Thursday, June 12सत्यम खबर
Shadow

मिश्रको गर्मीबाट बिद्यार्थी जोगाउने उपाय– नेपालगन्जका प्रत्येक स्कुल वातानुकुल

नेपालगन्ज, २० बैशाख – नेकपा एमाले नेपालगन्ज उपमहानगर समितिले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । जसमा देशकै सबैभन्दा गर्मी हुने नेपालगन्जका स्कुले बालबालिकालाई गर्मीबाट कसरी जोगाउने भन्ने उपाय समेत उल्लेख छ ।
प्रतिवद्धतापत्रमा सबैभन्दा चर्को गर्र्मी हुने ठाउँ भएकोले नेपालगन्जमा प्रत्येक स्कुल वातानुकुल बनाउने उल्लेख छ ।

भेरी अस्पताललाई पोस्ट ग्राजुयट इन्स्टिच्युट अस्पतालको रुपमा विकसित गर्न प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने, राप्ती नदीबाट लिफ्ट गरेर प्रशोधन गरी घर–घरमा शुद्ध खानेपानीको सेवा दिने, मुख्य सडकहरुमा सोलार प्यानलको छाना बनाई पैदल तथा साइकल लेनको व्यवस्था गर्ने, नेपालगन्ज–भैरहवा तथा नेपालगन्ज–भरतपुर नियमित उडान सञ्चालन गर्न पहल गर्ने, बिपद् तथा महामारी विरुद्ध सचेतता अभिवृद्धि गर्ने लगायत कुरा समेटिएको छ ।
यस्तै स्मार्ट कक्षालाई व्यवस्थित र नियमित बनाउन डिजिटल अध्ययन अध्यापन सामग्री तथा पाठ्यक्रमको विकास गर्ने, बहिरंङ सेवामा ५ हजार तथा अस्पताल भर्ना भएको खण्डमा स्वास्थ्य विमामार्फत १ लाखसम्मको उपचार निःशुल्क हुने व्यवस्था मिलाइने लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *