
जानकी, २० बैशाख – आसन्न स्थानिय तहको निर्वाचनका लागि जानकी गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार हिमान्सु यादवले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदका उम्मेदवार यादव आज मंगलबार जानकी गाउँपालिका वडा नं. २ को विभिन्न गाउँ टोलमा मतदाताहरु माझ आर्शिवाद लिंदै विजयी गराउन मत मागेका छन् ।

आज बिहानै बकोटिया, वनकटवा, बेलभार, नेवाजी गाउँ, भैयापुरलगायतको स्थानमा मतदाताहरुसित विजयी गराउन आर्शिवाद मागे अध्यक्ष पदका उम्मेदवार यादवले बताउनुभयो ।

सोही क्रममा सत्यमखबर डटकम टीम स्थानीय मतदाताहरुको प्रतिकृया समेत लिएको थियो । उक्त प्रतिकृयामा जानकी गाउँपालिका वडा नं. २ का धेरै जसो मतदाताहरुले आफूहरु युवा, कर्मठ, इमान्दार व्यक्तिलाई नेतृत्वमा पु¥याउने सोच रहेको तथा उक्त सोच अनुसार नै स्व. रामनिवास यादवको छोरा जो अहिले जानकी गाउँपालिकाबाट प्रमुख पदको लागि उम्मेदवारी दर्ता गराई घरदैलो गरिरहेका छन् । हामीले उनलाई नै मतदान गर्ने र उनी ९९ प्रतिशत विजयी हुन्छन् भनी शिवशरण शर्माले बताउनुभयो ।

जानकी गाउँपालिका वडा नं. २ नेकपा एमालेबाट नै वडाअध्यक्ष पदका युवा उम्मेदवार किशोर थापाको उम्मेदवारी पछि घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
आज प्रमुख पदका उम्मेदवार यादवको नेतृत्वमा गरिएको घरदैलो अभियानमा नेकपा एमालेका नेता, कार्यकर्ताहरुको सहभागिताको साथै सयौं समर्थकहरुको समेत सहभागिता रहेको थियो ।

