शिक्षित, स्वस्थ बनाएर अगाडि बढ...
मिश्रको गर्मीबाट बिद्यार्थी जोगाउने उपाय– नेपालगन्जका प्रत्येक स्कुल वातानुकुल

मिश्रको गर्मीबाट बिद्यार्थी जोगाउने उपाय– नेपालगन्जका प्रत्येक स्कुल वातानुकुल

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २० बैशाख – नेकपा एमाले नेपालगन्ज उपमहानगर समितिले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । जसमा देशकै सबैभन्दा गर्मी हुने नेपालगन्जका स्कुले बालबालिकालाई गर्मीबाट कसरी जोगाउने भन्ने उपाय समेत उल्लेख छ ।प्रतिवद्धतापत्रमा सबैभन्दा चर्को गर्र्मी हुने ठाउँ भएकोले नेपालगन्जमा प्रत्येक स्कुल वातानुकुल बनाउने उल्लेख छ । भेरी अस्पताललाई पोस्ट ग्राजुयट इन्स्टिच्युट अस्पतालको रुपमा विकसित गर्न प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने, राप्ती नदीबाट लिफ्ट गरेर प्रशोधन गरी घर–घरमा शुद्ध खानेपानीको सेवा दिने, मुख्य सडकहरुमा सोलार प्यानलको छाना बनाई पैदल तथा साइकल लेनको व्यवस्था गर्ने, नेपालगन्ज–भैरहवा तथा नेपालगन्ज–भरतपुर नियमित उडान सञ्चालन गर्न पहल गर्ने, बिपद् तथा महामारी विरुद्ध सचेतता अभिवृद्धि गर्ने लगायत कुरा समेटिएको छ ।यस्तै स्मार्ट कक्षालाई व्यवस्थित र नियमित बनाउन डिज...
मुस्लिम अगुवासँग गठबन्धनका उम्मेदवारको भेटघाट

मुस्लिम अगुवासँग गठबन्धनका उम्मेदवारको भेटघाट

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, २० बैशाख – मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकरुो अवसरमा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले मुस्लिम समुदायसँग भेटघाट गरेका छन । मंगलबार कोहलपुरका मुस्लिम समुदायसँग भेट गरी मेयर पदका उम्मेदवार न्पौपानेले ईद उल फित्रकरुो शुभकामना दिएका हुन ।कोहलपुरमा सबै धर्म र समुदायका नागरीकहरुबिच आपसी भाईचारको सम्बन्ध स्थापित भएकाले कोहलपुर नमुना शहरका रुपमा विकास हुने क्रममा रहेको न्यौपानेले बताए । पश्चिम नेपालकै ट्रान्जिट प्वईन्टका रुपमा रहेको कोहलपुरलाई धार्मिक सद्भावको शहरका रुपमा विकास गर्नुपर्ने बताउँदै न्यौपानेले ईद उल फित्रले आपसी सद्भावलाई थप मजबुत बनाउने बताए । “कोहलपुरमा ७७ जिल्लाकै नागरीकहरु छरीएर बस्नुभएको छ” न्यौपानेले भने, “यहाँ सबै जातजाती र धर्म, संस्कृती र समुदायका मानिसहरुको बसोबास छ । हामी सामाजिक एकतालाई थप मजबुत बनाउन कोहलपुरलाई धार्मिक सद...